भर्खरै :

भ्रष्टाचार र अनियमितताको कारण देश अस्तव्यस्त

भ्रष्टाचार र अनियमितताको कारण देश अस्तव्यस्त

दैलेख, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी चावि नपा वडा नं. १, २ र ३ को आयोजनामा कार्यकर्ता भेला भयो ।
सो भेलामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले शासक दलहरूले गरेका भ्रष्टाचार, अनियमितता तथा भागबन्डाको कारण देशलाई ध्वस्त बनाएको बताउनुभयो । “अब बन्ने सरकारले पनि देशको लागि हित गर्न सक्नेछैन,” उहाँले भन्नुभयो ।
केशेन्द्र कार्कीले अहिलेको देशको राजनैतिक जटिलता उत्पन्न हुनुमा नेका, एमाले र माओवादी नै जिम्मेवार भएकोले यिनीहरूलाई जनतामाझ उदाङ्ग्याउनुपर्ने र भ्रष्टाचारविरुद्ध छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्नुभयो । उहाँले भ्रष्टाचार गरेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा जिल्ला अध्यक्ष जगत वलीले देशमा जति बेलामा पनि दुर्घटना हुने हुँदा सचेत हुनुपर्छ भन्नुभयो । उहाँले पार्टी कार्यकर्ताहरू देशलाई सङ्कट परेको बेलामा सङ्घर्षमा उत्रन तयार रहनुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा नेमकिपा चावि नगर समितिका संयोजक निरकबहादुर शाही, जयप्रसाद तिमिल्सेना, बासुदेव आचार्य र लालबहादुर पौडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *