कला, संस्कृतिमा सम्पन्न नगरलाई जीवन्तता बनाउन चित्रकलाको महत्वपूर्ण भूमिका
- बैशाख ३०, २०८३
अरब क्षेत्र वा सुदूर पश्चिम एसियाको एक सार्वभौम राष्ट्र सिरियामाथि शुक्रबार संरा अमेरिका, बेलायत र फ्रान्सले संयुक्तरुपमा हवाई र क्षेप्यास्त्र आक्रमण गरेका छन् । ती पश्चिमा साम्राज्यवादी देशहरूले सिरियामाथि आक्रमणको लागि सिरियाली सरकारले त्यहाँका तथाकथित विद्रोहीमाथि रासायनिक अस्त्र प्रयोग गरेको कपोलकल्पित आरोप लगाइएको छ । सिरियामाथिको आक्रमण प्रजातन्त्र र मानवता शब्दको प्रयोग गरी गरिएको बर्बरता र क्रुरताबाहेक केही होइन ।
सिरियामा निश्चय नै रसायनिक अस्त्रको हमला भएको छ । तर त्यो हमला सरकारको तर्फबाट सरकारी सेनाद्वारा भएको होइन बरु पश्चिमा सहयोग प्राप्त तथाकथित विद्रोहीद्वारा भएको हो । आईएस आईएल, अल नुस्रा फ्रन्टलगायत विभिन्न नामका कट्टरपन्थी आतड्ढकारी समूहहरूले विगतमा पनि कैयौं पटक सिरियाली सेनाविरुद्ध र आफ्नै समूहविरुद्ध रसायनिक अस्त्रद्वारा हमला गरेको घटना पुष्टि भएको थियो । तर पश्चिमा साम्राज्यवादी देशका सरकारहरू र सञ्चारमाध्यमहरूले निरन्तररुपमा सिरियाली राष्ट्रपति बसर अल अस्सदको सरकारमाथि दोषारोपण गर्दै आएका छन् । झूटलाई पनि सयपटक दोहो¥याएपछि सत्यमा बदलिन्छ भने नाजी प्रचारमन्त्री गोयवल्सको मान्यतालाई व्यवहारमा उतार्दै छन् ।
सिरियाली सरकारले रसायनिक अस्त्र प्रयोग ग¥यो भन्ने आरोप सिरियामाथि हमला गर्ने बहानामात्र हो । सिरियाली सरकारले हिजो पनि र आजसम्म पनि कुनै रसायनिक अस्त्र प्रयोग नगरेको र आफ्नो देशमा प्रयोग नगर्ने वाचा पटक–पटक गर्दै आएको छ । अन्तर्राष्ट्रिय समुदायले विरोध गर्ने क्रियाकलाप गर्न सिरियाली सरकारलाई अहिले आवश्यक पनि छैन । आफ्नो देशको सार्वभौमिकता, अमनचयन र प्रजातन्त्रविरुद्ध धावा बोलेका बहावी र सलाफी मुस्लिम समुदायका कट्टरपन्थी र आतड्ढवादीहरूलाई झण्डै झण्डै अन्तिम पराजयको स्थितिमा सिरियाली सेनाले पु¥याइसकेको अवस्था छ ।
हो, सिरियाली सेनाको सफलतामा रुसी सेना र इरानी सरकारको सहयोग पनि महत्वपूर्ण छ । अहिले जब सिरियालाई ध्वस्त पार्न र कब्जा गर्न आफूले खटाएका र सहयोग गरेका प्यादाहरू (आतड्ढकारी शसस्त्र समूहहरू) पराजयको सङ्घारमा पुगे, पश्चिमा साम्राज्यवादी शासकहरूलाई असह्य भएको छ । आफ्नो षड्यन्त्रको असफलता र लगानी डुबेको अवस्थाबाट तिर्मिराएका अमेरिकी, बेलायती, फ्रान्सेली, टर्केली र इजरायली साम्राज्यवादी शासकहरू सिरियामाथि प्रत्यक्ष आक्रमणमा उत्रेका छन् । कुनै पनि निहुँमा सिरियामाथि ती पश्चिमा देशको हमला साम्राज्यवादी हमला हो र ती हमलाको विश्वका न्यायप्रेमी देश र जनताले निन्दा गरिरहेका छन् । सिरियाली जनताको साम्राज्यवाद र आतड्ढवादविरोधी लडाइँ प्रशंसनीय छ ।
२०७५ बैशाख २ गतेको मजदुर दैनिकबाट
Leave a Reply