नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
वाशिङ्टन, ८ अप्रिल । प्रजग कोरियाले कोरियाली प्रायःद्विपमा आणविक निशस्त्रीकरणबारे कुराकानी गर्न आफू तयार रहेको संरा अमेरिकालाई जानकारी दिएको छ । प्रजग कोरिया र संरा अमेरिकाबीच हुने भनिएको बैठकमा सो सम्बन्धमा कुरा गर्न प्रजग कोरिया तयार भएको हो । संरा अमेरिकी सरकारी अधिकारीहरुलाई उद्र्धृत गर्दै आइतबार सञ्चारमाध्यमहरुले यस्तो खबर सार्वजनिक गरेका हुन् ।
आणविक निशस्त्रीकरणबारे प्योङयाङले वाशिङ्टनले संवाद गरेको यो पहिलो घटना हो । यो संवादलाई प्रजग कोरियाली सर्वोच्च नेता किम जोङ उन र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित भेटको तयारीको रुपमा लिइएको छ । दुई नेताबीच आगामी मे महिनाको अन्त्यसम्ममा भेटघाट हुन सक्ने समाचार स्रोतहरुले बताएका छन् ।
‘किम जङ उन कोरिया प्रायःद्विपमा आणविक निशस्त्रीकरणबारे कुराकानी गर्न उत्सुक रहेको जानकारी पाएका छौं ।’, ट्रम्प सरकारका अधिकारीले आइतबार वाल स्ट्रिट जर्नललाई बताएका छन् ।
दुई देशबीच कहिले र कसरी संवाद भएको थियो भन्ने कुरा सार्वजनिक गरिएको छैन । तर संरा अमेरिकी सरकारी अधिकारीले वाशिङ्टन र प्योङयाङबीच भएको गोप्य सम्पर्कबारे आफूलाई जानकारी नभएको बताए ।
हालैका महिनाहरुमा कोरिया प्रायःद्विपको तनाव कम भएको छ । मार्चमा किम र ट्रम्प आपसमा भेट्न सहमत भएका थिए । तर सो भेटघाटको समय र स्थान भने अझै टुङ्गो लागिसकेको छैन र
यसैबीच सिओल र प्योङयाङबीच आगामी अप्रिल २७ मा शिखर सम्मेलन गर्नेमा औपचारिक सहमति भएको छ । विगत एघार वर्ष यता दुई कोरियाका नेताहरुबीच हुने यो पहिलो सम्मेलन हुनेछ ।
Leave a Reply