युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
सिरियामा युद्ध त गएको आठ वर्षदेखि जारी नै छ, तर पछिल्ला क्रियाकलाप हेर्दा लाग्छ यहाँ फेरि नयाँ द्वन्द्वको सड्ढेत देखिंदैछ । कतिपय विश्लेषकले त यसलाई अमेरिकाले संरा अमेरिका र पश्चिमा राष्ट्रहरूको सिरियाविरूद्धको छद्म युद्धको असफलता र रूसको रिस सिरियामा पोखेको बताएका छन् ।
यस्तो द्वन्द्वको सुरूवात शनिबारबाटै सुरू भएजस्तो देखिन्छ । शनिबार बिहानैदेखि सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरू भएको छ । अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेको बीबीसीले जनाएको छ । बीबीसीले जनाएअनुसार शनिबार सिरियाको राजधानी सहर दमासकस र यसको वरपरका क्षेत्रमा आक्रमणका आवाज सुनिएका छन् र ती आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका अखडालाई लक्ष्य बनाएको समाचारमा जनाइएको छ ।
सिरियामाथिको आक्रमणले विश्व समुदायमा नयाँ तरङ्ग थपिदिएको छ । यसअघि पनि सिरियामा सैनिक कारबाहीको लागि पटक पटक पहल गरेको अमेरिकालाई रूसको कदमले संयुक्त राष्ट्रसङ्घमा रोकेकोले अवस्थामा यस पटकको आक्रमणले संरा अमेरिका र रूसबीच युद्ध सुरू हुने त होइन भन्ने त्रास विश्वमा फैलिएको छ, परिस्थिति नभन्दै यही रूपमा मोडिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुथ्रेसले पनि सिरियामा पछिल्लो समयमा हात हतियार प्रदर्शनी, तथा युद्धको खतरा बढेको बताउनुभएको थियो ।
यसअघि नै रूसले पनि सिरियामा हतियारको कारबाही हुने हो भने त्यो अमेरिकाको भूल हुने बताएको थियो । उसले आफूले सहयोग गरेको नभएर सिरियामा आतड्ढकारी क्रियाकलाप बढेको बताएको थियो । शनिबार आक्रमणपछिको प्रतिक्रियामा रूसले भनेको छ, हामीले यसको प्रतिक्रिया नदिइ बस्न सक्दैनौं, समयमै जवाफ दिनेछौं । तर त्यो जवाफ के र कस्तो प्रकारको हो भन्ने बारेमा भने केही बताएको छैन ।
अब सिरियाली युद्ध अर्काे चरणमा प्रवेश गरेको छ । यसअघि कहिल्यै नभएको तीन देशले मिलेर सिरियामाथि हमला सुरू गरेका छन् । उनीहरूको तारो रासायनिक हमला मात्र हुने छैन र सिरियाको सरकार नै हुनेछ भन्ने आसय धेरैको छ । यसले अबको सिरिया समस्या कसरी समाधानतर्फ जान्छ भन्ने बारेमा अड्कल गर्न थालिएको छ ।
फ्रान्सेली समाचार समिति, एएफपीले दिएको समाचारमा लेखिएको छ– दमासकस वरिपरि हमलाका ठूला आवाज सुनिएका छन् र दमासको आकासमा धुवाँको मुस्लो देखिन्छ । यसले दमासकस वरिपरिका क्षेत्रमा ठूलो र शक्तिशालीरूपमा हमला भएको प्रस्ट्याएको छ । यसबाट अबको सिरियाली युद्धको समाधानको बाटो कतातर्फ मोडिने हो भन्ने बारेमा यसै भन्न सकिने अवस्था छैन ।
Leave a Reply