आधुनिक साहित्य र कला – १
- भाद्र २६, २०८२
आज म जुन समस्याहरूको उल्लेख गर्दै छु, त्यसमा समग्ररूपमा भन्दा संयुक्त राष्ट्र सङ्घीय प्रणालीमा गरिएका निर्णयहरू लागु गर्ने कुरा पनि हो । संयुक्त राष्ट्र महासभामा विशाल बहुमतबाट अनगिन्ती प्रस्ताव पारित गरिन्छ । तर, कैयन्लाई नजरअन्दाज गरिएको छ । जस्तो कि अघि कमरेड खालाले भन्नुभयो– बार–बार संयुक्त राष्ट्रका सदस्य देशहरूले सन् १९६७ मा इजरायलले कब्जा गरेका क्षेत्रहरूबाट हट्नका लागि भनियो तर यस निर्णयलाई बेवास्ता गर्दै यसको विरुद्ध झन् बढी क्षेत्र कब्जा गरेको देख्नुप¥यो । प्यालेस्टिनी भूमिमाथि अवैध बस्तीहरू, प्यालेस्टिनी जनतामाथि बढ्दो अत्याचार, उनीहरूका मानवाधिकारहरूको घोर उल्लङ्घन र गाजापट्टीलाई एक खुला जेलमा परिणत गर्नु, नियमित रूपमा बिजुली, पानी र इन्धन आपूर्ति रोकिनु जस्ता कार्यहरू भइरहेका छन् । १६ वर्षदेखि गाजा क्षेत्र घेराबन्दीमा छ । त्यहाँका जनता इजरायलद्वारा लगाइएको भूमि, आकास र समुद्री नाकाबन्दीबाट बच्नका लागि सङ्घर्ष गर्दै छन् । प्यालेस्टिनीलाई गाजा क्षेत्रबाट बाहिर निस्कन र प्रवेश गर्न मनाही गरिएको छ । (अहिले प्यालेस्टिनीहरूको आम नरसंहार भइरहेको छ ।)
म त आतङ्कित भएको थिएँ जब हाम्रा पूर्वनेताहरूमध्ये एक, लियोटले भन्नुभयो, “इजरायल एक रङ्गभेदी राज्य होइन । प्यालेस्टिनी जातिलाई आफ्नो भूमिमा स्वतन्त्र निकास र प्रवेशबाट वञ्चित गरिएकै छ† उनीहरू स्वतन्त्र आवतजावत गर्न पाउँदैनन्† प्यालेस्टिनी जनता बेग्लै प्रवेशद्वार उपयोग गर्छन् । बच्चाहरूलाई निःशुल्क शिक्षामा पहुँच छैन । हाम्रा मुलुकमा रङ्गभेदी शासनमा रहँदा यस्तै थियो । यसकारण, लियोटलाई इजरायलको परिचय कसरी गराउने हो मलाई थाहा छैन ।
आजसम्मको सबैभन्दा दक्षिणपन्थी इजरायली सरकारको अगुवाइमा भएको आक्रमण अति नै बढी भएको छ । यसमा सुरक्षा परिषद्को निष्कृयता छर्लङ्गै छ, जसको कर्तव्य र अधिकार नै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्नु थियो । यो सङ्घर्षको मूल कारण अवैध रङ्गभेदी कब्जा हो । हामीले पश्चिमी शक्तिहरूबाट प्यालेस्टिनीहरूको आलोचना र कब्जावाला शक्तिलाई बलियो समर्थन गरेको सुनेका छौँ । रुस र युक्रेनका बारेमा दोहोरो मानकलाई मैले सबै नै आपत्ति जनाएकी छु । यसप्रकारको दोहोरो मानक हालको वैश्विक प्रणालीको एक परिणाम हो । यो प्रणाली जो आफ्ना अधिकारहरू र आत्मनिर्णयका लागि सङ्घर्षरत पक्षलाई नोक्सान गर्ने शक्तिशाली शक्तिको पक्षमा नतमस्तक छ । म दोहो¥याउँछु – सामाजिक आन्दोलनले प्यालेस्टिनी जनतासँगको ऐक्यबद्धतामा आफ्नो आवाज उठाओस् ।
हामीले संयुक्त राष्ट्र सङ्घभित्र विद्यमान हिँसाका पक्षपाती मिडिया कवरेज देखेका छौँ । ६१ वर्षदेखि क्युवामाथि लगाइएको अवैध आर्थिक नाकाबन्दीलाई अन्त गर्न राष्ट्र सङ्घका सदस्य देशहरूबिच लगभग सर्वसम्मत समर्थन रहेको छ । क्युवाका जनतालाई कुनै पनि अरु सम्प्रभु राष्ट्रसरह जीवनरक्षक औषधि तथा उपचारका साधन र व्यापारको अधिकारसम्मको पहुँचबाट वञ्चित गरिरहेको छ । यो अन्याय हो जसको कारण एक पटक फेरि वैश्विक दक्षिण र विश्वभरका प्रगतिशील शक्तिहरूद्वारा आवाज उठाउन जरुरी छ ताकि लोकप्रिय जनमतको एक आधार तयार गर्न सकियोस् । क्युवाका जनता सँगसँगै प्यालेस्टिनी जनता र दुनियाँभरका सबै उत्पीडित जनतालाई दक्षिण अफ्रिकाको समर्थन रहनेछ ।
हामीले यो पनि आह्वान गरिरहेका छौँ – वर्तमान वैश्विक वित्तीय र व्यापार व्यवस्थाको सुधार गर्न आवश्यक छ । यसका लागि विश्वका अधिकांश जनता हामीसँग सामेल भइरहेका छन् । हाम्रो भनाइ छ – आईएमएफ विश्व व्यापार सङ्गठनसहित ब्रेटन वुड्सका अन्य संरचनाहरूमा पनि आमूल पुनव्र्यवस्था गर्नु जरुरी छ । विश्व बैङ्क र विश्व व्यापार सङ्गठनका बहुपक्षीय विकास वित्त संस्थानहरूलाई हाम्रो सामुन्ने आउनसक्ने चुनौतीहरूलाई सम्बोधन गर्न र दीगो विकासका लक्ष्यहरूलाई पूरा गर्न सक्ने गरी देशहरूलाई सहायता गर्न पनि पुनः डिजाइन गर्नुपर्ने आवश्यकता छ । तिनीहरूले आपत्कालीन सार्वजनिक स्वास्थ्य स्थितिहरूलाई प्रभावकारी ढङ्गबाट अनुक्रिया गर्न र जलवायु परिवर्तनलाई कम गर्नमा हामीलाई मद्दत गर्नु आवश्यक छ ।
आईएमएफको उद्देश्य पुनः खेस्रा गरिनु आवश्यक छ । वित्तीय दायित्वहरू पूरा गर्न नसक्दा वा पहिले नै ऋण पुनर्संंरचना गर्दै गर्दाको ऋण सङ्कटको समयमा काउन्टर चक्रीय ऋण उपलब्ध गराइनुपर्छ । यो ऋणको पुनर्संरचना र राहतलाई सक्षम बनाउन आवश्यक पर्ने भएकाले सबै देशहरूलाई तरलता प्रदान गर्नुपर्दछ । म यी सबै कुराहरू किन उठाइरहेको छु भने यस बैठकमा बहसहरू हुँदा हामीले विश्वको वास्तविक अवस्थालाई केलाउनैपर्छ र अबका चुनौतीहरूसँग कसरी सामना गर्ने भनेर तय गर्नैपर्छ ।
१६ वर्षदेखि गाजा क्षेत्र घेराबन्दीमा छ । त्यहाँका जनता इजरायलद्वारा लगाइएको भूमि, आकाश र समुद्री नाकाबन्दीबाट बच्नका लागि सङ्घर्ष गर्दै छन् ।
दक्षिण अफ्रिका ब्रिक्स (BRICS) साझेदारीको हिस्सा बन्न पाउनु खुसीको कुरा हो । हामी ब्रिक्सका सदस्यहरूले समतामूलक सन्तुलित र प्रतिनिधियुक्त एक वैश्विक शासन प्रणालीको विकास गर्ने दिशामा काम गरिरहेका छौँ । यसमा वैश्विक वित्तीय संस्थाको पुनर्सँरचना गर्दै छौँ, जुन ब्रिक्सको स्वामित्वमा रहेको नयाँ विकास बैङ्क हो । यसले हामीजस्ता उदीयमान अर्थतन्त्र भएका देशहरूलाई ऋण दिइँदा बढी नियन्त्रण र हाम्रो विकासको प्रगति तथा मार्गमा बढी स्वायत्तता दिने कुरा हामीले दक्षिण अफ्रिकामा हाम्रो सत्कारमा आयोजना भएको हालैको ब्रिक्स शिखर सम्मेलनमा छलफल गरेका छौँ । यसैबेला मुलुकहरूले आफ्ना मुद्राहरूमा व्यापार गर्नसक्ने विकल्पसम्बन्धी अवधारणा र यसलाई कसरी व्यवहारमा ल्याउन सकिन्छ सोबारे अध्ययन गर्दै छौँ । उदीयमान अर्थतन्त्रहरू विश्वव्यापी सुशासनका लागि महत्वपूर्ण कुञ्जी हुन् । यिनीहरूले गत ४ वर्षदेखि जी ट्वाइन्टीको अध्यक्षता गरिरहेका छन् । सन् २०२५ मा दक्षिण अफ्रिकाले गर्नेछ । अब हामीहरू दक्षिणको हितार्थ एजेन्डा उठाउन सक्ने अवस्थामा हुनेछौँ । यो वास्तविक परिवर्तनलाई अघि बढाउने अवसर हो । आजभन्दा ५० वर्षअघि दक्षिणले एक छुट्टै विकल्प दिन खोजेको हो । त्यो अंसलग्न आन्दोलन (NAM_) ले परिचित थियो । अन्तर्राष्ट्रिय व्यापार सुधारका नियमहरू, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली र आफ्ना प्राकृतिक संसाधनहरूमाथि सो राज्यको सम्प्रभुतालाई मान्यता दिनेसम्बन्धी व्यवस्थामा व्यापक सुधार गर्नुपर्छ । करीब ५० वर्षअघि सूत्रबद्ध गरिएका यी सबै कुराले आजका दिनमा गति लिइरहेका छन् ।
वैश्विक दक्षिणले ऐतिहासिक ऋण रद्द गरिनु पर्छ भनेर आह्वान गरिरहेका छन् । स्पेसल ड्रइङ राइट्स (SDR) (सदस्य देशहरूको आधिकारिक भण्डारलाई पूर्ति गर्न सिर्जना गरिएको अन्तर्राष्ट्रिय अमौद्रिक रिजर्भ सम्पत्ति) केही त हो तर हाम्रो प्रगतिशील एजेन्डाको विषयवस्तुमा नयाँ चरित्रको आईएमएफ पनि सामेल हुनुपर्छ । दक्षिण अफ्रिकाले सहुलियत विकास वित्त सहयोग र प्रविधि हस्तान्तरणको विस्तारमा जोड दिइरहेको छ । यी सबै विकासको अधिकारको अवधारणामा आधारित छन् जसलाई हामीमध्ये धेरैले बिर्सेका छौँ । विडम्बनापूर्ण नै भनौँ सबै सिद्धान्त संयुक्त राष्ट्र सङ्घले सन् १९७४ मा निर्णय गरेको घोषणाभित्रकै हुन् । तर, बहुपक्षीय निकायहरूले यसलाई अति नै बेवास्ता गरे । बरु तिनीहरूले विकासशील देशहरूमाथि नवउदारवादी नीतिहरू लागु गराउन बाध्य पारे ।
हालै अफ्रिकी समूह, भारत र क्युवा सम्मिलित विकासशील देशहरूबाट विकास र समावेशीता प्रवद्र्धन गर्न डब्ल्युटीओको सुधार गर्नका लागि ‘डब्ल्युटीओको सुदृढीकरण’ सम्बन्धी एक प्रस्ताव पेस गरिएको छ । यस प्रस्तावमा विश्व बैङ्क स्थापना भए यताका तथ्याङ्कले देखाएबमोजिम विकसित र विकासशील विश्वबिचको प्रतिव्यक्ति जीडीपीमा अन्तर फराकिलो भएको देखाइएको र त्यसका लागि भविष्यका सम्झौताहरूमा विशेष र भिन्न–भिन्न निवारण उपाय अपनाइयोस् भनी आह्वान गरिएको छ । प्रस्तावले विभिन्न आर्थिक मोडलहरू र विविधीकरण तथा विकासलाई अपनाउन सक्ने देशहरूको अधिकारको सम्मान गर्न आह्वान गर्दछ ।
हामीलाई बहुपक्षीय सुरक्षा व्यवस्था पनि चाहिन्छ । हामीले सैन्य गठबन्धनहरूलाई अस्वीकार गर्न आवश्यक छ जसले विश्वलाई ब्लकहरूमा विभाजित मात्र गर्दछ तर चुनौतीहरूको अनुक्रिया गर्दैन । हामी अहिले इन्डोप्यासिफिक गठबन्धन र यस्तै यस्तैको महासागरमा सशस्त्रीकरण गरिएको देखिरहेका छौँ । यो सबै महासागरहरूको एकध्रुवीय नियन्त्रण लिन र हामीलाई शान्तिको अधिकार र महासागरहरूबाट विश्वलाई सहयोग हुनसक्ने विकासलाई अस्वीकार गर्ने प्रयास हो ।
यो सम्मेलन मेरो लागि महत्वपूर्ण छ । हामीलाई अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक छ । हामीले सामना गरिरहेको सङ्कटको अनुक्रिया गर्न तत्काल आवश्यकता छ । दक्षिण अफ्रिकाको सङ्घर्षका दौरान हाम्रोसामु आएका सङ्कटहरूको अनुक्रिया गर्न यस्तो ऐक्यबद्धताले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको सिद्धान्त हाम्रो सङ्घर्षको प्रमुख स्तम्भहरूमध्ये एक थियो । यस स्तम्भको माध्यमबाट विश्वभरका नागरिक समाज, राजनीतिक दलहरू, बौद्धिक जगत र विभिन्न क्षेत्रहरूलाई रङ्गभेदी शासनका विरुद्ध परिचालित गरिएको थियो । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको यो स्तम्भले रङ्गभेदविरुद्धको हाम्रो विजयमा ठुलो योगदान पु¥यायो । कतिपय विश्लेषकहरूले यस स्तम्भलाई अन्य महत्वपूर्ण स्तम्भहरू जस्तो कि भूमिगत परिचालन, सशस्त्र सङ्घर्षहरूभन्दा पनि माथि उठाउने प्रयास गरेका छन् । तर एक जना साथीले भन्नुभएजस्तै जनसङ्घर्षलाई हामीले कहिल्यै भुल्नुहुँदैन । सङ्घर्षका यी चार स्तम्भहरूले एकअर्कालाई भरथेग गरेका र बल पु¥याएकाले नै रङ्गभेदी शासन व्यवस्थालाई अन्त्य गर्न सकियो । यसैकारण, पुनः एक स्तम्भको रूपमा अन्तर्राष्ट्रिय ऐक्यबद्धतालाई पुनर्जीवित गर्नु आवश्यक छ । हामीले भूमिगत गतिविधिहरूलाई एक स्तम्भका रूपमा पुनर्जीवित गर्नु आवश्यक छ । हामीले सशस्त्र गतिविधिहरूलाई एक स्तम्भका रूपमा पुनर्जीवित गर्नु आवश्यक छ र हामीले जनसङ्घर्षलाई एक स्तम्भका रूपमा सुनिश्चित गर्नु आवश्यक छ ।
रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्ष मानव–मानवबिचको भेदभाव र सामाजिक बहिष्कारविरुद्धको सङ्घर्ष हो । हाम्रो दक्षिण अफ्रिकाले अफ्रिका महाद्वीपभित्र र विश्वव्यापी रूपमा सक्रिय अन्तर्राष्ट्रियवादको परम्परालाई जारी राख्ने प्रयास गरेको छ । हामीले अफ्रिकाको नवीकरणमा भूमिका खेल्ने, दक्षिण–दक्षिण सहयोगलाई प्रवद्र्धन गर्ने, उत्तरका देशहरूलाई अफ्रिकाको हितमा संलग्न गराउने र विश्वव्यापी शासन प्रणालीको रूपान्तरणको लागि गतिविधिहरूलाई अघि बढाउने प्रयास गरेका छौँ । हामीलाई थाहा छ, वैश्विक शासन प्रणालीमा आएको परिवर्तनबाट हामीले लाभ उठाएका छौँ र हाम्रा लाभलाई अरूको हितमा कसरी उपयोग हुनसक्छ भनेर प्रयास गरिरहेका छौँ ।
आजका दिनमा सार्थक रूपान्तरणका लागि राजनीतिक शक्तिहरू सङ्गठित गर्ने नयाँ रूपहरूलाई मूर्तरूप दिन अन्तर्राष्ट्रवाद निर्णायक हुँदै छ भन्ने हाम्रो विश्वास छ । तर मैले पहिले भनेझैँ, हामीलाई राम्रो अन्तर्राष्ट्रिय व्यवस्थाको खोजीमा रणनीतिक दृष्टिकोणको खाँचो छ, जुन समतामूलक, मानवीय समावेशी र लोकतान्त्रिक हुनुपर्छ ।
बहिष्कार, वञ्चित र प्रतिबन्ध (Boycott, Divest and Sanctions/BDS) र यसको जोडबल गराइमा म सहमत हुँदाहुँदै पनि यसलाई सङ्गठित गर्ने हाम्रो क्षमताको दृष्टान्तको रूपमा मात्र होइन† यसबाट हामीले चाहेका परिणामहरू हासिल गर्ने उपायलाई कसरी सक्रिय गराउने भनेर छलफल गर्न आवश्यक छ भन्ने आग्रह गर्न चाहन्छु । तर मसँग अहिलेसम्म त्यस्तो रणनीतिक सुझाव छैन ।
सन् २०१७ को अफ्रिकी नेसनल कन्फरेन्समा बीडीएस (बहिष्कार, बञ्चितीकरण र प्रतिबन्ध) हस्तक्षेप गर्दै संयुक्त राष्ट्र सङ्घले इजरायलबाट एक राजदूतलाई हटाउन सकेकै भए पनि यूएनले शान्तिको एजेन्डा अघि बढ्न सकेन । यसैकारण हामी एकसाथ मिलेर कारबाहीको चित्रण गर्नुको बदला सङ्घर्षबाट लाभ प्राप्त गर्ने कामहरू गरौँ । यो एक प्रकारको रणनीतिक चर्चा हो । म आशा गर्छु कि हामी कुनै समय यसै गर्न सक्छौँ । मेरा मान्यता छ– वैश्विक प्रगतिशील आन्दोलनको निर्माणमा योगदान पु¥याउनका लागि हामी दक्षिण अफ्रिकाकै रूपमा रहनु आवश्यक छ, बेहतर अफ्रिका र बेहतर दुनियाँ । जनतालाई आत्मसन्तुष्टि र व्याकुलताभन्दा बाहिर निकाल्नु जरुरी छ । प्रगतिशील शक्तिभित्रको वामपन्थ अगाडि आउनु जरूरी छ । आशा र दृष्टि प्रदान गर्न र राजनीतिक कारबाहीका लागि ठोस मार्ग पेस गर्न जरूरी छ । वैश्विक दक्षिणमा प्रगतिशील समुदायको ¥याली सुरु भइसकेको छ । हामी बहादुरपूर्ण जीवन्त संयुक्त सामाजिक आन्दोलनहरूको विस्तार हुने आशा गर्दछौँ । जस्तो कि क्युवाली महान् क्रान्तिकारी नेता राष्ट्रपति फिडेल क्यास्ट्रोले भनेका थिए– हामी भविष्य निर्माणका लागि आज एकजुट हुनुपर्ने जरुरी छ, जसका लागि हामी हरहमेशा बहिष्कृत जनतालाई न्याय दिलाउन र मानवताको विश्वास बचाइराख्न उत्सुक छौँ । मलाई विश्वास छ– हामी यसै गर्न सक्छौँ । अन्तमा मेरा भनाइ सुनिदिएकोमा सबैलाई धन्यवाद दिन्छु ।
(तत्कालीन दक्षिण अफ्रिकी विदेशमन्त्री पान्डोरले २०२३ मा जोहनसवर्गमा सम्पन्न वल्र्ड सोसियल फोरममा दिएको मन्तव्य )
– पिपुल्स डिस्प्याचबाट
समाप्त
Leave a Reply