शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, ३१ भदौ । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा सोमबार विद्यार्थी भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईले विद्यार्थीहरू विभिन्न सामाजिक गतिविधि तथा कार्यक्रममा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीहरूले व्यक्तित्व विकास गर्नुुपर्ने औँल्याउनुभयो ।
व्यक्तिपरकभन्दा समाजपरक भएर सोच्नुपर्ने विचार व्यक्त गर्दै उहाँले सांस्कृतिक, राजनीतिक आदि कार्यक्रममा सहभागी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले ज्ञानको दायरा सीमित गर्न नहुने बताउनुभयो ।
हामीले समाज विकासको लागि केही न केही काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशको आमूल परिवर्तनको लागि नेमकिपाले स्थापनाकालदेखि आन्दोलनका विभिन्न शृङ्खलाहरू पार गर्दै आएको स्मरण गर्नुभयो ।
लक्ष्यविहीन, सिद्धान्तहीन र नेतृत्वविहीन आन्दोलन बलिदानमा टुङ्गिने बताउंँदै उहाँले नेमकिपा संसद्मा प्रतिनिधित्व गर्दादेखि नै भ्रष्टाचारविरुद्ध सदन र सडकमा आवाज उठाउंदै आएको चर्चा गर्नुभयो ।
एउटा सियोसमेत नबने देशमा दुई दिनमा हजारौँ हजार सवारीसाधन तथा भौतिक संरचना जलाउनु दुःखद घटना हो, उहाँले भन्नुभयो ।
४५ औँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष तथा कार्यक्रमका सभापति रवीन्द्र खर्बुजाले सम्पूर्ण वडावासीहरूमा कार्यक्रम सफल पार्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि अपिल गर्दै विद्यार्थीहरूबाट सांस्कृतिक तथा साहित्यिक गतिविधिहरू हुने अपेक्षा गर्नुभयो । उहाँले असल विद्यार्थीहरूले आफ्नो बाहिरी गतिविधिहरूको जानकारी परिवारलाई दिनुपर्ने र तःमुंज्या खुला विश्वविद्यालय भएकोले विद्यार्थीहरूको सक्रिय सहभागिता जरुरी छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिका सचिव सुजी ह्योङ्गजुले नेक्राविसङ्घ नेमकिपाको वर्गीय सङ्गठन भएकोले भ्रष्टाचारविरुद्ध सङ्घर्षरत रहेको बताउनुभयो । साँचो परिवर्तनको निम्ति वातावरण तयार गर्न विद्यालयस्तरमै राजनीतिक कक्षाहरू सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।
आयोजक समितिका सचिव राजन जतिले तःमुंज्या सफल पार्न हालसम्म गरेका विभिन्न गतिविधिहरूबारे जानकारी दिनुभएको कार्यक्रममा सदस्य अजेन्द्रकुमार लघु, रमा मातां र रेजा जतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply