भर्खरै :

दसैँ आयो तर मेलम्ची आएन

  • आश्विन ११, २०८२
  • पानी पीडित जनता
  • समाचार
दसैँ आयो तर मेलम्ची आएन

भक्तपुर नगरमा खानेपानीको हाहाकार कुनै नयाँ कुरा होइन, नगरवासीको नियति हो । तर, मेलम्चीको पानी वितरण हुन थालेपछि थुप्रै वडाका जनताले धेर–थोर पानी पाउन थालेका छन् । यद्यपि, नगरका केही वडाको केही क्षेत्रमा धारा छ तर पानी नभएको स्थिति छ । यस तथ्यबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पूर्ण अवगत भएको केही समय पहिले भएको कार्यक्रममा थाहा पाइयो ।
भक्तपुर वडा नं. ६ को आयोजनामा काउखालिका कर्मचारीको उपस्थितिमा पानी पीडितहरूको भेला भएको थियो । पानी पीडितहरूले आप्mनो गुनासो र आग्रह राख्नु स्वाभाविक थियो । काउखालिका प्रतिनिधि कर्मचारीले गुनासो र आग्रहलाई सौहार्दपूर्वक लिँदै दसैँ अगाडि वा सम्ममा जसरी भए पनि पानी खुवाउँछु, विश्वास गर्नुस्, ढुक्क हुनुस् … भनी एक प्रकारले वाचा गरे । उपस्थित पानी पीडितहरूले उहाँलाई मनमनै जय होस् भने† धन्यवाद पनि दिए । मेनलाइनको पाइपमा बढी खर्च भएकोले वितरणमा ढिलाइ भएको उनले जानकारी दिए । सारमा उक्त कर्मचारीको भनाइ निकै ‘कर्णप्रिय’ थियो । तर, विडम्बना ¤ व्यवहारमा छलकपट साबित भयो किनभने दसैँ सुरु भयो तर पानी वितरण गर्ने सुरसारै छैन ।
यदि बजेट अभावकै कारण घर–घरमा पानी वितरण गर्न नसकेको हो भने सम्बन्धित ग्राहककै लगानीमा पनि पाइप बिछ्याउन सकिन्थ्यो । अथवा २–४ वर्षको न्यूनतम महसुल अग्रीम जम्मा गराएर भए पनि रकम जोहो गर्न सकिन्थ्यो । यसबाट ग्राहकलाई केही समस्या होला तर पानी नआउने धाराको महसुल तिर्नु र ट्याङ्करको पानी किन्नुभन्दा सस्तो नै पथ्र्यो ।
अथवा, भक्तपुर नगरपालिकासँग समन्वय गरी पाइप बिछ्याउनमा सहयोग वा ऋण पनि लिन सकिन्थ्यो ।
दुर्भाग्य, आप्mनै टोलको या घर छेउकै मेन पाइपमा पानी भरिएको छ तर जनता मेलम्ची जपेर काकाकुल हुन बाध्य भइरहेका छन् । समुद्रबिचको मानिसले पानी खान नपाएको जस्तो ¤
के हाम्रो दुःख र समस्यामा ध्यान दिने र जनताको हित हेर्ने कुनै निकाय, संस्था, जनप्रतिनिधि, कर्मचारी भक्तपुरमा नभएकै हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *