कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका
- बैशाख ३०, २०८३
काठमाण्डौं, १ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें(रोहित) सम्मानित हुनुभएको छ । कृपा प्रकाशन गृह र क्लब फिफ्टी नेपालको आयोजनामा शनिबार नेपाल पर्यटन बोर्डमा भएको कपिल लोहनीको पुस्तक ‘विचार र अनुभूति’ को विमोचन कार्यक्रममा उहाँलाई सम्मानित गरिएको हो । कपिल लोहनी पाका साहित्यकार, कुटनीतिज्ञ र अर्थविद् गोविन्दप्रसाद लोहनीको कान्छा छोरा हुन् ।
विजुक्छेंलाई गोविन्दप्रसाद लोहनीले हस्ताक्षर गर्नुभएको कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो । स्वास्थ्य अवस्थाका कारण लोहनी स्वंय कार्यक्रममा सहभागी बन्न नसके पछि कपिल लोहनीले कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले गोविन्दप्रसाद लोहनीको व्यक्तित्वबारे चर्चा गर्नुभयो । उहाँले नेपाली साहित्य, कुटनीति र अर्थशास्त्रको क्षेत्रमा लोहनीको योगदानमाथि प्रकाश पार्नुभयो ।

उहाँले नेपालका सत्तासीन र प्रतिपक्षमा बस्ने राजनीतिक पार्टीहरुमा कुटनीतिक क्षेत्रका विज्ञ व्यक्तित्वको कमी भएको बताउनुभयो ।
उहाँले कुनै पनि व्यक्तिले सधैं गुण लगाउन नसक्ने तर लोहनी, बल्लभमणि दाहाल, श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, लक्ष्मण राजवंशीजस्ता अग्रजहरुले देश र जनताप्रति लगाउनुभएको गुणको कदर गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले आफ्नो मन्तव्यमा गोविन्दप्रसाद लोहनीसँग जोडिएका विभिन्न प्रसङ्गबारे चर्चा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले काठमाण्डौंलाई राजनीतिक र साँस्कृतिक राजधानी बनाउनुपर्ने विचारका साथ आफूले संसदमा विधेयक प्रस्तुत गरेको स्मरण गर्दै सङ्कुचित विचार भएका शासक दलका नेताहरुका कारण त्यसो हुन नसकेको धारणा राख्नुभयो ।
उहाँले राज्यको माथिल्लो तहमा रहेका व्यक्ति नियमित रुपमा जनताको बीचमा जान सके मात्र जनताका समस्या बुझ्न सक्ने बताउभुयो ।
विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘विचार र अनुभूति’ पुस्तकका लेखक कपिल लोहनीको व्यक्तित्वमाथि चर्चा पार्दै लोहनी लेखन, गायन, कलात्मक गतिविधिका लागि उपयुक्त व्यक्तित्व भएको धारणा राख्नुभयो ।
कलाकार तथा लेखिका इन्दु पन्तले नेपालका शासक दलका नेताहरुले अध्ययन बिनाको आँट गर्दा नेपाली जनताका आशामा तुषारापात भएको विचार राख्नुभयो ।
कार्यक्रम राष्ट्रपति कार्यालयका परराष्ट्र सल्लाहकार मदनकुमार भट्टराई, सिनेसमालोचक प्रकाश साय्मी, विज्ञापनकर्मी अभय पाण्डे, क्लब फिफ्टीका दमन बस्नेत र लेखक कपिल लोहनीले बोल्नुभएको थियो ।
Leave a Reply