भर्खरै :

दैलेखको डुङ्गेश्वरमा नेमकिपाको विरोध सभा

दैलेखको डुङ्गेश्वरमा नेमकिपाको विरोध सभा

दैलेख, १० असोज । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर र गुराँस गाउँ समितिको आयोजनामा प्यालेस्टिनमाथि इजरायली युद्ध र लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भएको भारतीय हस्तक्षेपको विरोधमा बिहीबार डुङ्गेश्वरमा विरोध सभा भयो ।
सभामा नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य उदयजङ्ग शाहीले केपी ओलीको गठबन्धन सरकारले गरेका भ्रष्टाचार, अनियमितता र पक्षपातको कारण देशले ठुलो क्षति भोग्नुपरेको हो भन्नुभयो ।
ओली सरकारले देशलाई भ्रष्टाचारका अनेकौँ काण्डमा फसाएकै कारण जटिल समस्या उत्पन्न भएको उहाँले बताउनुभयो ।
नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले भारतीय विस्तारवादले नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा मिचेर नेपालको सार्वभौमिकतामा हस्तक्षेप गरिरहेकोले भारतीय विस्तारवादको विरोध गर्नुपर्ने बताउनुभयो ।
प्यालेस्टिनमाथि इजरायलले जातीय नरसंहार गरिरहेको नरसंहार रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *