बेदकोटमा मुक्त कमैयाहरूको भेला एवं प्रशिक्षण
- आश्विन २८, २०८२
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नियमित खोप सुदृढीकरण, पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा सूक्ष्म योजना अद्यावधिक सरसफाइ प्रवद्र्धन कार्यक्रमसम्बन्धी सूक्ष्म योजना तर्जुमा कार्यक्रम मङ्गलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नागरिकहरूलाई स्वस्थ बनाउने पहिलो चरण नै पूर्ण खोप सुनिश्चितता भएको बताउँदै कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने ढङ्गले काम गर्न प्रेरित गर्नुभयो ।
राज्यले बालबालिकालाई स्वस्थ राख्न विभिन्न रोगविरुद्ध खोप अनिवार्य गर्दै सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको हुँदा राज्यको लगानी सही सदुपयोग गर्न स्वास्थ्यकर्मीहरू लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले आ.व. २०८१/८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूबारे जानकारी दिँदै भक्तपुर नपाले व्यवस्थित ढङ्गले खोप कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
त्यस्तै एम.सी. एच. क्लिनिक भक्तपुर अस्पतालका जमुना काफ्ले, भक्तपुर नगरपालिकाका कमलकेशरी राजचल, ख्वप अस्पतालका रविना सुवाल र नगर स्वास्थ्य केन्द्र तचपालका कृष्णशोभा मिलापतिलगायतले आ.व. २०८१/८२ को खोप कार्यक्रमको प्रगतिबारे जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा भक्तपुर नपा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्नुभयो ।
Leave a Reply