भर्खरै :

घरदैलो स्वास्थ्य सेवाः ल्हासामा लोकप्रिय सेवा

– डा। रत्नसुन्दर लासिवा
हालसालै अर्थात् २०७४ साल वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सम्पूर्ण पदमा विजय हासिल गरे । निर्वाचनका उम्मेदवारहरूले जीत भएका खण्डमा नगरबासीको हितका साथै सम्पूर्ण राष्ट्रकै गौरवको निम्ति कार्य गर्ने प्रतिबद्धता निर्वाचन घोषणपत्रमा उल्लेख गरेका थिए ।
त्यसअन्तर्गत स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पनि उल्लेख थिए । आफूले प्रतिबद्धता जाहेर गरेपछि प्रतिबद्धता पूरा गर्नु सम्पूर्ण व्यक्ति, समुदाय, राजनीतिक पार्टीहरू तथा राष्ट्रको नैतिक जिम्मेवारी हो । सोही प्रतिबद्धताअनुरुप नेपाल मजदुर किसान पार्टीबाट नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूले भक्तपुर नगरपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरूको स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने ध्येयले नेपालमै पहिलोपटक स्थानीय तहले स्टार्फ नर्स स्वास्थ्यकर्मी जनताको सेवामा घरदैलो पठाएको छ । यद्यपी सुरुवात भक्तपुर नगरपालिकाको तीन वटा वडाहरू ३,४ तथा ६ मा परीक्षणको रुपमा २०७४ साल भदौ १२ गते भएको थियो । जुन दिन भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सय दिन पुगेको अवसर थियो ।
ती वडाहरूमा परिचालित स्टार्फ नर्सहरू स्थानीय समाजसेवी एवं जनताको सकारात्मक पृष्ठपोषण वा प्रतिक्रियापछि भक्तपुर नगरपालिकाले भक्तपुर नगरका १० वटै वडाहरूमा स्टार्फ नर्समार्फत २०७४ साल चैत २५ गतेदेखि घरदैलो स्वास्थ्य सेवा सुरु गरिएको छ । हाललाई घरदैलो सेवामा विशेषगरी जेष्ठ नागरिक, महिला, बालबालिका तथा अशक्त अपाङ्गहरूलाई लक्षित गरिएको छ । तर भविष्यमा ती सेवा विस्तार हुँदै जाने र नगरबासीहरूको स्वास्थ्यमा गुणात्मक परिवर्तन हुने अपेक्षा गर्नसकिन्छ ।
यस सन्दर्भलाई हामीले हाम्रो छिमेकी राष्ट्र जनवादी गणतन्त्र चीनले स्वशासित क्षेत्र तिब्बतको ल्हासामा सञ्चालनमा रहेको घरदैलो स्वास्थ्य सेवालाई जोड्न सकिन्छ । ल्हासाका बासिन्दाले आफ्नो स्वास्थ्यमा कुनै अप्ठ्यारो महसुस हुनेबित्तिकै स्वास्थ्य टोलीलाई खबर गर्छन् र स्वास्थ्य टोली सम्बन्धित नागरिकको घरमा गएर उपचार गर्छन् । यस्तो उपचारमा त्यहाँ विभिन्न दशथरी स्वास्थ्य सेवा निःशुल्क गरिएका छन् । ती सेवाहरू मधुमेह (Diabetes), उच्च रक्तचाप (Hypertension), बालबालिका तथा महिला स्वास्थ्य, साठी वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूमा रेन्डीत हुन् ।
घरदैलो स्वास्थ्य कार्यक्रमले त्यहाँका जनताको रोगका शीघ्र पहिचान उपचार तथा समयमै अन्य स्वास्थ्य संस्थामा पु¥याउने कार्यलाई ठूलो टेवा पुगेको छ । ल्हासाको घरदैलो स्वास्थ्य सेवामा दुईवटा प्रणाली अपनाइएको छ । पहिलो, आधारभूत स्वास्थ्य परीक्षणर स्वास्थ्यसम्बन्धी तथ्याङ्क राख्ने र व्यवस्थापन गर्ने, स्वास्थ्य शिक्षा प्रदान गर्ने रोगको रोकथामका उपायहरू अपनाउने, खोप सुनिश्चित गर्ने बालबालिका तथा गर्भवती महिलाहरूको सुपरीवेक्षण जेष्ठ नागरिकको सेवामा जोड दिइएको छ ।
दोश्रोमा सक्नेसँग केही शुल्क उठाएर घरदैलोमै स्वास्थ्यसेवा पु¥याउने गरिएको छ । यो घरदैलो सेवालाई ल्हासामा विभिन्न प्रचार माध्यम र पर्चा, पम्पलेट, ब्रोसर वितरण तथा घरदैलोमार्फत प्रवद्र्धन गरिएको छ ।
तिब्बतको यो व्यवस्था साँच्चै राम्रो स्वास्थ्यको प्रभावकारी पहरेदारको गरिएको छ ।
उसो त जनवादी गणतन्त्र चीनले सुरु गरेको “Bare foot doctor” को नीतिले पनि स्वास्थ्यमा आमूल परिवर्तन ल्याएको इतिहासलाई विश्वले बिर्सेको छैन ।
नेपाली भूमिमा भक्तपुर नगरपालिकाले सुरु गरेको घरढैलो नर्सिङ्ग सेवा पनि सबैको लागि “कोशेढुङ्गा” सावित हुनेछ भन्नेमा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *