ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू–२
- कार्तिक १५, २०८२

सफलता, शान्ति, दीर्घायुको कामना लिएर
 नयाँ उमङ्ग, नयाँ उत्साहका साथ दीपावली आएको छ
 आज यो ज्ञानको मन्दिरमा सबैलाई
 २०८२ सालको दीपावली तथा छठपर्वको शुभकामना ।
प्रत्येक शिक्षकको सेवा र तपस्या
 यो मातृभूमिको लागि अपार महिमाले भरिपूर्ण योगदान हुन
 सदियौँदेखि अँध्यारो पथमा ज्ञानको प्रज्ञा प्रज्ज्वलन गरेर
 कलिलो हँसिलो संसारको न्वारान गरेर राष्ट्रको सेवा गर्न सकोस् ।
धरतीका मुस्कान विद्यार्थीको आवाजमा जीवनको सत्य भाषा हुन्छ
 यही सत्यता र लगनशीलताको पथमा लम्केरै
 सामाजिक सेवा देशभक्तिको पाठ सिकेर
 यो राष्ट्रको प्रतिभाशाली भविष्यका कर्णधार बनेर चम्कन सकोस् ।
यो हिमाल, पहाड, तराईका
 प्रत्येक स्वाभिमानी पीडित मानवहरूले
 नैतिक आचरणलाई पालन गरी सावधानी अपनाएर
 यो शान्ति भूमिमा स्वस्थ र निरोगी भएर कदम चाल्न सकोस् ।
आफ्नो स्वतन्त्रता र अधिकारको लागि
 निमुखाका जनता जागरुक भएर कदम चाल्न सकोस् ।
 यो जनमानसमा गुञ्जिरहने दीपावली तथा छठपर्वको शुभकामना
 हामी यहीँ कामना लिएर अघि बढिरहने छौँ ।
Leave a Reply