दैलेखको डुङ्गेश्वरमा नेमकिपाको विरोध सभा
- आश्विन १०, २०८२
भक्तपुर, १० असोज । भनपा ७ वडा कार्यालयको आयोजनामा हनुमानघाट परिसरमा सरसफाइ कार्यक्रम भयो ।
उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष एवं एकीकृत हनुमानघाट सेवा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले ऐतिहासिक, धर्मिक तथा सांस्कृतिक सम्पदा स्थल हनुमानघाटमा सरसफाइ र सम्पदा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
खोलोमा वगेको दुर्गन्ध हटाउन उपचार पोखरी सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले खोला सफा राख्न लाखौँ लाख बजेट खर्च गरिरहेको बताउनुभयो ।
स्थानीय लक्ष्मीभक्त कवांले भक्तपुर नगरलाई सफा सुग्घर बनाउन अग्रजहरूले सफाइ अभियान सञ्चालन गरेको स्मरण गर्दै भक्तपुरको कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकताबारे प्रकाश पार्नुभयो ।
भनपा वडा नं. ७ का वडा सदस्य हेरा ख्याजुले भनपाले खुला क्षेत्र, खोला, पोखरी, घाटलगायतका स्थानमा सरसफाइ गर्नुको साथै हरियाली व्यवस्थापन गरिरहेको बताउनुभयो ।
सफाइ कार्यक्रममा टीम– क्लव, पुस्तकालय, दाफाभजन सहकारी तथा अन्य सङ्घसंस्था, कर्मचारी तथा स्थानीयवासीहरूको सहभागिता थियो ।
Leave a Reply