नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
बुढापेस्ट, ८ अप्रिल । हंगेरियामा प्रधानमन्त्री भिक्टर अर्बन नेतृत्वको सत्तासीन मोर्चाले आम चुनाव जितेको छ । आइतबार भएको चुनावमा विजेता मोर्चा ४९.४२ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले बताएको छ ।
पूर्व विद्रोही जाब्बिक पार्टीले २० प्रतिशत मत हासिल गरी दोस्रो स्थान हासिल गरेको छ । समाजवादी संवाद पार्टीले भने १२.१३ प्रतिशत मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
सत्तासीन मोर्चाले संसदमा दुईतिहाई बहुमत प्राप्त गर्ने पक्का भएको छ । कुल १९९ स्थानमा सो मोर्चाले १३४ स्थान जित्ने लगभग निश्चित भएको छ ।
राजधानी बुढापेस्टमा भने विपक्षी गठबन्धनले बहुमत हासिल गरेको छ भने राजधानी बाहिर सत्तासीन दलले भारी मत प्राप्त गरेको छ ।
Leave a Reply