कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
बाँके, २९ असोज । नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा बुधबार कोहलपुरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा लुम्बिनी प्रदेश समिति संयोजक हरिसुन्दर बासीले व्यापक कामदार जनतालाई सचेत र सङ्गठित बनाउन नेमकिपाले अथक र अनवरत सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
नयाँ पुस्तालाई वर्गीय र देशभक्तिपूर्ण राजनीतिबाट बिमुख गराएको कारण जेन–जीलाई मानव ढाल बनाएर संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नेपालमा विध्वंस मच्चाएको चर्चा गर्दै संयोजक बासीले सचेत कामदार जनताले मात्र देश जोगाउन सक्छन् भन्नुभयो ।
ल्याटिन अमेरिकामा जस्तै एनजीओ र आईएनजीओमार्फत साम्राज्यवादीहरूले नेपाली जनतालाई दिग्भ्रमित पारी परनिर्भर बनाएको उल्लेख गर्दै संयोजक बासीले कामदारवर्गको हुकुम चल्ने समाजवादी व्यवस्था स्थापना गर्न सैद्धान्तिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश सदस्य मन्जु थारूले क्रान्तिकारी भूमिसुधार लागु नगर्दासम्म जोताहा किसानहरूको समस्या समाधान हुँदैन भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश सदस्य हरिप्रसाद बासुकलाले नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले जनतालाई दिएको वचनअनुसार काम गरेको स्पष्ट पार्दै शासक दलहरूले पनि जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको भए देशमा विध्वंस मच्ने थिएन भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश सदस्य नाति ह्योम्बाले चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थाको कारण तिब्बती जनताको उत्पादन र जीवनस्तर बढेको बताउनुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश सदस्य अनिल श्रेष्ठले भदौ २४ गते कमजोर सुरक्षा व्यवस्था अपनाएर षड्यन्त्र गरेको बताउनुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश सदस्य नारायणी चौधरीले वैदेशिक हस्तक्षेप रोक्न महिलाहरू राजनीतिक रूपमा जागरूक हुनुपर्छ भन्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष बखत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरीकान्त आचार्य, नवीन शाही, अन्जिरबहादुर शाही, शेरबहादुर बिक, वीरबहादुर चौधरी र भावनासिंह ठकुरीले पनि बोल्नुभएको थियो ।
Leave a Reply