यालोङ महोत्सव, तिब्बती सभ्यता र चिनियाँ समाजवादप्रति गहिरो आस्था
- आश्विन १२, २०८२
सन् १८८१ को सेप्टेम्बर २५ तारिखमा चीनको चेकियाङ प्रान्तको शाउनोशिङ सहरको एक खानदानी परिवारमा लु सुन (Lu Xun/Lu Shun) को जन्म भएको थियो । बालककालमा लु सुनको नाउँ चाउ सूचेन थियो ।
चाउ सूचेनको बाजे मञ्चु दरबारको एक अफिसर थिए । चाउ सूचेन १३ वर्षको छँदा उहाँको बाजे जेलमा परे । उहाँको बुबा पनि दीर्घरोगले थला परे । उनलाई खानदानी इज्जतअनुसारको उपचार गर्दागर्दै ४ वर्षपछि उनको मृत्यु भयो । त्यसपछि बालक चाउ सूचेनले गरिबी थाहा पाउन थाले ।
चाउ सूचेनकी आमा उनलाई सा¥है माया गर्थिन् । छोरालाई राम्रोसँग पढाएर ठुलो मान्छे बनाउन चाहन्थिन् । त्यसैले तिनले जस्तोसुकै दुःखकष्ट सहेर पनि छोराको पढाइ बिग्रन दिइनन् । त्यस्तै चाउ सूचेनले पनि पढाइमा आफ्नो प्रतिभा चम्काए ।
बाबुको मृत्यु अनभिज्ञ, मूर्ख ताकसिङ वैद्यहरूबाट भएको भन्ने उहाँ सम्झनुहुन्थ्यो । त्यसैले रोगीहरूको उपचार गर्न निपुण वैद्य, डाक्टरको आवश्यकता उहाँले देख्नुभयो । उहाँ एक खप्पिस डाक्टर बनी रोगीहरूको उपचार गर्न चाहनुहुन्थ्यो । बुबाको मृत्युपछि उहाँको परिवार पनि गरिब भयो । त्यसपछि उहाँले गरिब परिवाको दुःखकष्ट बुझ्नुभयो र समाजमा भइरहेको अन्याय, अत्याचार र अन्धकारलाई देख्न थाल्नुभयो ।
उहाँ मिहिनेत गरी पढ्नुहुन्थ्यो । त्यसैले उहाँले स्नातकोपाधि पनि राम्रैसँग उत्तीर्ण गर्नुभयो । स्नातकोपाधि उत्तीर्ण गरिसकेपछि उहाँले जापानमा गएर डाक्टरी पढ्ने विचार गर्नुभयो । डाक्टर बनेर आफ्नो बुबाजस्तै राम्रो औषधी गर्न नपाएर जीवन गुमाउनुपर्ने रोगीहरूको सेवा गर्ने विचार गर्नुभयो । उहाँ जापान सरकारबाट प्राप्त छात्रवृत्ति पाउनका लागि जाँचमा सम्मिलित हुनुभयो । उहाँ आफ्नो प्रतिभाले जाँचमा सफल हुनुभयो ।
सन् १९०२ मा चाउ सूचेन टोकियो पुग्नुभयो । कोबुन कलेजमा भर्ना हुनुभयो । त्यस कलेजमा उहाँले राम्रोसँग पढ्नु भयो । डाक्टर बन्ने उद्देश्य लिएका चाउ सूचेनले १९०४ मा डाक्टरी पढ्ने मौका पाउनुभयो । उहाँ सन् १९०४ मा कोबुन कलेजबाट सेनडाई मेडिकल कलेजमा भर्ना हुनुभयो ।
त्यसबेला चीनमा मञ्चु सरकार थियो । मञ्चु सरकारले गरिब जनतालाई सा¥है दुःख दिएको थियो । चीन त्यसबेला सामन्ती र अर्धउपनिवेश देश थियो । देशमा शोषण, अन्याय, अत्याचार र दमनको राज थियो । जनता चेतित थिएनन् । देश पनि निर्बलियो थियो । त्यसैले देशलाई बलियो बनाउन र जनतालाई चेतना दिन चेतित जनता त्यस अन्धकारमय मञ्चु सरकारको विरोध गर्दथे । हड्ताल, जुलुस र सुधार कार्यक्रम लिएर चिनियाँ जनता आफ्नो उकुसमुकुसलाई व्यक्त गर्दथे ।
विदेशमा गई पढिरहेका युवक विद्यार्थीहरू पनि देशलाई बचाउन मञ्चु सरकारको विरोधमा लागेका थिए । त्यस्तै जापानमा पढिरहेका विद्यार्थीहरू जो मञ्चु सरकारको विरोधमा लागिरहेका थिए, विद्यार्थीहरूसँग चाउ सूचेन पनि मिल्न जानुभयो ।
चाउ सूचेन सा¥है मिहिनेत गरी पढ्नुहुन्थ्यो । उहाँले थुप्रै साहित्यकारहरूका कृतिहरू पढ्नुभयो । बाइरन, शेली, पुस्किन, हेपनी, पेटाफो किमिविज, लेरमेन्टाफ आदि साहित्यकारहरूबाट खुबै प्रभावित हुनुभयो । त्यसबेला मञ्चु सरकारको विरोधमा चीनमा भइरहेको काम–कारबाही उहाँलाई नून नपुगेको तरकारीजस्तै लागेको थियो । त्यसै बखत उहाँले रुस र जापान युद्धको एउटा सिनेमा हेर्नुभयो । त्यस सिनेमामा एउटा चिनियाँ युवकलाई जासुसको आरोप लगाएर पाता फर्काई बाँधिराखेको दृश्य थियो । अरू चिनियाँहरू तमासे भई हेरिरहेका थिए । त्यो दृश्य हेरिसकेपछि उहाँ डाक्टर बनी रोगीलाई निको पार्नुभन्दा मानिसको मनोवृत्तिलाई औषधी गर्नुपर्ने महसुस गर्नुभयो, रोगीलाई उपचार गर्नुभन्दा मानिसको चेतनालाई उठाउनुपर्ने आवश्यकता देख्नुभयो । त्यसैले उहाँ साहित्यिक क्षेत्रमा उत्रनुभयो । मानिसको मनोवृत्तिलाई औषधी गर्ने र संस्कारलाई उच्च पार्ने सशक्त माध्यम नै साहित्य हो ।
जनता शिक्षित र चेतित नभइकन देशमा परिवर्तन वा क्रान्ति हुँदैन । जनतालाई शिक्षा दिएर चेतित पार्नु ज्यादै आवश्यक छ । त्यसैले शिक्षा फैलाउन र जनतालाई चेतनशील बनाउन उहाँ साहित्यको फाँटमा उत्रनुभयो । उहाँले प्रसिद्ध साहित्यकारहरूको रचना अनुवाद गर्न थाल्नुभयो । आफ्नै मौलिक रचनाहरू पनि लेख्नुभयो । जापानमै बसेर उहाँले ‘नयाँ जुनी’ नामको पत्रिका निकाल्न खोज्नुभयो । तर, पैसाको अभावले त्यसलाई निकाल्न सक्नुभएन ।
सन् १९०९ मा चाउ सूचेन जापानबाट चीन फर्कनुभयो । त्यसबेला सन् १९११ को क्रान्तिको लागि भित्रभित्रै तयारीहरू भइरहेका थिए । सन् १९११ मा डा. सनयात सेनको नेतृत्वमा चीनमा क्रान्ति भयो । त्यसबेला चाउ सूचेन माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । उहाँ क्रान्तिमा भाग लिन विद्यार्थीहरूलाई ठुलो प्रेरणा दिनुहुन्थ्यो ।
सन् १९११ को क्रान्तिले मञ्चु सरकार ढल्यो । त्यस क्रान्तिको नेतृत्व पुँजीवादी विचारधाराका मानिसहरूले गरेका थिए । त्यसैले चिनियाँ जनताले आशा गरेको फल देख्न पाएनन् । त्यस क्रान्तिमा मजदुर किसानको प्रतिनिधित्व थिएन । त्यसैले सरकार फेरिए पनि जनताको दुःख कष्ट फेरिएन ।
सन् १९१७ को रुसी अक्टोवर क्रान्तिले चिनियाँ जनताको आँखा खुल्यो । जन–बलको महत्व बुझे । चाउ सूचेन जनतासँगै मैदानमा उत्रनुभयो । ‘लु सुन’ भन्ने गुप्त नाउँले लेखहरू छपाउनुभयो । सन् १९१८ मा लु सुन नाउँबाट ‘एक बहुलाको डायरी’ कथा ‘न्यू यूथ’ पत्रिकामा छपाउनुभयो । त्यस पत्रिकाको सम्पादक मण्डलमा लि ता–चाउ (१९२७ मा मारिनु भएका) पनि हुनुहुन्थ्यो । ‘न्यू यूथ’ पत्रिकाले सांस्कृतिक क्रान्ति र जनवादको लागि मङ्गलाचरण गाउन सुरु गरेको थियो ।
सन् १९११ को क्रान्तिबाट शिक्षा लिएर लु सुनले कलम चलाउनुभयो । लु सुनका लेखहरूले जनचेतना जगाउन ठुलो भूमिका खेल्यो । त्यसैले उहाँलाई चीनमा आधुनिक साहित्यका पिता मानिन्छ ।
लु सुन क्रान्तिकारी लेखक हुनुहुन्थ्यो । तर, उहाँ कलममात्र समाउने क्रान्तिकारी थिएनन् । उहाँ आन्दोलनहरूमा पनि भाग लिनुहुन्थ्यो । सन् १९२६ को मार्च महिनामा तुवान ची जुइमा भएको विद्यार्थी हत्याकाण्डको विरोध प्रदर्शनमा लु सुनले सक्रिय भएर भाग लिनुभएको थियो । उहाँ लि ता–चाउझैं जनप्रित तथा चेतना दिने पथप्रदर्शक हुनुहुन्थ्यो । उहाँले १९२१ मा ‘आह क्यूको साँचो कथा’ छपाएर मुकुण्डोधारी क्रान्तिकारीहरूसित होसियार रहन आह्वान गर्नुभयो ।
सन् १९२७ को सुरुमा लु सुन क्वाङ चाओ (क्यान्टन) जानुभयो । १९२७ मा स्वेच्छाचारी च्याङ काई शेकले जनताप्रति विश्वासघात गरेर कम्युनिस्टहरू र क्रान्तिकारी जनताको निर्मम हत्या ग¥यो, कयौं क्रान्तिकारीहरूलाई जेलमा थुन्यो । त्यो देखी लु सुन सा¥है रिसाउनुभयो । उहाँले गिरफ्तार गरिएका कम्युनिस्टहरू र क्रान्तिकारीहरूलाई भगाउने प्रयास गर्नुभयो । त्यसपछि उहाँ क्यान्टनबाट शाङघाई जानुभयो ।
सन् १९२८ मा उहाँले शाङघाइबाट ‘पेन–लिउ’ (भेउ) नामको पत्रिका निकाल्नुभयो । शाङघाइमा उहाँ रिभोलुशनरी म्यूचुयल एण्ड सोसाइटीको सदस्य बन्नुभयो । सन् १९३० मा स्वतन्त्र चीन लीग स्थापना गर्नुभयो र त्यसमा उहाँले पछिसम्म पनि काम गर्दैरहनुभयो । उहाँले माक्र्सवाद–लेनिनवादको गहिरो अध्ययन गर्नुभयो र एक महान् कम्युनिस्ट बन्नुभयो । तर, प्रतिक्रियावादी साहित्यकारहरू उहाँलाई कम्युनिस्ट मान्न इन्कार गर्छन् । प्रतिक्रियावादी साहित्यकारहरूले उहाँमाथि हमला गरे । तर, उहाँले ती सबै प्रतिक्रियावादीहरूसित दृढ भई सङ्घर्ष चलाउनुभयो । त्यसैले उहाँ भन्नुहुन्थ्यो, “रिसले खुम्चिएको निधार लिएर मतिर तेस्र्याइएका हजारौँ औँलाहरूको घृणापूर्वक सामना गर्दछु तर गोरुझैँ नम्र हुँदै आफ्नो टाउको निहु¥याएर केटाकेटी (जनता) को सेवा गर्छु ।” त्यसैबेला लु सुनले पानीमा डुबेको बहुला कुकुरलाई खुब पिट्ने सिद्धान्त पेस गर्नुभएको थियो ।
सन् १९२७ मा कोमिन्ताङ सरकारले घेराहाल्ने र निर्मूल पार्ने अभियान लिएर जनतामाथि क्रुर दमन गरेर सेतो आतङ्क मच्चाएको थियो । लु सुनले त्यस प्रतिक्रियावादी नीतिको चिरफार र विरोध गरी १३० भन्दा बढी उपनामहरू राखी लेखहरू छपाउनुभयो । २०० भन्दा बढी निबन्ध छपाएर त्यस जनविरोधी तथा राष्ट्रविरोधी नीतिको विरोध गर्नुभएको थियो । त्यसैले अध्यक्ष माओले उहाँलाई ‘चीनको सांस्कृतिक क्रान्तिका प्रमुख कमाण्डर हुनुहुन्थ्यो, उहाँ महान् विद्वानमात्र हुनुहुन्नथ्यो, एक महान् विचारक र क्रान्तिकारी पनि हुनुहुन्थ्यो’ भन्नुभएको थियो ।
लु सुनले थुप्रै कथा, निबन्ध, कहानी र कविता लेख्नुभयो । उहाँले कथा सङ्ग्रहको तीन ठेली, निबन्ध, गद्य कविताको सो¥ह ठेली, ‘किनार–बाल लेख’ भनी एकसठ्ठीवटा लेखको ठेली र चिए चिए–तिङ निबन्ध तीन ठेली मौलिक पुस्तकहरू लेख्नुभयो । त्यस्तै थुप्रै अरू अनुदित पुस्तकहरू छन् । १९३१ मा उहाँले प्रतिक्रियावादी शासकहरूको विरुद्ध ‘अन्धकारमय चीनमा कलाको वर्तमान अवस्था’ शीर्षकको लेख लेख्नुभयो ।
त्यसलाई चीनको कुनै पनि पत्र–पत्रिकाले छाप्ने साहस गरेन । त्यसैले उहाँले त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरी विदेशी पत्रिकामा छाप्न पठाउनुभयो ।
सन् १९३०–३९ का वर्षहरूमा कोमिन्ताङ्ग प्रतिक्रियावादीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका ग्रामीण आधार क्षेत्रहरूलाई सशस्त्र घेराबन्दी र दमन गर्ने नीति अघिसारी जापानी साम्राज्यवादले सारा चीन कब्जा गर्ने युद्धको तयारी गर्दै थियो । देशबाट जापानी साम्राज्यवाद धपाउन र कोमिन्ताङ्ग प्रतिक्रियावादीहरूबाट मुक्त गर्न १९३४ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा विश्वविख्यात ‘लामो हिँडाइ’ सुरु भयो । १९३५ मा लु सुन शाङघाईमा हुनुहुन्थ्यो । त्यसबेला लामो हिँडाइमा गएका लालसेना उत्तरी शेन्शी पुगेको खबर लु सुनले पाउनुभयो । त्यसबेला उहाँले अध्यक्ष माओ त्सेतुङलाई एक बधाई सन्देश पठाउनुभयो । त्यसमा उहाँले लेख्नुभयो, “चीनको र मानव–जातिको आशा तपाईँमा केन्द्रित छ ।”
जीवनको अन्तिम घडीमा लु सुन शाङघाईमा हुनुहुन्थ्यो । बिरामी अवस्थामा पनि उहाँले लेख्ने काम रोक्नुभएन । उहाँलाई साथीहरूले आराम लिन सल्लाह दिन्थे । ती साथीहरूलाई उहा जवाफ दिनुहुन्थ्यो, “म निस्क्रिय भएर धेरै वर्ष बाँच्नुभन्दा सक्रिय भएर थोरै वर्ष बाँच्न चाहन्छु ।” त्यसबेला उहाँ ‘श्वी माओ युङलाई जवाफ र जापानी आक्रमणविरोधी संयुक्त मोर्चाको प्रश्न’ शीर्षकको लेख लेख्दै हुनुहुन्थ्यो । त्यो नै उहाँको अन्तिम लेख थियो ।
यसरी ठुलो परिश्रम गर्दागर्दै सन् १९३६ अक्टोवर १९ तारीखमा उहाँ चिरनिद्रामा सुत्नुभयो । त्यसबेला उहाँ मात्र ५६ वर्षको हुनुहुन्थ्यो ।
मेरो गुरु लु सुन
(लु सुनकी पत्नी शु क्वाङफिङद्वारा उहाँको स्मृतिमा रच्नुभएको एक कविता)
मन हाम्रो विरहले व्याकुल छ,
तिम्रो मृत्युमाथि हामी के भनौँ !
तिमीले मलाई एकपल्ट भन्यौ–
‘हुँ म एक गाई समान,
खान्छु घाँस, दिन्छु दूध र रगत ।’
जानेनौ तिमीले कहिल्यै आराम र मनोरञ्जन
काममाथि हुन्थ्यो सधैं ध्यान तिम्रो
मृत्युको अघिल्लो दिनसम्म लेख्यौ ।
अब हामी सबै मिली आशा गरेर
डटिरहौँला तिम्रै पदचिन्हमाथि ।
(‘ग्व फय्’ वर्ष १, अङ्क २, २०३७)
स्रोतः पञ्चायत वर्ष ३, अङ्क १२, २०४२
Leave a Reply