नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, १३ असोज । भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि.मा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले सहकारी संस्थाहरूले टोल र समुदायका दाजुभाइहरूको बिचमा बेलाबखत भेला गरी सहकारी शिक्षा र समसामयिक विषयवस्तुमा कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सहकारी बचत र ऋण लगानीमा मात्र सीमित नभइकन सामाजिक कार्यमा पनि सहभागी हुनुपर्ने उल्लेख गर्दै उहाँले व्यावहारिक शिक्षाले समाजलाई सुसूचित गर्दै जानु महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
उहाँले आजको आवश्यकता नयाँ पुस्ताका सन्तानलाई सही बाटोमा लानुपर्नेमा जोड दिनुभयो ।
सरकारमा गएका शासक दलका शीर्षस्थ नेताहरूले भ्रष्टाचार गरी अकुत सम्पत्ति जोडेको धारणा राख्दै उहाँले अन्तिम शक्ति पैसा वा सत्ता हुन नसक्ने कतिपय सहकारीहरूको बचत गरौँ† भविष्य सुनिश्चित गरौँ भन्ने कथन सत्य हुन नसक्ने प्रस्ट्याउनुभयो ।
भौतिक निर्माण मात्र विकास नहुने शिक्षा नै मुख्य कुरा हो† नयाँ पुस्तालाई व्यवहारमा सुधार गरी सङ्गठित गर्ने गराउनेमा ध्यान दिँदै जानुपर्ने विचार पनि उहाँले राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी सङ्घ संस्थाहरूले कुटिर उद्योगहरू सञ्चालन गरी सदस्यहरूको स्वरोजगार दिने खालका तालिम दिँदै जानुपर्ने धारणा राख्नुभयो ।
सहकारीमार्फत युवाहरूलाई परिचालन गर्दै लान सके कुलतहरूमा नलाग्ने र होमस्टेहरू खोलेर रोजगारी सिर्जनामा सहकारी सक्रिय हुनसके राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष गणेशप्रसाद सुवालले संस्थाको हालसम्मको कुल सम्पति रु. ५४ करोड ६७ लाख ७५ हजार ८ सय ५९ रूपैयाँ ९ पैसा रहेको आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद सुवालले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा भएको थियो ।
Leave a Reply