अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
नेमकिपाका कार्यकर्ताहरूले संसारका देशभक्त र क्रान्तिकारीहरूको जीवन अध्ययन गरेर आफ्नो राजनीतिक उचाइ बढाउनु आवश्यक छ । पुँजीवादी सरकारबाट देश र जनताको निःस्वार्थरूपमा सेवा नहुने यथार्थबारे नेपाल मजदुर किसान पार्टी स्पष्ट छ ।
नेमकिपाले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नुलाई राजनीति ठानेको छ । शासक दलहरूले कार्यकर्ताहरूलाई पद र पैसाको लागि राजनीतिमा लगाए । नेमकिपाका कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीति जीवनभर गर्ने प्रतिवद्धता गर्नु आवश्यक हुन्छ । व्यक्तिगत स्वार्थको लागि नेमकिपाको राजनीति छाडेर शासक दलहरूको पुँजीवादी शासक दलमा लाग्नेहरू अवसरवादी हुन् । अवसरवादीहरू पुँजीवादी पार्टीहरूमा लाग्दैमा नेमकिपाका कार्यकर्ताहरू निराशा हुनु आवश्यक छैन । पुँजीवादी शासक दलहरूको देश र जनताविरोधी कामलाई सर्वसाधारण जनताले एकदिन बुभ्mने छन् । नेमकिपाले दिएको सुझावलाई शासक दलहरूले बेवास्ता गरेको हुँदा देशमा अहिलेको सङ्कट उत्पन्न भएको हो ।
सार्वजनिक सम्पत्ति आगो लगाउने होइन, संरक्षण गर्ने हो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरूलाई जेल थुन्ने हो । ठुला भ्रष्टाचारीहरूलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था गर्ने हो । यो व्यवस्था संविधानमा राख्नु जरुरी छ । २०४६ साल अगाडि ठुला भ्रष्टाचारी र मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था थियो । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि सरकारमा गएका नेका, एमालेलगायतले मृत्युदण्डको सजाय खारेज गरेको हुँदा ठुला भ्रष्टाचारीहरूको मनोबल बढेको हो । भ्रष्टाचारीहरूबाट सहयोग उठाएर निर्वाचनमा धेरै स्थान जितेका शासक दलहरू सर्वसाधारण जनताका पार्टी हुन सक्दैनन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठले नेपाली काङ्ग्रेस विदेशी पुँजीको सेवा गर्ने पार्टी बताउनुभएको थियो । २०४६ सालयता एमाले पुँजीवादी सरकारमा गएर नेकाको बाटोमा हिँड्यो; दस वर्ष सशस्त्र द्वन्द्व गरेको माओवादीसमेत २०६३ सालयता नेका र एमालेको पुँजीवादकै पिछलग्गू भएर विदेशी पुँजीको सेवामा लाग्यो । पँुजीवादी सरकारमा गएका सबै पार्टीहरू नामले फरक भए पनि काम एउटै भयो । आर्थिक र विदेश मामिला एउटै भएका पार्टीहरूको फरक अस्तित्व जरुरी छैन ।
नेका, एमाले, माओवादीलगायतका शासक दलहरू पटक–पटक सरकारमा पुगे । तिनका ५–७ जना नेता प्रधानमन्त्री भए भने ५–७ सय कार्यकर्ता मन्त्री भए । ती सबै सरकार र मन्त्रीहरूले नेपालको कृषिलाई कमजोर पारी दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट आयात गरी विदेशी पुँजीको सेवा गरे । लाखौँ नेपाली युवालाई स्वदेशमा रोजागारी दिनुको साटो वैदेशिक रोजगारीको नाममा विदेशको पुँजीको सेवामा पठाए । राणा शासकहरूले सन् १८१६ को सुगौली सन्धिपछि नेपाली युवालाई बेलायती सेनामा पठाएर कमिसन खाएका थिए । नेका, एमाले, माओवादीलगायत शासक दलहरूले नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर कमिसन कुम्ल्याउँंदै छन् ।
नयाँ पुस्ताका युवाहरूको भदौ २३ र २४ गतेको सडक प्रदर्शनमा घुसपैठ हुँदा संसद् भवन, सिंहदरबार, सर्वाेच्च अदालतको भवनलगायत देशभरि ५ सत्न्दा बढी प्रहरी चौकीसमेत आगजनीमा प¥यो । यो विध्वंस गर्ने र गराउनेहरू को को हुन्, उनीहरूमाथि कारबाही हुनु जरुरी छ । युवाहरूले उठाएको भ्रष्टाचार शून्य नेपाल बनाउन उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरणको संवैधानिक व्यवस्था जरुरी छ । यो राजनीतिबारे युवाहरू सचेत हुनु आवश्यक छ । नेमकिपाका कार्यकताहरूले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया तथा साहित्य सम्मेलनमार्फत सर्वसाधारण जनताको राजनीतिकरूपले सचेत पार्ने काम गर्दै आएको छ । यसलाई आगामी दिनमा पनि चालु राख्नु आवश्यक छ ।
नेपालजतिको भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण गर्ने शैक्षिक अभियान अघि बढाएको छ । भक्तपुर नगरपालिकामा निर्वाचित नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूले २०५६ सालयता ख्वप कलेजहरू सञ्चालन गरेर ७७ जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर दिनुभएको छ । ख्वप विश्वविद्यालयको विधेयक पारित भए भक्तपुर नगरपालिकाले देशभरिका जनताको थप सेवा गर्नेछ ।
नेमकिपाका कार्यकर्ताहरूले संसारका देशभक्त र क्रान्तिकारीहरूको जीवन अध्ययन गरेर आफ्नो राजनीतिक उचाइ बढाउनु आवश्यक छ । पुँजीवादी सरकारबाट देश र जनताको निःस्वार्थरूपमा सेवा नहुने यथार्थबारे नेपाल मजदुर किसान पार्टी स्पष्ट छ ।
देश र जनताको हितको लागि राजनीति नगर्नेहरूको कारण देशमा सङ्कट बढ्को हो
नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापनाकालदेखि नै अराजकतावादको विरोध गर्दै आएको छ । व्यापक जनतालाई राजनीतिक रूपले शिक्षित र सचेत पार्ने गा¥हो काममा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू लाग्नु जरुरी छ । जनतालाई सचेत नपारी गरिने आन्दोलन विनाशमा टुङ्गिनेबारे नेमकिपा स्पष्ट छ ।
नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक दलहरूले विदेशी पुँजीको सेवा गरेको हुँदा देशको अर्थतन्त्र कमजोर हुँदै आएको र साम्राज्यवादी र विस्तारवादीहरूको हस्तक्षेप बढ्दै आएको हो । शासक दलका नेताहरूले सिद्धान्त र नैतिकताभन्दा पनि पैसा र पदको लोभ देखाएर पार्टी सङ्गठन बढाएको हुँदा तिनका कार्यकर्ताहरूसमेत भ्रष्टाचार र कमिसनमा लागेका हुन् ।
देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्ने नेपाल मजदुर किसान पार्टीको सिद्धान्त छोडेर पद र पैसाको लोभमा शासक दलहरूमा लागेकाहरू विश्वासघाती नै हुन् । नेपाल मजदुर किसान पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्नेतर्फ सबै कार्यकर्ताहरू सचेत हुनु जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले २०८२ असोज २१ गते मङ्गलबार नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिको आयोजनामा जुम्लाको खलङ्गा बजारमा सम्पन्न कार्यकर्ता प्रशिक्षण कार्यक्रममा र २०८२ असोज २५ गते शनिबार नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा राकम कर्णालीमा सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलामा राख्नु भएको विचारको सारः सं)
Leave a Reply