भर्खरै :

सन्तुलित परराष्ट्रनीति र पञ्चशील सिद्धान्त के हो ?

सन्तुलित परराष्ट्रनीति र पञ्चशील सिद्धान्त के हो ?

मानिस बिरामी हुँदा चिकित्सक भेटेर औषधि लिनु स्वास्थ्यको लागि हितकर नै हुन्छ । बिरामीलाई चिकित्सककहाँ किन गएको भनी सोध्नु गलत नै हो ।
संयुक्त राज्य अमेरिकी सरकारले इजरायललाई हतियार दिएर प्यालेस्टिनी जनताको संहार तथा भूमि कब्जा गराएको र युक्रेनलाई नाटो सदस्य बनाउन हतियार दिएर रुसविरुद्ध आक्रमण गराएकोलाई विरोध गर्नु असंलग्न परराष्ट्र नीतिविपरीत होइन । दोस्रो विश्व युद्धताका चीनले जापानी फासीवादलाई पराजित ग¥यो । यही अवसरमा चीनले ८० औँ विजयउत्सव मनायो । सो कार्यक्रममा संसारका धेरै देशका नेताहरू सहभागी भए । यो पनि असंलग्न परराष्ट्र नीतिविपरीत होइन ।
युद्धको समर्थन गर्नु, हतियार व्यापारको समर्थन गर्नु सन्तुलित परराष्ट्र नीति होइन । कुनै देशले अन्य देशहरूमा सैन्य अखडा र हतियार तैनाथ गर्नु असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हो । यो यथार्थलाई संसारले बुझ्दै आएको सकारात्मक हो ।
अमेरिकी र युरोपेली सङ्घले सन् १९७० यता ६५ वर्षमा विश्वका ६० भन्दा बढी ग्लोबल साउथ (गरीब) देशलाई लगाएको प्रतिबन्धले ८० लाख बढी मानिसको मृत्यु भयो । यसको विरोध गर्नु असंलग्न पराराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत होइन । पश्चिमा निर्भरता र ऋण जालबाट बाहिर निस्कने बाटो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको विरोध कसरी हुनसक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *