कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर १८, असोज । नेपाल क्रान्तिकारी किसान सङ्घका अग्रज कार्यकर्ता टेकबहादुर दथेपुथेको सम्मानमा शनिबार श्रद्धाञ्जली सभा भयो ।
टेकबहादुर दथेपुथे नेपाल मजदुर किसान पार्टीको तर्फबाट वि.सं २०४४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन छालिङ वडा नं ४ मा निर्वाचित सदस्य हुनुहुन्थ्यो । उहाँको असोज ६ गते निधन भयो ।
श्रद्धाञ्जली सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले देश र जनताको सेवामा लाग्नुहुने मानिसको भौतिक शरिर संसारमा नभए पनि जनताको मनमस्तिष्कमा उहाँहरूको सम्झना रहिरहने बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरू नापीको समयमा जग्गाको मोही महलमा जोताहा किसानको नाम लेखाउन सङ्घर्ष गरेकै कारण आज किसानहरूको मोहियानी हक सुरक्षित भएको बताउँदै उक्त सङ्घर्षमा टेकबहादुर दथेपुथेको उल्लेखनीय योगदान रहेको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “काङ्ग्रेस, एमाले, माओवादी, राप्रपालगायतका शासक पार्टीहरू किसानविरोधी हुन् । यी शासक पार्टीहरूले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने पहल कहिल्यै गरेनन्† किसानको नाममा जमिन रैतानी गर्न आनाकानी गरे । यस्ता पार्टीलाई निर्वाचनमा जनताले पाखा लगाउनु जरुरी छ ।”
उहाँले शोषणमा आधारित पुँजीवादी व्यवस्थालाई अन्त्य नगरिएसम्म जनताले सुख नपाउने स्पष्ट पार्दै समाजवाद स्थापना गर्ने बाटोमा लाग्नु नै अग्रज कार्यकर्ता दथेपुथेप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टीका अग्रज कार्यकर्ता टेकबहादुर बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हकलगायत पार्टीले आयोजना गरेका हरेक आन्दोलनमा कसैको डर, धम्कीमा नझुकी निरन्तर लाग्नुभएका निडर, अनुशासित, इमानदार कार्यकर्ता हुनुहुन्थ्यो भन्नुभयो ।
छालिङमा गणेश मावि स्थापना गर्न दिवङ्गत दथेपुथेले अहम् भूमिका निर्वाह गर्नुभएको चर्चा गर्दै उहाँले काङ्ग्रेस, एमालेले गरेको देशघाती महाकाली सन्धिविरुद्धको आन्दोलन, एमसीसी, नागरिकता विधेयकलगायतका देशघाती सम्झौता र कानुनविरुद्धको आन्दोलनमा पनि सहभागी भएर देश र जनताको पक्षमा उभिनुभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अग्रज कार्यकर्ता टेकबहादुर दथेपुथे गाउँ, टोलको विकास निर्माण, संस्कृति जोगाउने अभियानमा पनि लाग्नुभएको थियो । सरल स्वभावका इमानदार कार्यकर्ता दथेपुथेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको शोकलाई शक्तिमा बदलेर समाजवादी आन्दोलन अघि बढाउन हामी जुट्नुपर्छ ।”
नेपाल मजदुर किसान पार्टी छालिङका सूर्यबहादुर फोजूको सभापतित्वमा सम्पन्न उक्त श्रद्धाञ्जली सभामा अग्रज कार्यकर्ता कृष्णभक्त फोजू, बलबहादुर दथेपुथे, नेक्रायुसङ्घका मिनबहादुर बाटालगायतले दिवङ्गत दथेपुथेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
Leave a Reply