दसैँ
- आश्विन ३०, २०८३
घटस्थापनाबाट सुरु हुने दस दिनसम्मको यो चाड
जसमा लुकेको छ आफ्नो छुट्टै कथाका मान
नौ दिनसम्म पूजा गर्छौँ नौ रूप देवीको
यस प्रकार छ कथा यी महान दिनको ।
असुरहरूको अत्याचारले, काँप्यो सारा संसार,
महिषासुरको अहङ्कारले, बढ्यो दुःख अपार
देवगणले पुकारे माता, “बचाऊ हे भवानी !”
शक्ति मिली प्रकट भइन्, जगकी महारानी ।
सिंह चढी हातमा अस्त्र, रणभूमिमा आइन्,
महिषासुरको दम्भ मेट्न, भीषण युद्ध चलाइन्
नौ रातसम्म युद्ध गरी, अधर्मलाई हराइन्,
दसौँ दिनमा विजय पाई, धर्मको ज्योति जगाइन्
त्यही विजयको सम्झनामा, मनाउँछौँ विजया दशमी,
सत्य सधैँ विजयी हुन्छ, यही हो यस कथाको सन्देश असिम
रावणमाथि रामको विजय, अर्को पावन कथा,
अहङ्कारको अन्त्य हुन्छ, सत्य नै हो महान् गाथा ।
महिषासुरमाथिको जित होस्
वा रावनमाथिको जित होस्
सार एउटै अधर्ममाथि सत्यको जित
मनोकामना सबै पूरा हुँदै जाउन्
सत्यको बाटो अपनाइँदै यो दसैँ मनाउनु
यस महान् चाड विजया दशमीको
मङ्गलमय शुभकामना सबै नेपालीमा ।
Leave a Reply