भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
बर्दिया, २६ असोज । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा बारबर्दिया नगरपालिका वडा नं. १० बैदीका थारु किसान र महिलाबिच राजनैतिक प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पुँजीवादी व्यवस्थामा कामदार जनताले रगत पसिना बगाउँदा पनि आप्mनो श्रमको मूल्य नपाउने र पुँजी, शक्ति र पहुँचको आधारमा धनी वर्गले शोषण र दमन गरिरहने बताउनुभयो । फरक भूगोल, फरक जाति, भाषा र धर्म संस्कृति भए पनि कामगरी खाने किसान मजदुरहरूको समस्या एउटै हुने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्थामा मात्र श्रमको उचित सम्मान हुने र व्यक्तित्व विकासमा समान अवसर हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “समाजवादी व्यवस्था सपनाको कथा होइन, सोभियत सङ्घ, चीन, क्युवा, प्रजग कोरियालगायतका क्रान्तिकारी जनताले बलिदानीपूर्ण सङ्घर्षबाट समाजवाद स्थापना गर्दै सम्मानपूर्वक जीवन जिउन पाएका छन् ।”
पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर बासीले आन्दोलन स्वतःस्पूmर्त भएको जस्तो देखिए पनि नेतृत्वले यसका लागि लामो गृहकार्य गर्ने बताउनुभयो । उहाँले सही विचारबाट निर्देशित नहुँदा आन्दोलनले प्रतिगामी परिणाम दिनसक्ने उदाहरण दिनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य कृष्णप्रसाद धन्छाले नयाँ पुस्तालाई सानै उमेरदेखि असल राजनैतिक संस्कार सिकाउनुपर्ने र देश र समाजको हितमा समर्पित हुने भावना विकास गराउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय मञ्जु चौधरीले नेपालको हावापानी अनुकूल, माटो मलिलो र किसानहरू मेहनती भएर पनि सरकारले समयमा मल, उन्नत बीउ बिजन र सिँचाइको व्यवस्था नगर्दा उत्पादनमा कमी आइरहेको चर्चा गर्दै शासक दलहरूले बहुमत गरिब जनताको आवाज कहिल्यै सुन्न चाहँदैन भन्नुभयो । उहाँले परिवर्तनका लागि जनता एकजुट हुनुको विकल्प नभएको प्रस्ट पार्नुभयो ।
Leave a Reply