मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, ११ असोज । “सामाजिक विविधता र एकता नै वास्तवमा सबैभन्दा ठुलो धन हो । समय परिस्थितिअनुसार, सामाजिक आवश्यकताअनुसार परिचालन हुने समाज नै वास्तवमा सबल र स्वावलम्बी हुने गर्दछ ।”
उक्त भनाइ वाग्मती प्रदेशसभा सदस्य तथा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले संगम बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको शुभकामना आयदानप्रदान कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सभासद् गोसाईले भन्नुभयो, “सहकारी भनेको सामूहिक व्यवहार हो । सामूहिक भावना र पारस्पारिक सहयोगबाट नै हरेक समाज अगाडि बढेको छ ।”
समाजप्रति जिम्मेवार, व्यवहार र निरन्तर समाजको हितको पक्षमा कार्य गर्नु नै हरेक असल नागरिकको कर्तव्य भएको धारणा राख्दै अतिथि गोसाईले भन्नुभयो, “कुनै व्यक्ति विशेषलाई नायकको रूपमा प्रस्तुत गर्नु र अन्धभक्तको रूपमा त्यसको पछाडि लाग्नाले नेपाली युवाले धेरै पटक धोखा पाएको छ ।”
उहाँले भन्नुभयो, “नेपाली राष्ट्रिय स्वाभिमानलाई नै धक्का दिने हिसाबले भएको ध्वंसात्मक गतिविधि ती अबोध युवाको कार्य हैन । बरू नेपाललाई अस्थिर बनाई नेपालीको सार्वभौमिकतामा धावा बोल्ने भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद प्रत्यक्ष वा परोक्ष रूपमा यस घटनामा संलग्न छन् ।”
उहाँले अगाडि भन्नुभयो, “समाजमा व्याप्त भ्रष्टाचार पुँजीवादको अभिन्न अङ्ग भएको हुँदा नेपाली युवाले कल्पना गरेको भ्रष्टाचारमुक्त समाज यो व्यवस्थामा सम्भव छैन । भावनात्मका रूपमा मात्र अगाडि बढेर यसको समाधान सम्भव हुँदैन । बरू युवा पुस्ताले सही नेतृत्व, नीति र विचारको संवाहक बनेर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ ।”
संस्थाका अध्यक्ष बलराम सिबन्जारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका सल्लाहकारहरू राजाराम चवाल तथा न्हुछेराम भेलेले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष शिवराम किजूले स्वागत गर्नुभएको उक्त कार्यक्रममा संस्थाका सचिव विजय लोहलाले सञ्चालन गर्नुभएको थियो ।
Leave a Reply