यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चालीस वर्ष पहिले, उत्तरी इंग्ल्यान्डका कवि टोनी ह्यारिसनले आफ्नो जन्मस्थान लीड्समा भत्किएका चिहानहरूबाट प्रेरित भएर एक प्रभावकारी कविता रचना गरेका थिए । सुरुमा त्यसको खासै चर्चा भएको थिएन तर सन् १९८७ मा यो कविता टेलिभिजनमा प्रशारण गरिएपछि देशव्यापी रूपमा चर्चा पायो ।
अखबारहरूले लेखेः ‘चार अक्षरे टीभी कविता क्रोध’ । तर यसको आलोचना पनि उत्तिकै भयो र उपनाम पायो, ‘अपशब्दहरूको झरी’ । केहीले यसलाई ‘भीराब कविता’ को उपनाम पनि दिए । संसद्मा समेत यसबारे चर्चा भयो र एक जना कन्जरभेटिभ सांसदले सोधेका थिए, यो कविताले ‘कुनै कलात्मक उद्देश्य पूरा गर्छ कि गर्दैन ?’ यस्तो पनि कविता हुन्छ भनेर अन्य केही उत्तेजित सांसदहरूले प्रश्न गरेका थिए । त्यस्तै केहीले यसबारे बहस हुनुपर्ने माग गरेका थिए ।
यो हङ्गामा एउटा कविता ‘भी’ को बारेमा थियो, जुन उत्तरी इंग्ल्यान्डका कवि टोनी ह्यारिसनले आफ्नो जन्मस्थान लीड्समा भित्कएका समाधीहरूबाट प्रेरित भएर लेखेका थिए । यो कविता सन् १९८५ को जनवरीमा प्रकाशित भएको थियो । तर, साँचो अर्थमा यो कविता प्रकाशित भएको दुई वर्षपछि, १९८७ को नोभेम्बरमा बेलायती टेलिभिजनमा प्रदर्शन भएपछि प्रसिद्ध भयो ।
कवितामा सामान्यतया सार्वजनिक छलफल लायकखालको कुनै कुरा छैन । पछिल्लो समय पनि यस्तो घटना देखिएको थियो । अमान्डा गोर्मनले जो बाइडेनको राष्ट्रपति शपथ ग्रहणको समारोहका बेला आफ्नो कविता ‘द हिल वी क्लाइम’ प्रस्तुत गरेका थिए । यद्यपि, कविका युवा अवस्था र पोशाकले उनको कविताले बढीजसो ध्यान आकर्षित ग¥यो । त्यसअघि पनि १९९४ मा रिलिज भएको फिल्म ‘फोर वेडिङ्स एन्ड अ फ्युनरल’ मा प्रख्यात कवि डब्लुएच अडेन (WH Auden) को ‘फ्युनरल ब्लुज’ का बारेमा पनि यस्तै विवाद गाँसिएको थियो ।
कवितासङ्ग्रह भी
कविताले व्यापक रूपमा विवाद पाएको कुरा प्रायः दुर्लभ नै छ । समाचारपत्रमा छापिएका कविताका बारेमा आलोचना त हुन्छ तर त्यसबाट बाहिर निस्केर राजनीतिक प्राणीलाई पनि उत्तेजित बनाएका घटना लगभग दुर्लभ नै देखिन्छन् ।
तर भी कविता भने त्यस्तो दुर्लभ तगारो तोडेर निकै विवादको भुमरीमा फस्यो ।
सन् १९८४ को मे महिनामा कवि टोनी ह्यारिसन लीड्सको होलबेक सिमेट्री (चिहानघर) भ्रमण गर्न निस्किएका थिए । यो सेमेट्री एउटा पहाडमाथि छ । त्यसको ठीकमुनि भने ढुङ्गा खानी छन् । यो एल्यान्ड रोड, लीड्स युनाइटेड फूटबल क्लवको जन्मदाता भूमि हो । यहाँ विख्यात लीड्स विश्वविद्यालय पनि छ । यहीँ ह्यारिसनले शास्त्रीय साहित्य र भाषाविज्ञान अध्ययन गरेका थिए । ह्यारिसन, आफ्नो आमाबाबुको समाधि मर्मत गर्न त्यहाँ पुगेका थिए । उनले के देखे भने, सेमेट्रीमा बियरका क्यानहरू र स्प्रे पेन्ट गरिएका छन् र वास्तवमा चिहानघर नै जस्तो छ । जबकि पश्चिमा समाजमा चिहानघर एउटा चिटिक्क सजाइने स्थलको रूपमा प्रख्यात छ ।
चिहानमा फकजस्ता चार अक्षरी शब्दहरू, जातिवादी घृणायुक्त गाली, स्वस्तिकको चिह्न र ‘भी’ अक्षरहरूको एक श्रृङ्खला देखे । भी भन्नाले भेजिना अर्थात् स्त्री यौनाङ्ग !
केही ग्राफिटीको स्वरूपले यहाँ यस्तरी कुरूप चित्र बनाउनेहरू फूटबल समर्थकहरू पो हुन् कि भन्ने आशङ्का जन्माएको थियो ।
त्यतिबेला बेलायतमा बेरोजगारी उच्च थियो र त्यो वर्षको अन्त्यसम्म ११.९ प्रतिशत बेलायतीहरू बेरोजगार रहेको तथ्याङ्क देखाइरहेको थियो । सन् १९७१ पछि पहिलोपटक बेलायतमा यति धेरै बेरोजगारी देखिएको थियो । अघिल्लो वर्ष, बीबीसीको पुरस्कार जितेको नाटक ‘द ब्वाइज फ्रम द ब्ल्याक्सटफ’ ले बेरोजगारीमा रहेको ताम्रयाक लेयरहरूको कथा बताएको थियो । नाटकले ठुलो प्रभाव पारेको थियो । ठीक त्यहीबेला कोइलाखानीमा मजदुरहरूको हडताल सुरू भएको थियो । वास्तवमा त्यो बेलायत तीव्र ध्रुवीकरणको अवस्थामा थियो । प्रधानमन्त्री मार्गरेट थ्याचर प्रधानमन्त्री थिइन् ।
समाधिस्थलहरूको त्यो हदको विग्रह, भत्काई र स्प्रे पेन्ट गरिएका चिह्नहरूमा ह्यारिसनले सामाजिक विभाजनका थप प्रमाणहरू देखे । यसले उनलाई कविता लेख्न प्रेरित ग¥यो ।
ह्यारिसन यस समयसम्म एक स्थापित र सम्मानित कवि, नाटककार र अनुवादक थिए । उनले धेरै कवितासङ्ग्रह प्रकाशित गरेका थिए र राष्ट्रिय रङ्गमञ्चमा नाटककारको रूपमा पनि चर्चा बटुलेका थिए । सन् १९७३ मा उनले मोलीयरको ‘द मिजान्थ्रोप’ को अनुवादका कारण ठुलो प्रशंसा पाएका थिए ।
सन् १९८५ को २४ जनवरीमा ‘भी’ को प्रकाशन लन्डन रिभ्यू अफ बुक्समा भयो ।
यो ११२ चौथाइसहितको काव्य हो, जसको रचनात्मक ढाँचा एबीएबी छ, जुन १८ औँ शताब्दीका थोमस ग्रेको प्रसिद्ध ‘एलेजी रिटन इन् अ काउन्टी चर्चयार्ड’ कवितासँग मेल खान्छ । ह्यारिसनले आफ्नो कवितालाई त्यसैसँग तुलना गर्न चाहेको देखिन्छ । शीर्षकको ‘भी’ ले ‘वर्सस’ को अर्थ दिन्छ – जुन ‘वर्सेज’ शब्दको पनि एक प्रकारको शब्द खेल हो – सायद यसले ‘विजय’ को पनि सङ्केत गर्न सक्छ । यसले ब्रिटिश संस्कृतिमा अपमानजनक ठानिने दुई औँलाको ‘भी सङ्केत’ पनि जनाउन सक्छ ।
कवितामा एक शेर यस्तो छः ‘यी भीदख जीवनका सबै वर्ससहरू हुन् लिइस् भर्सेज डर्बी, कालो भर्सेज सेतो र (जस्तो मैले आफ्नो मूल्यमा बुझेँ) म्यान भर्सेज विमन, कम्युनिस्ट भर्सेज फासीवादी, बायाँ भर्सेज दायाँ ।”
कविताले कविलाई समृद्धिमा रहेका व्यक्तिसँग संवाद गर्दै देखाउँछ । यसले ग्राफिटीमा प्रयोग भएका अश्लीलता र जातिवादी अपशब्दहरूलाई समेटेको छ ।
‘हैरिसनलाई हामीलाई भन्नु आवश्यक थिएन कि बेलायत विभाजित थियो । अहिले पनि छैन, तर ‘भी’ ती विभाजनहरू र तिनीहरूको केही कारणहरूको शक्तिशाली व्यक्त व्यक्तिकरण थियो,’ अक्सफोर्ड विश्वविद्यालयका अङ्ग्रेजीका प्राध्यापक स्यान्डी बर्नको भनाइ छ ।
ह्यारिसनको पात्रले सो कवितामा पेशेवरहरूको जीवनभरि उत्सव मनाउने समाधिहरूको बिचमा तेस्रो पिँढीको बेरोजगारीको निराशा बुझ्ने काम गरेको छ ।
कविताको शक्ति र स्थायित्व यसको ऊर्जा, छन्द र भाषाको प्रेरणा, यसको क्रोध र व्यक्तिगतलाई राजनीतिक सेवामा प्रयोग गरेबाट आउँछ ।‘
‘भी’ पहिलोपटक लन्डन रिभ्यू अफ बुक्समा प्रकाशित हुँदा कसैलाई केही मतलब थिएन । पछि १९८५ को नोभेम्बरमा ब्लडअक्स बुक्सले यसलाई पुस्तकको रूपमा प्रकाशित ग¥यो । किताबका रूपमा छापिँदा पनि यो कविताले बेलायती संसद् र अखबारहरूलाई बाल मतलब थिएन । ब्लडअक्स बुक्सका संस्थापक र अहिलेका सम्पादक नील एस्टलीले त्यो दिन सम्झँदै भनेका थिए, “ह्यारिसनले टाइन टिज टेलिभिजनमा रातको समयको कला कार्यक्रममा सम्पूर्ण कविता प्रदर्शन गरे, जुन विशेषरूपले उत्तरपूर्व इंग्ल्यान्डका दर्शकलाई लक्षित थियो र यो कुनै आपत्ति उत्पन्न नगरी प्रसारण भयो ।”
तर पछि १९८७ मा उक्त कविताको एक भाग च्यानल –४ ले बजायो । कविताको निर्देशन प्रसिद्ध रङ्गमञ्च निर्देशक रिचर्ड एयरले गरेका थिए र यसमा ह्यारिसनले कविता पढेका थिए । साथै, खनिज हडताल, होलबेक सेमेट्री र थ्याचरको ‘विजय‘ चिह्नको फुटेज पनि दृश्यमा समावेश गरिएको थियो । त्यसपछि भने सारा क्रोध कवितामाथि थुप्रियो ।
त्यसपछि डेली मेलले मुख्य पृष्ठमै ‘चार अक्षरी टीभी कविता क्रोध’ बारे लेख्यो । थ्याचरको पार्टीका कार्यकर्ता र केही अभियन्ताहरूले यसलाई ‘अद्वितीय बदमासीको कृति’ भन्दै चर्को आलोचना गर्न थाले ।
कन्जरभेटिभ सांसद सर जेराल्ड हाउर्थले त यो कवितामाथि प्रतिबन्ध नै लगाउनु पर्ने भन्दै ‘सामान्य व्यक्तिलाई ठुलो अपमान पु¥याउन सक्ने सामग्री प्रसारण गर्नु अपराध हो‘ भन्दै यस्ता कृतिलाई महत्वका साथ टीभीमा स्थान दिन नहुने भन्दै चर्को आलोचना गरे । साथै, उनले संसद्मा यसबारे बहस हुनुपर्ने माग गरे । १२१ जना सांसदहरूले यस प्रस्तावमा हस्ताक्षर पनि गरे ।
यत्रो हङ्गामापछि हाउर्थले पछि के स्वीकारे भने उनले पूरै कविता नपढी कवि र कविताको आलोचना गरेका थिए ।
ह्यारिसनले सन् २०१३ को बीबीसी रेडियो फोर डोक्युमेन्टरी ‘Exploring V’ मा सम्झँदै भनेका थिए, कविताविरोधी हङ्गामाको उच्चतम समयमा, टेलिग्राफका एक रिपोर्टर उनको घर छिर्ने प्रयास गर्दै ढोका ढक्ढकाए ।
ह्यारिसनले सोधे, किन आउनुभयो ।
कविताले हङ्गामा मच्चाएकाले भेट्न खोजेको रिपोर्टरले भने ।
उनले सोधे, “के तपाईँले कविता पढ्नुभएको छ ?”
रिपोर्टरले भन्यो, ‘छैन, म नयाँ रिपोर्टर हुँ, मलाई यसबारे केही थाहा छैन ।’
यसबाट थाहा हुन्छ, केही नबुझी मान्छेले हङ्गामा मच्चाइरहेका छन् । तर सन्डे टेलिग्राफका स्तम्भकार र साहित्य समीक्षक, औबरन वाउले यसलाई ‘शानदार लेखिएको र अत्यन्त भावुक’ भनी टिप्पणी गरेका थिए ।
बेलायतको व्यङ्ग्यात्मक पत्रिका ‘प्राइवेट आइ’ का सम्पादक इयान हिस्लपले भने कविताको बचाउ लेखेका थिए । उता ‘इन्डिपेन्डेन्ट’ पत्रिकाले त कवितालाई यति महत्व दियो कि पूरै विचार पृष्ठमा कविताको अंश छापिदियो ।
प्रकाशक ब्लडअक्सले १९८७ मा प्रकाशन गर्दा केही हजार प्रति मात्र बेचेको थियो । च्यानल ४ टेलिभिजनमा प्रशारणपछि भने लाखौँ प्रति बिक्री हुन पुग्यो । यो कविता कति महत्वको छ भने, स्यान्डी बर्नले भनेका छन्, “आज पनि यो कविता पढ्नुभयो भने ४० वर्षअघि जति महत्वपूर्ण यो कविता लाग्थ्यो, अहिले पनि उत्तिकै महत्व राख्छ । यति सान्दर्भिक कविता छ यो ।”
‘भी’ को अप्रत्याशित र सम्भवतः चकित पार्ने कुरा नै यसमा व्यक्त भएको सामान्य बोलचालको भाषा हुनु हो ।
– द गार्डियनबाट
Leave a Reply