भर्खरै :

भक्तपुर नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा बैठक

भक्तपुर नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा बैठक

भक्तपुर, २३ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा बैठक सोमबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले स्वास्थ्य संस्थाहरूको वार्षिक प्रगति प्रतिवेदन आफैमा नगरको स्वास्थ्यसम्बन्धी ऐनाको रूपमा रहेको हुँदा यसलाई सङ्ग्रह गरी पुस्तकको रूपमा प्रकाशन गर्नु उपयुक्त हुने बताउनुभयो ।
उहाँले भक्तपुरमा हाल १४ वटाभन्दा बढी स्वास्थ्य संस्थाहरू क्रियाशील रहेको र भक्तपुरलाई स्वास्थ्यको केन्द्र बनाउन यी संस्थाहरूको तदारुकता आवश्यक भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर अस्पताल, ख्वप अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रले उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउँदै सरकारी अस्पतालको सेवालाई राम्रो बनाउँदै लान सके गरिब जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
बैठकमा ख्वप अस्पताल, ख्वप तीलगङ्गा आँखा अस्पताल, नगर स्वास्थ्य केन्द्र तचपाल, नगर स्वास्थ्य केन्द्र ब्यासी, एमसीएच क्लिनिक दूधपाटी, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, आधारभूत स्वास्थ्य सेवा केन्द्र सल्लाघारी, डा. इवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल, सिद्धि गणेश स्वास्थ्य क्लिनिक, भक्तपुर डाइबेटिक एन्ड हार्ट सेन्टर र जनस्वास्थ्य कार्यालय कटुञ्जे गरी १४ वटा स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *