इरान–अमेरिका वार्ता निष्कर्षविहीन
- चैत्र २९, २०८२
पेइचिङ, १ अक्टोबर (सीआरआई) । जन गणतन्त्र चीन स्थापनाको ७६ औँ वर्षगाँठ मनाउने समारोह सेप्टेम्बर ३० तारिख साँझ जन बृहत सभा भवनमा आयोजना गरियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभयो ।
आफ्नो सम्बोधनमा उहाँले चीन राष्ट्रको पुनरूत्थानलाई साकार तुल्याउनु नै अभूतपूर्व महान कार्य हो भन्नुभयो । उहाँका अनुसार, प्रतिक्षा र चुनौतीबाट चिनियाँ जनताको अथक प्रयास भावनालाई झन् सशक्त पार्न सकिनेछ । हामीले अझ घनिष्ट रूपमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको वरपर एकताबद्ध भएर मेहनतपूर्वक कामगरी सक्दो प्रयासमार्फत चिनियाँ शैलीको आधुनिकीकरणको अझ रङ्गीचङ्गी अध्याय कोर्दै जाने कुरामा पनि उहाँले जोड दिनुभएको छ ।
प्रधानमन्त्री ली छ्याङले सो समारोहको अध्यक्षता गर्नुभयो । चाउ ल ची, वाङ हु निङ, छाइ छी, तिङ स्युए स्याङ, ली सी र हान चङ पनि सो समारोहमा उपस्थित हुनुभएको छ । झन्डै ८ सय चिनियाँ र विदेशी व्यक्तिहरूले भेला भई रमाइलोसाथ जन गणतन्त्र चीनको जन्मदिवसलाई मनाएका छन् ।
“छ्यौ श”पत्रिकामा राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख
यसैबिच अक्टोबर १ तारिख प्रकाशित भएको १९ औँ संस्करणको “छ्यौ श” पत्रिकाले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित गरेको छ । सो लेखको शीर्षक “चीन राष्ट्र समुदायको उत्पन्न र विकास नै मानिसहरूको साझा लक्ष्य, मुख्य प्रवृत्ति र ऐतिहासिक आवश्यकता” रहेको छ । सन् २०२४ को सेप्टेम्बर २७ तारिख राष्ट्राध्यक्ष सीले राष्ट्रिय जातीय एकता र प्रगति पुरस्कार वितरण समारोहलाई गर्नुभएको सम्बोधनको एक भाग हो ।
उक्त लेखमा भनिएको छः यस फराकिलो र रमणीय भूखण्डमा विभिन्न जातिका जनताको एउटै साझा घरबार हो, अनि त्यो चीन हो । उनीहरूको एउटै साझा हैसियत छ, त्यो चीन राष्ट्र नै हो । उनीहरूको एउटै साझा नाम हो कि, ती चिनियाँ हुन् । उनीहरूको एउटै साझा सपना छ, त्यो चीन राष्ट्रको महान पुरूत्थानलाई साकार तुल्याउनु हो ।
Leave a Reply