जारशाही संसद्मा बोल्शेभिक सांसद–४
- कार्तिक २२, २०८२

नेपालीहरूको चाड दसैँ घटस्थापनादेखि सुरु भइसकेको छ । कम्युनिस्ट भनाउँदाहरूले तडकभडक गरी दसैँ मनाउने, बलि दिई गाडी पूजा गर्ने मात्रै होइन माओवादी अध्यक्ष प्रचण्डले गरेको भैँसी पूजासमेत चर्चाको विषय बनेको थियो ।
दसैँमा विशेषगरी शुभकामना आदानप्रदान कार्यक्रम धेरै हुने गरेको पाइन्छ । त्यस्तो कार्यक्रममा आफूलाई प्रगतिशील भनाउँदा र कम्युनिस्टको खोल ओढेकाहरूले दसैँलाई कसरी मनाउने भन्नेबारे चर्चा परिचर्चा गर्नु जरुरी छ । दसैँ रचनात्मक दृष्टिकोणले मनाउनेबारे नयाँ पुस्तालाई पनि सचेत गर्नु आवश्यक छ । नयाँ पुस्तालाई भौतिकवादी दृष्टिकोण र वर्गीय दृष्टिकोणले दसैँ मनाउन सल्लाह दिनुपर्ने देखिन्छ । चाडपर्वले मानिसहरूबिच सामाजिक सम्बन्ध विकास गर्छ । माक्र्सवादले समाजलाई दिशानिर्देश गरी समाजको आमूल परिवर्तनको भूमिका खेल्छ । समाज रूपान्तरणको लागि जनताबिच भिज्नुपर्छ ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको विश्व दृष्टिकोण हो । यसले कुनै काल्पनिक ईश्वर वा अलौकिक शक्तिमा विश्वास गर्दैन । धर्मबारे माक्र्सवादी दृष्टिकोण के हो भन्ने प्रश्न अत्यन्तै महत्वपूर्ण छ । माक्र्सवाद एक वैज्ञानिक सिद्धान्त हो । यसको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणको संश्लेषण गरेर मात्र सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी भएको थियोे । माक्र्सवाद–लेनिनवाद, माओविचारधारा विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिध्दान्त बनेको छ ।
यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्नुपर्छ । दसैँमा शक्ति पीठहरूको पूजा र बलि प्रथाले काल्पनिक ईश्वर वा अलौकिक शक्तिलाई मान्नुपर्ने हुन्छ । राजा र राष्ट्रपतिबाट टीका लगाउने परम्परा सामन्ती परम्परा हो ।
दसैँलाई पुरानै ढङ्गले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिन सकिन्छ । जनताबिच सामूहिक भेटघाट, छलफल, साहित्यिक कार्यक्रम आयोजना गरी दसैँलाई ‘जनसांस्कृतिक पर्व’ को रूपमा पुनःपरिभाषित गर्दै वर्गीय चेतनाको विकास गर्ने अवसरको रूपमा रचनात्मक उपयोग गर्नुपर्छ । दसैँ धार्मिक संस्कारको सट्टा वैज्ञानिक र आलोचनात्मक चेतना फैलाउने धार्मिक अन्धविश्वासको सट्टा सामाजिक चेतनालाई प्रवद्र्धन गरी मनाउनुपर्छ । सांस्कृतिक पुनर्निर्माण, दसैँका गीत, नाच र कला–प्रदर्शनहरूलाई जनपक्षीय बनाई ‘रामको विजय’ भन्दा ‘जनताको विजय’, ‘शोषण मुक्तिको कथा’ भन्ने सन्देश दिने सांस्कृतिक कार्यक्रमहरू गरी मनाउनुपर्छ । दसैँमा स्रोत र साधनको समान वितरण हुनुपर्छ ।
दसैँलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरको रूपमा प्रयोग गर्न सक्छ । यसले धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना र समानतामूलक समाजको निर्माणमा योगदान पु¥याओस् ।
Leave a Reply