इजरायली हवाई आक्रमणमा ३५ यमनी नागरिकको मृत्यु : हुथी
- भाद्र २६, २०८२
भक्तपुर, २६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश सङ्कटमा परिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले थप जिम्मेवार भएर बिरामीको सेवा गर्नुपर्ने बताउनुभयो ।
बिहीबार भएको ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूको भेलामा प्रमुख प्रजापतिले देशमा उत्पन्न असामान्य परिस्थितिबिच आफ्नो कर्तव्य पालन गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिँदै भन्नुभयो, “दिउँसो निषेधाज्ञा छ, राती कफ्र्यु छ तर पनि स्वास्थ्यकर्मीहरूले बिरामीको परीक्षणमा कुनै कमी आउन दिनुभएन । जनताको अस्पतालको विशेषता भनेको यही हो ।”
जस्तोसुकै जटिल अवस्थामा पनि बिरामीको उपचारको लागि चिकित्सकहरू तयार हुनुपर्छ, उहाँले भन्नुभयो ।
समसामयिक राजनीतिबारे बोल्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश अहिले सरकारविहीनजस्तो भएको छ । यस्तो बेला देशमा विभिन्न खालका अराजक घटनाहरू घट्न सक्ने हुँदा चिकित्सक, कर्मचारीहरू सचेत हुनुपर्छ । विदेशी शक्तिले धमिलो पानीमा माछा मार्ने कोशिश गर्नेछन् । नेपाली जनता सतर्क हुनुपर्छ ।”
“सङ्कट आयो भनेर आत्तिने होइन, सङ्कटलाई अवसरमा रूपान्तरण गर्ने कोशिश गर्नुपर्छ । जनताको सेवा गर्नेहरूलाई सधैँ जनताले माया गर्नेछन्”, उहाँले भन्नुभयो ।
ख्वप अस्पतालका नि.मेडिकल निर्देशक डा. मजेशप्रताप मल्लले सबै स्वास्थ्यकर्मीहरूले सम्भव भएसम्म बढीभन्दा बढी बिरामीहरूको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा चिकित्सक, नर्स, कर्मचारीहरूको सहभागिता थियो ।
Leave a Reply