शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
एक टोलमा बिहान घुमेर आएका युवा तथा ज्येष्ठ नागरिकहरू आराम गर्दै थिए । उनीहरू देश र विदेशका समाचारबारे छलफल गर्दै थिए । त्यसैबेला वितरक भाइ ‘मजदुर’ दैनिक अखबार पाटीमा राखेर गए । एक युवाले उक्त पत्रिका हातमा लिएर ज्येष्ठ नागरिकहरूले पनि सुन्न सक्ने गरी स्पष्ट र अलि ठुलो स्वरमा पढ्न थाले । भक्तपुरका सांस्कृतिक गुरुहरूलाई सम्मान गरिने खबरले एक ज्येष्ठ नागरिक बाजेले आश्चर्य र खुसी हुँदै भने, “हँ ! भक्तपुरका सांस्कृतिक गुरुहरूलाई सम्मान गरिने !” ती बाजे संस्कृतिप्रति चासो राख्ने एक ज्येष्ठ नागरिक थिए ।
त्यस युवाले उहाँको अनुरोधमा फेरि पढ्न सुरु गरे । हरेक वर्षझैँ यस वर्ष असोज २ गते गाईजात्रा सापारुमा प्रदक्षिणा मार्गमा प्रदर्शन गरिएका घिताङघिसी, विभिन्न विधाका नाचगानमा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र विशेष पुरस्कार प्राप्त गर्न सफल सांस्कृतिक टोलीहरूलाई पुरस्कार वितरण गरिनेछ । भक्तपुरको नाचगान, बाजागाजा सिकाउन र संरक्षण गर्न निःस्वार्थ, इमानदारीपूर्वक योगदान दिनुभएका सांस्कृतिक गुरुहरूलाई विशेष सम्मान गरिनेछ । उक्त समारोहमा सहयोग हुन सबैलाई अनुरोध गरिएको छ ।
युवाले पढेको समाचार सुनेपछि उक्त बाजेले खुसी हुँदै भने, “भक्तपुर नगरपालिकाले बर्सेनि सांस्कृतिक गुरुहरूलाई सम्मान, उत्कृष्ट सांस्कृतिक टोलीलाई पुरस्कार दिएर अनुकरणीय काम गरेको छ । यसले यहाँको नाचगान, बाजा अन्य सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धन गर्न ठुलो मद्दत गरेको छ । विश्वमा नेपाललाई चिनाएको भनेको अग्लो अग्लो भवन, भ्युटावर, पुल, बाटो आदिले होइन ।” नेपाल सांस्कृतिक धरोहरले चिनाएको हो । पुर्खाले बनाएको सांस्कृतिक धरोहर हेर्न नेपालमा बर्सेनि लाखौँ पर्यटकहरू आइरहेका छन् । भक्तपुर नगरपालिकाले हरेक वर्ष खेलका गुरु, उत्कृष्ट खेलाडीहरूलाई पनि यस्तै सम्मान गर्दै आएको छ ।
त्यहाँ भएका युवा, ज्येष्ठ नागरिकहरूले एकै स्वरमा भने, “त्यसैले हाम्रो स्वर्गजस्तो राम्रो सफा, सुन्दर भक्तपुर नगरलाई उदाहरणीय नगर बनाउनुपर्छ ।” भक्तपुर नगरपालिका, प्रशासन, सरोकारवाला सबै मिलेर सबैलाई सचेत गराउनुपर्छ । लौ खाना खाने बेला भयो; आजलाई जाऔँ भन्दै सबै घर गए ।
Leave a Reply