भर्खरै :

विदेशी चलखेल र षड्यन्त्रप्रति चनाखो हुनुपर्छ

विदेशी चलखेल र षड्यन्त्रप्रति चनाखो हुनुपर्छ

देश र जनताको सेवा गर्नु नै राजनीतिक दलको उद्देश्य हो भन्ने मान्यता भुल्दा र पार्टीको घोषणापत्र र प्रतिबद्धता भुल्दा देशमा देशी विदेशी षड्यन्त्रकारी तथा शक्तिहरूको चलखेल बढ्नेतर्फ शासक दलका शीर्ष नेताहरूले कहिल्यै सोचेनन्; उनीहरू कहिल्यै गम्भीर भएनन् । देशमा आन्तरिक द्वन्द्व चर्केको बेला, आन्तरिक कलह भइरहेको बेला वैदेशिक हस्तक्षेप र दबाब भएको, आन्दोलनभित्रै घुसेर तोडफोड र उपद्रो गरिरहेको घटनामा जेन–जी आन्दोलन पहिलो होइन न त अन्तिम नै हुनेछ । नेपाल सरकारलाई ‘असफल’ पार्ने, देशमा आर्थिक सङ्कट निम्त्याउने र ऋणमा डुबाउने काम एकातिर जानी नजानी शासकहरूले नै गरिरहेका छन् भने अर्कोतिर प्रत्यक्ष या अप्रत्यक्ष रूपमा विदेशी शक्ति राष्ट्रमात्र होइन देशकै कति तत्वहरूले षड्यन्त्र गरी चलखेल गरिरहेका हुन्छन् । देशमा आन्तरिक द्वन्द्व हुनु स्वाभाविक हो । वर्गीय समाजमा सानाठुला वर्गसङ्घर्षहरू भइरहन्छन् । जनताका अधिकारका निम्ति कहिले कानुनी सङ्घर्ष हुन्छ भने कहिले गैरकानुनी सङ्घर्ष हुन्छ । तर, देशका राजनीतिक दल, नागरिक समाज या अन्य समूहहरू देशी या विदेशी चलखेल र षड्यन्त्रप्रति चनाखो हुनुपर्छ या त्यस्तो षड्यन्त्रमा फस्नु हुँदैन ।
् देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै देशका राजनीतिक दलको जिम्मेवारी हो भन्ने ठानी हरेक राजनीतिक दलका नेताहरूले कार्यकर्ता र जनतालाई राजनीतिक शिक्षा दिनुपर्छ । भ्रष्टाचार अन्त्य गर्ने सबै राजनीतिक दलहरूको उद्देश्य हो भने, तद्नुसार व्यवहारमा लागु गर्ने हो भने देशमा भ्रष्टाचार कसले गर्छ ? भ्रष्टाचार गर्न को अघि बढ्छ ? भ्रष्टाचार र अनियमितता गर्नेहरूमा अधिकांश शासक दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि, उच्चपदस्थ पदाधिकारीहरू नै रहेका छन् । साथै कर्मचारीहरू पनि घुस प्रकरणमा फसेका छन् । घुस्याहा कर्मचारी, भ्रष्टाचारी, कमिसनखोर र अनियमितता गर्ने सबै व्यक्तिहरू अपराधी हुन् । यस्ता अपराधीहरू सजातगी हुनुपर्छ; कारबाहीको घेरामा पर्नुपर्छ । देशको अस्तित्व समाप्त गर्ने, देशको इतिहास र सभ्यता मेटाउने काम देशविरोधी कदम हो† जनविरोधी कदम हो । त्यो काम निन्दनीय छ ।
शासक दलका नेताहरू आफ्नो जिम्मेवारी र कर्तव्यबाट पछि हटेकै कारण देशमा अस्थिर राजनीति निम्तिएको हो । जेन–जी आन्दोलनबाट शासक दलका नेताहरूले शिक्षा लिनुपर्छ† पाठ सिक्नुपर्छ । शासक दलका नेताहरूलाई नेमकिपालगायत अन्य वामपन्थी, देशभक्त दलहरूले आफ्नो अहङ्कार तोड्न, आफू नै सबथोक हो भन्ने, आफूमात्र सही भन्ने भावना छोड्न र देश र जनताको निम्ति गर्ने दायित्व नभुल्न बारम्बार आग्रह गरेका थिए । तर, त्यो सुनुवाइ भएन । साना दलका नेताहरूले केही नाप्न सक्दैन; आन्दोलन गरे पनि केही फरक पर्दैन भन्ने अहङ्कार शासक दलका नेताहरूमा देखिए । अकुत सम्पत्ति कमाउने, राज्यको स्रोतमा रजाइँ गर्ने, पदीय मर्यादाको दुरूपयोग गर्ने काम शासक दलका नेताहरूले छोडेनन्; उनीहरू जनताका सेवक बन्न सकेनन् । उनीहरूले आफूलाई निर्वाचित जनप्रतिनिधि नठानी शासक ठाने । यो नै शासक दलका नेताहरूको कमजोरी भयो । प्रधानमन्त्री र मन्त्रीहरूमा इमानदारिता देखिएन† सामन्त, जमिनदार, पुँजीपतिवर्गको सत्ता पल्टाएर बहुमत जनताको सेवा गर्नुपर्छ भन्ने भावना नै रहेन । शासकहरू जनतामुखी हुन सकेनन् । नेपाललाई अस्थिर बनाउने, गम्भीर सङ्कटमा पु¥याउने र ऋणमा डुबाउने काम शासकहरूले गरे । सरकारको नेतृत्व गर्ने दलले यस्तै अमानवीय, अनियमितता, बेथिति गरेकै कारण देश अनिर्णयको बन्दी बनेको हो । नेपालका शासकहरूको यस्तै कमजोरीले गर्दा विदेशी हस्तक्षेप बढेको हो, नेपाललाई अस्थिर बनाउने खतरा बढेको हो । सरकारमा सहभागी दलका कति नेताहरू नेपाल र नेपालीको भन्दा विदेशको बढी चिन्ता गर्छन् । आफ्नो माग पूरा नभए नेपाल नै नरहे पनि हुने, तराई अलग्याउने र काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्न चेतावनी दिने दलका नेताहरूले देशको प्रगति कसरी गर्छन् ? नेपालमा कहिले पनि विदेशी हस्तक्षेप हुन नदिनेतर्फ दलहरू जहिल्यै सतर्क हुनुपर्छ । जनताको माग सम्बोधनको निम्ति आन्दोलन गर्ने हो; तोडफोड र आगजनी गर्न होइन । तोडफोड र आगजनी गरेर रमाउने, ठीक गरे भनी गर्व गर्ने व्यक्तिहरू रउनीहरूलाई उक्साउने तत्वहरू कहिले पनि सद्दे हुँदैनन्; देशभक्त हुँदैन । उनीहरू देश र जनताको हित चाहँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *