अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
अखिल नेपाल भिक्षु महासङ्घले नेपाल बौद्ध परियति शिक्षा सञ्चालन गरिरहेको छ । ‘परियति सद्धम पालक’ को प्रवेश तृतीय वर्ष (तह ६) को द्वितीय पत्रको लागि यो पाठ्यपुस्तक तयार गरिएको हो । नेपाल बौद्ध परियति शिक्षा समितिको निर्देशनअनुसार ‘परियति सद्धम पालक’ को प्रवेश तृतीय वर्ष (तह ६) द्वितीय पत्रको यो पाठ्यपुस्तकमा प्रथम खण्डमा ‘धम्मपद’, द्वितीय खण्डमा ‘धम्मपदअट्ठ कथा’ र तृतीय खण्डमा ‘स्मरणीय बौद्ध व्यक्तित्वहरू’ को चर्चा छ ।
प्रथम खण्डको ‘बालवग्गो’ मा मूर्ख वर्ग, पण्डित वर्ग र अर्हत् वर्गको सन्देशमूलक उक्तिहरूको चर्चा गरिएको छ । मूर्ख वर्गमा आफूभन्दा गुणी मानिसको सङ्गत गर्न र आफूभन्दा दुर्गुणीको सङ्गत कहिल्यै नगर भनिएको छ । मूर्खहरूले आफैलाई शत्रु बनाएर पाप कर्म गर्ने, त्यही पाप कर्मले कटुफल पाउने, पापको फल भोगेपछि मात्र दुखित ठान्ने र मूर्खले आफ्नो मूर्खताको कारण आफ्नो भविष्यलाई बिगार्ने प्रसङ्ग मूर्ख वर्गमा उल्लेख गरिएको छ । पण्डित वर्गमा असभ्य स्वभाव छोड्नुपर्ने, दोष देखाइदिने व्यक्तिलाई मित्र ठान्नुपर्ने, पापी र अधमसँग सङ्गत नगर्न र असल धर्म ग्रहण गर्न जोड दिइएको छ । अर्हत् वर्गमा राम्रोसँग जानीबुझी मुक्त भइसकेका अर्हत् पुरुषको मन, वचन तथा कर्म शान्त हुन्छ भनिएको छ ।
द्वितीय खण्डमा ‘धम्मपदअट्ठ कथा’ को विषय राखिएको छ । यसमा अप्रमाद वर्गअन्तर्गतका कथाहरूमा श्यामावती, कुम्भघोषक, चूलपन्थक, मूर्ख क्रिडा, महाकश्यप महास्थविर रहेका छन् भने चित्त वर्गअन्तर्गत मेघिय स्थविर, सङ्घरक्षित स्थविर, चित्त हत्थ स्थविर, नन्द गोपालक र सोरेयरबारे वर्णन गरिएको छ । पुस्तकमा धुलोलाई मात्र होइन मैलोलाई सफा गरी भिक्षुहरू निर्मल बुद्ध शासनमा बस्ने कुरा उल्लेख गरिएको छ । बुद्धिमानले संयम र चित्त दमन गरी अप्रमादी (अमृतको बाटो) भएर बाढीले पनि हुत्याउन नसक्ने टापु समान आफूलाई बनाउनुपर्ने प्रसङ्ग उठाइएको छ । मूर्खहरू प्रमादी (मृत्युको बाटो) हुन्छन् र पण्डितहरू सेठले धन रक्षा गरेझैँ अप्रमादलाई रक्षा गर्छन् । चित्तको वशमा बस्नु हुन्न । यो चित्त लघु परिवर्तन भएकोले त्यसलाई आफ्नो वशमा राख्न सक्नुपर्छ भन्ने बुद्धको मान्यता हो । माछालाई पानीबाट जमिनमा राख्दा जसरी छटपटिन्छ त्यसरी नै मारको जालबाट छुटाउँदा चित्त छटपटाउँछ । टाढाटाढासम्म पुग्न सक्ने, एक्लै हिँड्ने, बिनाशरीर गुफामा बस्ने चित्तलाई वशमा राख्न सक्ने व्यक्ति मारको बन्धनबाट मुक्त हुने प्रसङ्ग पनि पुस्तकमा वर्णन गरिएको छ ।
‘चित्त हत्थ स्थविर’ शीर्षकमा चित्त स्थिर नभएको, सद्धर्म नजान्ने र अल्प श्रद्धा हुने व्यक्तिलाई पूर्णरूपले प्रज्ञा ज्ञान प्राप्त नहुने कुरा वर्णित छ । ‘नन्द गोपालक’ भन्ने पाठमा शत्रुले शत्रुलाई जति हानि पु¥याउन सक्छ त्योभन्दा बढ्ता हानि कुमार्गमा लागेको चित्तले पु¥याउँछ भनिएको छ । ‘सुमार्गमा लागेको चित्तले आफूलाई जति उपकार गर्दछ, त्यति उपकार बाबुआमा र कुटुम्बले समेत गर्न सक्दैनन्’ भनिएको छ ।
प्रथम खण्ड ‘धम्मपद’ र द्वितीय खण्ड ‘धम्मपदअट्ठ कथा’ विषयको अनुवाद आचार्य भिक्षु अमृतानन्दले गरेका हुन् । तृतीय खण्डमा स्मरणीय बौद्ध व्यक्तित्वहरूको सङ्क्षिप्त चर्चा गरिएको छ । यसका लेखक रत्नसुन्दर शाक्य हुन् ।
पुस्तकमा बौद्ध व्यक्तित्वहरूअन्तर्गत भिक्षु प्रज्ञानन्द महास्थविर, धर्मालोक महास्थविर, शाक्यानन्द महास्थविर, अमृतानन्द महास्थविर, बुद्धघोष महास्थविर, सुदर्शन महास्थविर, ज्ञानपूर्णिक महास्थविर, ऋषि महाप्रज्ञा र उपासक भाजुरत्न साहुको चर्चा गरिएको छ ।
भिक्षु प्रज्ञानन्द महास्थविर (वि.सं. १९५७–२०४९) विशेषगरी काठमाडौँ उपत्यकामा स्थविरवाद बुद्ध धर्म पुनरुत्थान गर्न अग्रसर थिए । उनले ज्योतिषी विद्या, आयुर्वेदिक, झारफुक (वैद्य कार्य) सम्बन्धी ज्ञान हासिल गरेका थिए । ६ वर्ष ल्हासामा बिताउँदा उनलाई स्थानीयहरू ‘हासां ग्याबु’ (सदा मुस्कुराउने) भनी चिन्थे । श्रामणेर कर्मशील नै नेपालमा स्थविरवाद बुद्ध धर्म पुनरुत्थानका पहिलो बौद्ध श्रमण थियो । प्रज्ञानन्द महास्थविरले ‘श्रामणेर कर्मशील’ प्राप्त गरेका थिए । जुद्ध शमशेरको सरकारले २००१ साउन १५ (३० जुलाई १९४४) मा उनीलगायत ८ जना स्थविरवादी एवम् श्रमणेरहरूलाई देश निष्कासन सजाय दिएको थियो । उनीहरूलाई विहार–विहारमा बुद्ध पूजा गर्न नपाउने, उपासक उपसिकाहरूलाई धर्माेपदेश गर्न नपाउने र गृहस्थीहरूलाई प्रवजित नगराउने सर्त नमानेपछि सो सजाय दिइएको हो । देश निष्कासनपछि उनीहरू रक्सौल पुगे । पछि कालिम्पोङ गए । पछि दार्जिलिङ गए । कुशी नगर पुगेका प्रज्ञानन्द पछि भिक्षु अमृतानन्दको प्रयासबाट कान्तिपुरमा २००३ वैशाख ५ गते आएका थिए । उनले देशका विभिन्न विहारमा पुगी धर्म प्रचार गरे । उनले चीनको राजधानी पेइचिङमा भएको एसियाली बौद्ध सम्मेलनमा भाग लिएका थिए । उनले पोखराको अन्तु डाँडामा विश्व शान्ति स्तूप निर्माणार्थ बुद्ध मूति स्थापना गरे । जीवनभर धर्म प्रचारको यात्रामा लागेका उनी अन्ततः २०४९ फागुन २८ गते ९४ वर्षमा जीवन यात्रा अन्त गरे ।
पुस्तकमा समाज सुधारक भिक्षु धर्मालोक महास्थविर (वि.सं. १९४७–२०२४) को पनि सङ्क्षिप्त चर्चा छ । धर्मालोक धर्म सेनापतिको रूपमा भूमिका निभाएका व्यक्तिमा परिचित थिए । उनी चन्द्रमणि महास्थविरको आचार्यत्वमा प्रवजित भई ‘श्रामणेर धर्मालोक’ भएका थिए । जुद्ध शमशेरको शासन कालमा उनलाई दरबारिया षड्यन्त्रकारीहरूले अनेकौँ भए नभएका कुरा गरेर दुःख दिइएको थियो । उनीमाथि राजद्रोहको कुरा फैलाइयो भनी आरोप लागेको थियो । उनले जवाफमा भनेका थिए, “हाम्रो धर्म त चोरी नगर्ने हो, झूटो नबोल्ने हो; जाँडरक्सी नखाने हो; रण्डीबाजी नगर्ने हो; हिंसा नगर्ने हो ।” त्यसपछि यो भिक्षु साधु हो भनी छुट दिइएको प्रसङ्ग पुस्तकमा छ । तिब्बत हुँदै हङकङसम्म पुगेका धर्मालोकले ‘बुद्धचर्या’ ग्रन्थको आधारमा ‘बुद्ध गुण’ पुस्तिका लेखे । २०१३ (१९५६) मा भएको ‘चतुर्थ विश्व बौद्ध सम्मेलन’ मा उनले सहयोग गरेका थिए । हरेक क्षेत्रमा अमूल्य योगदान गरेका उनले २०२४ असोज १८ (५ अक्टोबर १९६७) मा आनन्दकुटी विहारमा संसार छोडे ।
भिक्षु शाक्यानन्द महास्थविर (१९६६–२०५४) को जन्म भोजपुरको टक्सारमा भएको थियो । उनले सन् १९६० मा विशिष्ट बौद्ध विद्वान्हरूको लेख सङ्कन गरी ‘बुद्धको देन’ पुस्तक प्रकाशन गरेका थिए । बर्मामा केही वर्ष बिताएर भारतको कलकत्ता हुँदै श्रीलङ्का पुगेका उनी तृतीय विश्व बौद्ध सम्मेलन, नेपालको चतुर्थ बौद्ध सम्मेलन, अखिल नेपाल भिक्षु महासङ्घ आदिमा पनि संलग्न थिए । २०५३ चैत १०
(२३ मार्च, १९९७) मा नेपालमा सद्धर्मको प्रचारप्रसार गरेबापत ‘अग्गमहासद्धम्मज्योतिकधज’ उपाधि पाएका उनी ८८ वर्षको उमेरमा २०५४ कार्तिक ८ गते बिते ।
यसरी नै पुस्तकमा आचार्य भिक्षु अमृतानन्द महास्थविर (१९७५–२०४७) को पनि योगदानको चर्चा गरिएको छ । पाल्पा तानसेनको भीमसेन टोलमा जन्मेका उनी विभिन्न विहारमा पुगी प्रवचनमार्फत बुद्धको ज्ञान छर्न पछि परेनन् । भिक्षु अमृतानन्दको प्रेरणाबाट राजा त्रिभुवनले वि.सं. २००८ वैशाख पूर्णिमाका दिन सार्वजनिक बिदा घोषणा गरेका थिए । प्रथम विश्व बौद्ध सम्मेलनमा सरिक उनी ३१ डिसेम्बर १९५६ मा रोम प्रस्थान गरेका थिए । थाइल्यान्डको राजधानी बैङ्ककमा पञ्चम विश्व बौद्ध सम्मेलन (सन् १९५८) मा उनी सरिक भएका थिए । चीन, भियतनाम, मङ्गोलिया, रुस, पोल्यान्ड, चेकोस्लाभाकिया, हङ्गेरी, बुल्गेरिया, अस्ट्रेलिया, इरान, पूर्वजर्मनी, इजिप्ट आदि देशका विभिन्न धर्म सम्मेलनमा सरिक भएका उनी मङ्गोलिया, जापान, दक्षिण कोरियामा पनि पुगेका थिए । उनले ‘नेपाल शासन शोभण श्री धर्मरक्षित वंशालंकार, गार्डेन, गोरखा दक्षिणबाहु, साहित्य चक्रवर्ती, विद्यावारिधि, त्रिपिटक विशारद शासन जोतक आदि उपाधि पाएका थिए । थुप्रै लेख रचेका उनी २०४७ भदौ ५ गते बितेका थिए ।
बुद्धघोष महास्थविर (वि.सं. १९७८–२०६८) थँ हिटीको झ्वा बहाःमा जन्मेका थिए । बुद्ध धर्मको गहन अध्ययन गरेका उनले कैयौँ कृति तथा लेखको सम्पादन गरेका थिए । १७ जुलाई १९९९ मा बर्मा सरकारले उनलाई बुद्ध शासनको प्रचार गरेबापत ‘अग्गमहासद्धम्मजोतिकधज’ उपाधि प्रदान गरेको थियो । उनको मृत्यु २०६८ असोज ७ गते भएको थियो ।
सुदर्शन महास्थविर (१९९१–२०५९) ले बुद्ध धर्मको विविध पक्ष धार्मिक, साहित्यिक, सांस्कृतिक र पुरातात्विक पक्षबारे प्रचार गरे । उनले नेपालभाषाका नाटक तयार गरे । ‘अम्बपाली’ कृति नेपालभाषाको एमए कोर्समा समावेश गरिएको थियो । उनका प्रकाशित नाटकहरूमा ‘राष्ट्रपाल’, ‘बिम्बिसार’, ‘आशङ्का’, ‘सुप्रिया’, ‘प्रतिशोध’ र ‘पटाचारा’ रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिएका उनी ‘धर्माेदय’ मासिकका सहायक सम्पादक थिए । उनको मृत्यु २०५९ साउन ५ गते भएको थियो ।
भिक्षु ज्ञानपूर्णिक महास्थविर (१९९६–२०७७) को तानसेनमा जन्म भएको थियो । उनले १९६२ मा बर्माबाट ‘शासनधज धम्माचरिय’ उपाधि पाएका थिए । संस्कृत भाषा एवम् साहित्यमा स्नातक गरेका उनले ‘तथागतमा ल्हापांगु उपदेश’, ‘थम्ह म्हयाय्’, ‘धम्मचक्कपवतन सुत्त’ आदि कृति लेखे । उनको योगदानको कदर गर्दै बर्माको धार्मिक मन्त्रालयले भिक्षु शाक्यानन्द महास्थविर, अनिरुद्ध महास्थविर, बुद्धघोष महास्थविर, ज्ञानपूर्णिक महास्थविरको उपाधि प्रदान गरेको थियो । नेपालका छैटौँ सङ्घनायक भएका उनको २०७६ वैशाख १ गते निधन भयो ।
बौद्ध ऋषि महाप्रज्ञा (वि.सं. १९५८–२०१५) को जन्म काठमाडौँको न्हूघल टोलमा भएको थियो । उनीमाथि नेपालबाट निर्वासित गरिएका व्यक्ति नेपाल आगमन गरेको, हिन्दू कुलका व्यक्ति भिक्षु भएर बुद्ध धर्म प्रचार गरेको र अदालतमा जाहेर नगरिकन बुद्धमूर्ति निर्माण गरी नगर परिक्रमा गरेको आरोप लागेको थियो । भोजपुरको जिल्ला हाकिमले सो आरोप लगाएका थिए । उनको दर्जनौँ कृति प्रकाशित भएको थियो । उनको मृत्यु २०१५ चैत ९ गते भएको थियो ।
उपासक भाजुरत्न साहु (१९४०–२०१३) को जन्म काठमाडौँको केल टोलमा भएको थियो । उनले चन्द्रशमशेर राणाबाट देश निकालिएका भिक्षुहरूलाई दैनिक गुजाराका निम्ति सहयोग गरेका थिए । उनको दुइटा चाहना थियो, देश विदेशका भिक्षुहरूलाई भोजन दान दिनु र ‘कर्ममा लामा’ को पुनः एकचोटि दर्शन गर्नु । उनको पनि बौद्ध प्रचार अभियानमा महत्वपूर्ण योगदान थियो ।
बुद्धको वचनसङ्ग्रहको ग्रन्थ धम्मपदको ज्ञान हासिल गर्न, बौद्ध इतिहासमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको जीवनी अध्ययन गर्ने प्रेरणा दिन यो पुस्तक तयार गरिएको हो । विद्यार्थीले धम्मपद ग्रन्थभित्र रहेको बाल वर्ग, पण्डित वर्ग, अरहन्त वर्ग अध्ययन गरेर बुद्धले देशना गरेका ज्ञान, धम्मपदअट्ठ कथाबाट धम्मपदको अर्थ र कथा तथा नेपालका बौद्ध व्यक्तित्वहरूको बुद्ध धर्म संरक्षण तथा संवद्र्धन गर्नको लागि पु¥याइएको योगदानबारे ज्ञान पाउने छन् ।
पुस्तक प्रकाशन गर्ने अखिल नेपाल भिक्षु महासङ्घलाई साधुवाद ¤ बौद्ध ज्ञान नभएका व्यक्तिलाई पुस्तकमा रहेको पालि शब्दको अर्थ नबुझ्नु स्वाभाविक हो । गा¥हो शब्दको सट्टा बुझिने शब्द या अभ्यासमा शब्दको अर्थ दिइएको भए अझ जाती हुन्थ्यो । आदरार्थी कहीँ सामान्य आदर र कहीँ उच्च आदर नभएको भए राम्रो हुन्थ्यो । ‘भगवान्’ शब्दको सट्टा अर्कै शब्द चयन हुनुपर्ने हो कि ¤ बौद्ध विद्वान्हरूले देश देशान्तरमा पुगी धर्म देशनासँगै के कस्ता ज्ञान छरे त्यो कुरा उल्लेख भए सुनमा सुगन्ध हुने थियो । यो विज्ञान र प्रविधिको युगमा अन्धविश्वासको ज्ञान नछर्दा समय सान्दर्भिक हुनेछ ! प्रार्थना गर्दा या पुण्य प्राप्त भए छोरा र नगरे छोरी जन्मिने कुरा विज्ञानले स्वीकार्दैन । परियति शिक्षा दिने काम सराहनीय छ । पाठ्यक्रम या पाठ्यपुस्तक नै तयार गरेर देश–विदेशमा भएको बौद्धिक ज्ञान, सन्देश र व्यक्तित्वहरूको जानकारी दिने प्रयास राम्रो हो । प्रधानसम्पादक भिक्षु धर्मगुप्त महास्थविर र सम्पादक मण्डलमा रहेर सहयोग गरेका भिक्षु बोधिज्ञानलगायत अन्य महास्थविरहरूलाई पनि सधन्यवाद !
Leave a Reply