कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
कञ्चनपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टी बेलौरी नगर समितिको आयोजनामा कञ्चनपुर जिल्लाको भारतीय सीमा जोडिएको बैशाखी गाउँका युवा–विद्यार्थी तथा किसानहरूबिच समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । स्थानीय चौतारीमा खुलारूपमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले वर्तमान पुँजीवादी राज्य व्यवस्थाको भ्रष्टाचार, नातावाद र विकृतिविरुद्ध युवा पुस्ताले विद्रोह गरे पनि राजनैतिक विचार र सही नेतृत्वबिना गरिँदा अहिले स्वार्थ समूहहरूको चलखेल बढेको बताउनुभयो ।
उहाँले सबै विद्रोह क्रान्ति नहुने चर्चा गर्दै साम्राज्यवादी शक्तिहरूले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमार्फत रङ्गीन क्रान्तिको नाममा विभिन्न देशहरूमा सत्ता परिवर्तन गरेर आफ्नो अनुकूलको कठपुतली सरकार बनाइरहेको दृष्टान्तबारे बताउनुभयो । एनजीओ आइएनजीओहरूले डलरको प्रलोभनमा स्थानीय युवा तथा राजनैतिक दलका कार्यकर्ताहरूलाई मतिभ्रष्ट र देशलाई परनिर्भर बनाइरहेको उहाँको तर्क थियो ।
पार्टीका अर्का केन्द्रीय सदस्य रमेशकुमार रावलले पुँजीवादी व्यवस्थामा आर्थिक असमानताकै कारण विद्रोह जन्मिने उल्लेख गर्दै कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य शैलेश डंगोलले नयाँ पुस्तालाई असल राजनैतिक संस्कार दिनुपर्ने बताउनुभयो ।
पार्टीका कटकबहादुर शाहीले नेमकिपा गरिब जनताको पार्टी भएको चर्चा गर्दै यो पार्टीले नागरिकलाई इमानदार, देशभक्त र जनताको वास्तविक साथी बन्न सिकाइरहेको बताउनुभयो ।
Leave a Reply