चे, फिडेलको संस्मरणमा – १३
- कार्तिक ६, २०८२
कुनै पनि देशको विकास र त्यहाँको समाजको गतिविधिको मापन उक्त देशको राजनैतिक नीतिमा निर्भर हुन्छ । देशलाई सही दिशानिर्देश गर्ने सिद्धान्त तथा इमानदार र दत्तचित राजनीतिक नेताहरूको पहलले देशको विकास (भौतिक/सामाजिक) अवश्यम्भावी छ भन्दा अतिसयुक्ति नहोला । समाजवादी व्यवस्थाबाट साम्यवादतर्फ उन्मुख हुन सकेमात्र देशको दिगो विकासको सुनिश्चित हुन्छ । यसको लागि आफूभन्दा पहिले अरुलाई बनाउनु जरुरी हुन्छ भन्ने भावना राख्नुपर्दछ ।
यस्तै समाजवादी व्यवस्था, समाज उत्थानका काम तथा भौतिक–सामाजिक विकासतर्फ लम्किरहेको चीनको शिचाङ (तिब्बत) को एक सहर हो ‘शाननान’ । यो सहर यालोङ्ग नदी किनाराको तिब्बती पठारमा अवस्थित छ । भक्तपुर नगर र भगिनी सहर शाननान हजारौँ पर्वत र नदीबाट छुट्टिएका छन् । तथापि, भगिनी सम्बन्ध स्थापित भइसकेपछि दुई सहर सांस्कृतिक, व्यापारिक, स्वास्थ्य र पर्यटनजस्तो क्षेत्रमा एक आपसमा नजिकिँदै गएको छ । अब विचार र अनुभव आदानप्रदानबाट दुई सहरबिचको सुदृढ हुँदै गएको महसुस हुन्छ ।
सन् २०२५ नेपाल र चीनबिच कूटनीतिक सम्बन्धको ७० वर्ष र भक्तपुर नगर र शाननान सहरबिचको भगिनी सम्बन्धको नवौँ वर्ष हो । यालोङ्ग यस स्थानको महत्वपूर्ण नदी हो । तिब्बतको यालोङ्ग नदी भारत र बङ्गलादेश पुगेपछि ब्रह्मपुत्र नदीको नामले चिनिन्छ । यही वर्ष यालोङ्ग सांस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरी भगिनी सहरबिचको सम्बन्ध नवीकरण/स्वास्थ्य उपकरण सहायता सामग्री हस्तान्तरण गर्ने कार्यक्रमका लागि भक्तपुर नगरपालिकाका प्रतिनिधिमण्डललाई आमन्त्रण गरिएको थियो । यस निमन्त्रणालाई सार्थकता दिन भक्तपुर नगरपालिका कार्यपालिकाबाट उपप्रमुखको नेतृत्वमा आठ सदस्यीय टोली शाननानमा आयोजित उक्त महोत्सवमा भाग लिने निर्णय भएको थियो । सो टोली असोज ३ गते शाननान सहरको लागि काठमाडौँबाट प्रस्थान गर्यो ।
ल्हासा विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा आकाशबाट देखिएको शाननान सहर अत्यन्तै व्यवस्थित देखियो । विमानस्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा अन्य कुराहरू पनि व्यवस्थित देखियो । विमानस्थलको आगमन कक्षमा शाननान सहरका विदेश विभाग निर्देशक सि लुओ (Xi Luo), विदेश विभाग अधिकृत अउ चु माऊ चिङ्ग (Ou Zhee zing) लगायतका प्रतिनिधिहरूबाट हाम्रो टोलीको आत्मीय र भव्य स्वागत भयो । भक्तपुर नगरको भगिनी सम्बन्ध रहेको सहर शाननान सहर र शिचाङको (तिब्बत) राजधानी ल्हासाको पाँचदिने भ्रमण र विभिन्न उद्योग/कृषि/विद्यालय/अस्पतालको अवलोकनको अवसरमा प्राप्त विभिन्न जानकारीबाट चीन समाजवादी सिद्धान्तका आधारमा साम्यवादउन्मुख देशको रूपमा अघि बढेको देश हो कि भन्ने महसुस हुन्छ । किनभने भक्तपुरमा राजनैतिक सचेतनाका कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्षलगायतका अग्रज नेताहरूबाट समाजवादी व्यवस्थाका सिद्धान्तबारे कक्षा सञ्चालन हुँदा व्यक्त विचारलाई समाजवादी व्यवस्थाको कल्पनामा मात्र हुने तर त्यस्तो व्यवस्थाबारे कमै मात्र अनुभूत हुन्थ्यो । यस ठाउँको अवलोकन भ्रमणबाट समाजवादी बन्दोबस्तको हामीले प्रत्यक्ष अनुभव गर्न पायौँ । यसका केही उदाहरणहरूको बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ :
उत्पादनका साधनहरू राज्यको स्वामित्व हुनुपर्ने
शाननान जाने क्रममा समुद्री सतहबारे ३७५० मि. उचाइमा रहेको Dwarf स्याउ बगैँचा भ्रमण गर्दा स्याउ खेतीको लागि सरकारको ६० प्रतिशत लगानी र ४० प्रतिशत निजी लगानीमा सञ्चालित रहेको जानकारी पायौंँ । सरकार र निजी दुवैको अपनत्व, मेहनतमा प्रतिबोट (सानो जातको) मा नै १५ किलोसम्म स्याउ फल्ने जानकारी पायौँ । चीनमा भूमिको स्वामित्व राज्यअन्तर्गत रहेको सिद्धान्त राज्यअन्तर्गत नहुनुपर्ने थियो । सोहीअनुरूप सबैजसो उद्योग, कलकारखान सञ्चालन सरकारी स्वामित्वको जग्गामा नै हुने गरेको छ । दोस्रो दिन कुखुरापालन र अण्डा उत्पादन कारखाना भ्रमण गर्दा पनि सरकारी जग्गामा सरकारको ६० प्रतिशत लगानीमा दैनिक लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको र त्यहाँबाट चीनको भित्री वा मुख्य भूभागमा (Main Land China) समेत निर्यात भइरहेको जानकारी प्राप्त ग¥यौँ ।
तेस्रो दिन अङ्गुर खेती र वाइन (Wine) उत्पादन केन्द्रको अवलोकन भ्रमण ग¥यौँ । खोलाको बगरमा गरिएको धष्लभ खेतीको उत्पादन राम्रो र आकर्षक देखिन्थ्यो । उक्त अङ्गुर खेतीमध्ये विश्वकै अग्लो भागमा खेती गरिएको कारण यस बागबानी गिनीज वल्र्ड रेकर्डमा सूचिकृत रहेको जानकारी पायौँ । उक्त बागबानीको केही माथि अङ्गुरको वाइन उत्पादन केन्द्र स्थापना गरिएको र यहाँबाट उत्पादित Wine चीनका अन्य प्रान्तमा समेत बिक्री वितरण हुने साथै यस कम्पनीमा पनि सरकारको ४० प्रतिशत लगानी र ६० प्रतिशत कम्पनीको लगानीमा सञ्चालन भइरहेको जानकारी पायौँ । यसरी सबै उत्पादनमा राज्यको लगानी भइरहेको जानकारी पायौँ ।
वाइन उद्योगबाट अक्सिजन उत्पादन गर्ने विभिन्न किसिमका आधुनिक विद्युतीय उपकरण उत्पादन गर्ने ठाउँको अवलोकन भ्रमण गयौँ । तिब्बत सिचाङ क्षेत्रको उचाइ ३५०० मि. भन्दा माथि (High attitude) पर्ने भएकोले मानिसलाई अक्सिजनको कमी भइरहने भएको कारणले यो कम्पनी स्थापना भएको बुझिन्छ । यो कम्पनी पनि सरकारी कम्पनीको साझेदारीमा सञ्चालन भइरहेको जानकारी पायौँ भने यहाँका कर्मचारीहरूको लागि जनशक्ति मैत्री वातावरणयुक्त पुस्तकालय, भवनभित्रको हरियाली बगैँचासहितको खेलकुद कक्ष तथा चमेनागृहको व्यवस्था रहेको कारण यो उद्योग श्रमिकमैत्री भएको पायौँ ।
त्यसपछि Quinje countey आधुनिक हरित गृह (Greenhouse Farming), कृषि उत्पादन केन्द्रको पनि अवलोकन गयौँ । यो केन्द्र पनि सरकार र निजी कम्पनीको लागत साझेदारीमा सञ्चालित रहेको पायौँ । यस हरितगृह अत्याधुनिक (High tech) र सोहीअनुरूपको थोपा सिँचाइको (Drip Irrigations) व्यवस्था गरिएको थियो । उक्त हरित गृहबाट उत्पादित सलादको रूपमा प्रयोग हुने विभिन्न किसिम र रङ्गको गोलभेंडा, काँक्रोलगायत तरकारी, सागसब्जी र फलफूलहरूको माग स्थानीय बजारमा उच्च रहेको जानकारी प्राप्त भयो ।
यस प्रकारले शाननान सहरको भ्रमणको क्रममा यस सहर कृषिमा आत्मनिर्भर रहन थालेको र केही उत्पादनहरू भित्री चीन वा मुख्त्ूमि (Inland China) र छिमेकी देशहरूमा पनि निर्यात हुन थालेको जानकारी पायौँ ।
शाननान सहर सिचाङ (तिब्बत) प्रान्तलगायतका क्षेत्रमा चिनियाँ सरकारले विकासका पूर्वाधारहरूको निर्माण र उद्योगधन्दाको विकास गर्दा वातावरणीय पक्षलाई अति महत्व दिएको पाइन्छ । जस्तै : अङ्गुर खेती भ्रमण गर्ने क्रममा यार्लुङ्ग नदी (ब्रह्मपुत्र) नदीपारि सिमेन्ट कारखाना देख्यौँ, उहाँहरूको भनाइअनुसार चीनको नीतिअनुसार त्यहाँको प्रकृति र वातावरणको सुरक्षा गर्न उक्त सिमेन्ट कारखानाले प्रयोग गर्ने आवश्यक माटो अगाडि प्रयोग गर्नको लागि पहाड फोडेर निकालिएकोमा हाल त्यस कार्यलाई रोकेर आवश्यक कच्चा पदार्थ अन्य स्थानबाट ल्याई सिमेन्ट उत्पादन भइरहेको जानकारी पायौँ । यसबाट चीन सरकारलगायत शाननान सहरको स्थानीय सरकार पनि प्रकृति र वातावरण जोगाउने कार्यमा सचेत र संवेदनशील रहेको पायौँ ।
समाजवादी देशले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका लागि व्यवस्था गरिएको हुन्छ । भ्रमणको तेस्रो दिन शाननान सहरको एक उच्च मावि Second Senior High School अवलोकन गर्ने अवसर मिल्यो । सिचाङ (तिब्बत) क्षेत्र शिक्षामा चीनका अन्य प्रान्तहरूमा जस्तै विस्तार र विकास गर्न निःशुल्क र अनिवार्य शिक्षा (उच्च मा.वि.) सम्म लागु गरिएको जानकारी पायौँ । उक्त विद्यालयमा २५०० भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको कक्षा कोठामा स्मार्टबोर्डमा पढाइने र सबै विद्यार्थीहरूको आ–आफ्नै ल्यापटप, ट्याबलेट प्रयोग गर्छन् भन्ने जानकारीे प्राप्त भयो । हामीले सोहीअनुसारको व्यवस्था कक्षाकोठामा देख्यौँ पनि । विद्यार्थीहरूले कक्षा कार्य र गृहकार्य कक्षाकोठामै गर्ने व्यवस्था रहेको पायौँ । सबै विद्यार्थी छात्रावासमा बस्ने व्यवस्थाको साथै खाना र पोशाकको व्यवस्था मिलाइएको र केही रकम पकेट खर्चको व्यवस्था पनि भएको जानकारी प्राप्त भयो ।
त्यसैगरी सिचाङका जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी स्वच्छ वातावरण, व्यायाम, स्वाथ्यवद्र्धक ताजा भोजनलाई महत्वका साथ उपलब्ध गराइरहेको र बिरामी परेको अवस्थामा त्यहाँका जनताको उपचारको लागि अत्याधुनिक शाननान पब्लिक अस्पताल खोली सेवा प्रदान गर्दै आएको अवलोकन गर्यौँ । उक्त अस्पताल ६०० शय्याको रहेको, MRI, CT Scan, मुटु रोगसम्बन्धी उपकरणहरूबाट सेवा गर्दै आएको पायौँ । त्यसैगरी बिरामी आफैले अथवा बिरामीको परिवारले कृतिम बुद्धिमत्ता (एआई) मार्फत रजिस्ट्रेसन र सेवासम्बन्धी जानकारी प्राप्त गर्ने व्यवस्था मिलाइएको पायौँ । यस्तो व्यवस्थाले अस्पतालमा मानिसहरूको भीड अत्यन्तै न्यून रहेको पायौँ । यहाँ ५०० जनशक्तिबाट सेवा प्रदान गर्दै आइरहेको र त्यसको एकतिहाइ जनशक्ति चिकित्सकहरू रहेको जानकारी पायौँ । यस अस्पताललाई आर्थिक, भौतिक, विशेषज्ञ सहयोग चीनको आन्हुई प्रान्तबाट प्राप्त भइरहेको जानकारी पायौँ । यो चीनको सबल पक्ष र असल अभ्यासको रूपमा लिन सक्छौँ । यसरी विकसित प्रान्तले कम विकसित प्रान्तलाई माथि उठाउन सहयोग गर्ने नीतिले सन्तुलित विकासमा योगदान पुगेको पायौँ । यसकारणले सिचाङ प्रान्तको हरेक पक्षको विकास तीव्रगतिमा भइरहेको महसुस ग¥यौँ ।
भौतिक पूर्वाधार विकासतर्फ सिचाङ (तिब्बत) तीव्र रूपमा अघि बढिरहेको महसुस गर्न सकिन्छ । हवाईजहाजबाट ल्हासा विमानस्थलमा अवतरण गर्नुअघि माथिबाट शाननान सहरको व्यवस्थित भौतिक संरचना – बाटोघाटो, एक County को पूर्ण संरचना (रङ्गशालासहित), हरेक पहाडको टुप्पोमा विद्युतीय संरचना, केही होचो पहाडमा तल्लो भागबाट पानी सङ्कलन केन्द्रहरूबाट प्रस्ट रूपमा देखिन्छ । यसप्रकारले सिचाङ (तिब्बत) जस्तो सुख्खा पठार क्षेत्रमा समेत वातावरण सुधार गर्न हरियाली व्यवस्था गर्ने कार्य र योजनाहरू तीव्र रूपमा अगाडि बढिरहेको पायौँ ।
ल्हासा एयरपोर्टमा अवतरण गरिसकेपछि भन्सार प्रक्रिया पनि अत्यन्तै व्यवस्थित, सरल तर कडाइका साथ भइरहेको र त्यति धेरै चहल पहल नभएको महसुस भयो । तथापि, एयरपोर्टबाट बाहिर निस्कनेबित्तिकै एयरपोर्टको संरचना अत्याधुनिक र Modern Architecture Style मा निर्मित हालसाल मात्र निर्माण सम्पन्न भएको देखिन्छ ।
एयरपोर्टबाट गन्तव्य जाने क्रममा बाटाहरू चौडा र सुरक्षित, दायाँ बायाँ हरियाली देख्न सकिन्थ्यो र प्राप्त जानकारीअनुसार चीनका सरकारी कर्मचारीहरू वर्षमा एक पटक यस प्रान्तमा यालोङ्ग (ब्रह्मपुत्र) नदी किनारमा रुख रोप्नुपर्ने र समय समयमा आएर आफूले रोपेका रुखहरू बाँचेको हुर्केको छ छैन हेर्न आउनुपर्ने र यस अवसरमा शाननान सहर घुम्न सकिने व्यवस्था गरी आन्तरिक पर्यटन प्रवद्र्धन गरिरहेको पायौँ । जुन अनुसरण गर्न योग्य देखिन्छ ।
समाजको लागि आवश्यक बन्दोबस्तसहितको बस्तीको विकास भइरहेको जानकारी प्राप्त भयो । आधारभूत शिक्षा, कक्षा १२ सम्मको अनिवार्य र निःशुल्क शिक्षा हासिल गर्न सकिएपछि चीनका अन्य प्रान्तहरूमा उच्च शिक्षाको व्यवस्था रहेको जानकारी भयो ।
ल्हासा जाने क्रममा तिब्बतको केन्द्र भएको कारणले चहलपहल शाननान सहरको दाँजोमा बढी देखिएको महसुस भयो । यहाँ पनि बाटाघाटा सफा व्यवस्थित र सहरभित्रै चौडाचौडा बाटा र बिचमा बगैँचा विभिन्न यामका फूलहरूले सजिएको अत्यन्तै रमणीय वातावरण रहेको थियो । हिँड्नेहरूको लागि पनि फराकिला चौडा फुटपाथ र ठाउँ ठाउँमा फूल र हरियाली बोटले अझ सुन्दर बनाएको थियो ।
नगरका घरहरू स्वरूप फरक फरक अर्थमा थियो कि हरेक घर तिब्बतको मौलिकता झल्किएको र सरकारको भवन निर्माण संहिता, मापदण्ड हरेक घर, भवनले पालना गरेको कारणले गर्दा यहाँको चोक, गल्ली बजार अझ विशेष रहेका थिए । जसरी भक्तपुर आउँदा पर्यटकहरूले भक्तपुर फरक र विशेष लाग्छ भन्ने गर्दथे त्यसरी नै ल्हासा सहर हाम्रो लागि विशेष रह्यो ।
सिचाङ (तिब्बत) को सम्पदा र संस्कृतिमा तिब्बतीहरू अत्यन्तै गर्व गर्छन् । हामीले पनि त्यहाँको मौलिक कला, संस्कृति, रीतिरिवाज अवलोकन गर्ने अवसर पायौँ । नेपालका भृकुटीले त्यहाँका ३३ औँ राजा स्रङचङ्ग गम्पोसँग विवाह गरी तिब्बत जाँदा आफूसँगै लगेका शिल्पकार, डकर्मी आदिबाट त्यहाँ भव्य मन्दिर तथा बुद्धको मूर्तिसमेत स्थापना गरेको विश्वास गरिन्छ ।
तिब्बतलाई चिनियाँ सरकारले एक सांस्कृतिक महत्व रहेको सहरका रूपमा प्राथमिकतामा राखेको पायौँ । यार्लोङ्ग महोत्सवमा भक्तपुर नगरपालिकाको सहभागिताले यो महोत्सव अन्तर्राष्ट्रिय महोत्सव बनेकोमा उहाँहरू प्रभावित हुनुभएको थियो । हामीले पनि गर्व महसुस ग¥यौं ।
उपसंहार
मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) को शाननान र ल्हासाको भ्रमणबाट हामीले देशको तीव्र सामाजिक, आर्थिक र भौतिक विकासमा राजनीतिक व्यवस्था वा समाजवादी व्यवस्थाको भूमिका हुने प्रत्यक्ष अनुभव ग¥यौँ । सन्तुलित विकासको लागि समाजवादी बन्दोबस्ती अत्यन्त प्रभावकारी रहेको हामीले बुझ्न पायौँ । प्राकृतिक स्रोत र साधनको उचित सदुपयोग गर्दै पर्यावरणीय प्रभावलाई समेत सन्तुलनमा राखेको पायौँ । दिगो विकासको उपाय पनि राज्यको स्वामित्व र नियन्त्रणमा सञ्चालन हुने विकास निर्माणले नै व्यवस्थित गर्नसक्ने अनुभव गर्ने अवसर प्राप्त भयो । प्राकृतिक विविधता र वैभवताले सुसज्जित नेपालमा संविधानले समाजवादउन्मुख राज्य व्यवस्था हुने गरे तापनि व्यवहारमा लागु हुन नसक्दा देशको सन्तुलित र तीव्र विकासमा बाधा पुगिरहेको हामी सबैले अनुभव गरेकै हौँ ।
केही दशक अगाडिसम्म विकासको लागि सङ्घर्षरत सिचाङ (तिब्बत) ले केही दशकभित्र गरेको विकासको बन्दोबस्तको श्रेय त्यहाँको समाजवादी व्यवस्था नै रहेको प्रस्टसँग बुझ्ने अवसर ६ दिनको यो भ्रमणले हामीलाई प्रदान ग¥यो । यसले हामीलाई इमानदारीका साथ देश र जनताको सेवा गर्ने, सिद्धान्तमा अविचलित रही व्यक्तिगत विकासलाई भन्दा समाज र देशको विकास गरी आफ्नो समेत भलो गर्न उद्देश्यका साथ समाजवादउन्मुख राज्य स्थापनाको लागि सबैको ध्यान जानुपर्ने महसुस भयो । देशका सबै राजनीतिक दल र दलका नेताहरूबाट संविधानको भावनाअनुसार समाजवादउन्मुख राज्य निर्माणको लागि विकास निर्माण, उत्पादन र व्यापार व्यवसायमा समेत राज्यको पहुँच पु¥याई सन्तुलित विकासको लागि आजैदेखि लाग्नुपर्ने देखिन्छ । भगिनी सम्बन्ध भएको चीनको स्वशासित क्षेत्र सिचाङ (तिब्बत) को शाननान सहर र ल्हासा सहरको भ्रमणबाट देश र जनताको इमानदारीपूर्वक सेवा गर्न राजनैतिक प्रणाली, इमानदार नेता, कार्यकर्ता र कर्तव्यनिष्ठ जनता भए देश र समाजको विकास अत्यन्तै तीव्रगतिमा हुने अनुभव भयो । सोको लागि भगिनी सहर शाननान र त्यहाँका जनताप्रति कृतज्ञता व्यक्त गर्दछौँ ।
Leave a Reply