परीक्षामा ‘ए’ प्लसभन्दा जीवनलाई ‘ए’ प्लस बनाउनु जरुरी
- जेष्ठ १०, २०८३
भक्तपुर, १ कार्तिक । “देशका ज्येष्ठ नागरिकहरूको हेरचाह र संरक्षण गर्नु राज्यको दायित्व हो । भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकको सेवाको निम्ति आदर निकेतन खोल्न लागेको हो । यो निर्वाचनको बेला घोषणापत्रमार्फत जनताबिच गरेका प्रतिबद्धता कार्यान्वयनको सिलसिला हो ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्येष्ठ नागरिक हेरचाहसम्बन्धी शनिबार सुरू भएको तालिमको उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
पुँजीवादी समाजमा गरिब जनताको जीवनको मूल्य नहुने धारणा राख्दै प्रमुख प्रजापतिले समाजवादमा मात्र सम्पूर्ण जनताले समान ढङ्गले बाँच्न पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले छोराछोरी विदेशमा छन् । घरमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने कोही छैन । धेरैले दुःख पाइरहेका छन् । भक्तपुर नगरपालिकाले त्यस्ता ज्येष्ठ नागरिकहरूलाई सहज जीवन बिताउने वातावरण निर्माण गर्ने कोसिस गरिरहेको छ ।”
ज्येष्ठ नागरिकको सेवा गर्नु ठुलो धर्म हो भन्दै उहाँले तालिममा सहभागी सबैलाई सेवामा समर्पित भएर काम गर्ने उत्साहका साथ सहभागी हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा भनपा ६ नं. वडाका वडाध्यक्ष हरिराम सुवालले जन्मदेखि मृत्युसम्मको जिम्मेवारी लिने व्यवस्था समाजवाद भएकोले भनपाले क्रमशः त्यस दिशातर्फ काम गरिरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षक सुन्दर सुवालले तालिमको बेला प्रशिक्षार्थीहरूले पालना गर्नुपर्ने अनुशासनका विषयहरूबारे जानकारी दिनुभयो ।
नगरपालिकाको सूचनाको आधारमा निवेदकहरूमध्ये २८ जनालाई अन्तर्वार्ताबाट छानिएको थियो । तालिममा सैद्धान्तिक र व्यवहारिक कक्षाहरू सञ्चालन हुनेछ । तालिम १० दिनसम्म चल्नेछ ।
Leave a Reply