भारतीय विस्तारवादको योजनाअनुसार देशका महत्वपूण धरोहर नष्ट
- आश्विन १०, २०८२
भक्तपुर, १० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन परिवारको आयोजनामा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपालीहरूको महान् पर्व दसैँ बिदाको सही सदुपयोग गर्न विद्यार्थीहरूलाई मार्गनिर्देश गर्दै किताब अध्ययनले मानिसको बौद्धिक क्षमता वृद्धि हुनुका साथै सामाजिक सेवाको भावना जागृत गर्ने बताउनुभयो ।
युवा पुस्तालाई धनी होइन, असल नागरिक बन्न प्रेरित गर्दै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू स्थापनाले धेरै विद्यार्थीहरू शिक्षित हुने अवसर पाएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका परम्परागत बाजा प्रशिक्षणमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै पुरानो बाजालाई संरक्षण गर्दै लानुपर्ने चेत नयाँ पुस्तामा हुनु नै भक्तपुरको लागि सुखद पक्ष भएको बताउनुभयो ।
भदौ २३ र २४ गते नेपालमा भएको जेन–जी आन्दोलनबाट भएको आगजनी र तोडफोडले देशले खरबौँको घाटा व्यहोर्नुपरेको बताउँदै उहाँले जेन–जीको नाममा धेरै एनजीओ र आईएनजीओहरूको चलखेल बढिरहेको तर्फ सबैजना सजग हुनुपर्ने प्रस्ट पार्नुभयो ।
उहाँले युवाहरूमा सङ्घर्षशील भावना, कठिनाइ व्यहोर्न तयार हुनुपर्ने र वैचारिक क्षमता हुनुपर्ने बताउँदै कोही व्यक्ति उमेरले होइन, उसको विचार सिद्धान्तले उसलाई युवा बनाउने धारणा राख्नुभयो ।
भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका सयौँ सम्पदाहरू भक्तपुर नपाले आफ्नै बलबुत्तामा पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले विदेशीको सहयोगमा उनीहरूको स्वार्थ लुकेको हुन्छ, विदेशीको भरमा देश विकास गर्ने सोच त्याग्नुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निओ फ्युजनले युवा तथा विद्यार्थीलक्षित विभिन्न तालिम सञ्चालन गर्दै आएको सबैमा विदित्तै रहेको बताउँदै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई यो तालिम फलदायी र जीवनउपयोगी नै हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा भर्खरै भएको जेन–जी आन्दोलन शासन सत्तामा गएकाहरूलाई खबरदारीस्वरूप आयोजना गरिएको भए पनि त्यस आन्दोलनमा देखिएका विदेशी चलखेलप्रति सबै जनता सचेत हुनु आवश्यक छ भन्नुभयो ।
स्थानीय स्काउट प्रमुख आयुक्त तथा निओ फ्युजनका निर्देशक बालकृष्ण वनमालाले भक्तपुरको कला र संस्कृति आफैमा अद्वितीय रहेको बताउँदै युवाहरूमा यहाँको कला संस्कृतिप्रति उत्तरदायी बनाउन निओ फ्युजनले सीपमूलक तालिमका साथसाथै परम्परागत बाजा प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
उहाँले युवाहरूलाई समाज र देशप्रति उत्तरदायी बनाउने हिसाबले पनि सङ्गठित गर्ने कार्य गर्दै आएको बताउँदै चाडपर्वलाई रचनात्मक ढङ्गले मनाउन प्रेरणा दिनुभयो ।
कार्यक्रममा निओ फ्युजनका सविन लेबा, सृजना कोजु र विमद बाहलाले निओ फ्युजनका गतिविधिबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply