इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
पेइचिङ, २४ भदौ (सीआरआई) । सेप्टेम्बर ९ तारिख, उत्तर कोरियाको ७७ औँ राष्ट्रिय दिवसका अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रजग कोरियाली श्रमिक पार्टीका महासचिव एवं राज्य मामिला समितिका अध्यक्ष किम जोङ उनलाई बधाई सन्देश पठाउनुभएको छ ।
सी चिनफिङले ७७ वर्षयता प्रजग कोरियाको श्रमिक पार्टीले प्रजग कोरियाका जनतालाई एकताबद्ध गरी अथक प्रयास गरी उत्तर कोरियाको विभिन्न साम्यवादी कार्यहरूको विकासमा अग्रसर गर्नुभएको उल्लेख गर्नुभयो । सी चिनफिङले हाल महासचिव किम जोङ उनले चीनमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवादविरोधी युद्धमाथिको विजयको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनुभयो र फेरि भेटघाट गरी दुवै दल तथा दुवै देशबिचको सम्बन्धको विकासको लक्ष्य तय गरेको पनि बताउनुभयो । चीनले प्रजग कोरियासँग रणनीतिक समन्वय मजबूत गर्न, आदानप्रदान तथा सहयोग घनिष्ठ बनाउन, हातेमालो गरी चीन प्रजग कोरिया मैत्री तथा दुवै देशका साम्यवादी कार्यलाई अगाडि बढाउन र क्षेत्र तथा विश्वको शान्ति तथा विकासका लागि थप योगदान गर्न इच्छुक रहेको पनि सी चिनफिङले दोहो¥याउनुभयो ।
Leave a Reply