इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
सुर्खेत, ४ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेत जिल्ला समितिको आयोजनामा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा भेला एवम् प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य एवम् जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले सिद्धान्त, विचार र सक्षम नेतृत्वबिनाको आन्दोलन बलिदानमा सकिने हुँदा स्पष्ट विचार सिद्धान्त र व्यवस्थित सङ्गठनको आवश्यकता औँल्याउनुभयो । उहाँले युवाहरूले अध्ययन विश्लेषण गरेर कामदारवर्ग र शोषकबिचको भेद छुट्याएर समाजमा रहेको शोषण अन्याय अत्यचार अन्त्य गर्न सङ्गठित भएर समाज परिवर्तनमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश समिति सदस्य धनेन्द्र बिकले आजसम्म सत्तामा गएका शासक दलहरूले भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपार्ने र चुनावमा त्यही पैसा खर्च गरेर चुनाव जित्ने फेरि जनतालाई शोषण गर्ने गरेको बताउनुभयो । जनताको चेतनास्तर नउठेसम्म नयाँ पुराना दलहरू र विदेशी सङ्घ संस्थाहरू मिलेर जनतालाई शोषण गरिरहने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य विजुकला राना, नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज राना, नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका अध्यक्ष निरक शाही, महेन्द्र सिजापती, यामनाथ योगी, टिकाराम कडेललगायतले बोल्नुभएको थियो ।
कार्यक्रम खेमराज कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले रणबहादुर रानाको अध्यक्षतामा ७ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति सुर्खेत गठन गरिएको छ ।
Leave a Reply