सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
पेइचिङ, ११ कार्तिक (एएफपी) । चीनका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएकोे बताउनुभएको छ ।
यसअघि टोकियोले पेइचिङले उत्पन्न गरेको सुरक्षा खतरालाई सम्बोधन गर्नुपर्ने बताएकी कन्जरभेटिभ पार्टी साने ताकाइचीलाई जापानले गत साता पहिलो महिला प्रधानमन्त्री बनाएको थियो ।
उहाँले गत हप्ता चीनलाई एक महत्वपूर्ण छिमेकीको रूपमा सम्बोधन गर्नुभएको थियो ।
चीनका वाङ यीले जापानका तोशिमित्सु मोटेगीसँगको टेलिफोन कुराकानीमा भन्नुभयो, “जापानको नयाँ मन्त्रिपरिषद्ले जारी गरेका केही सकारात्मक सङ्केतहरूलाई चीनले गम्भीररूपमा मनन गरेको छ ।
“चीन–जापान सम्बन्ध विकासका लागि उच्चस्तरीय भेटवार्ताले ठुलो महत्व राख्दछ,” वाङले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणमा रहेका बेला दुई देशका विदेशमन्त्रीबिच टेलिफोन वार्ता भएको हो ।
वासिङटनको निकट सहयोगी राष्ट्र जापानमा करिब ६० हजार अमेरिकी सैनिक छन् ।
अस्ट्रेलिया र भारतसँगै यो क्वाड समूहको हिस्सा हो, जसलाई पेइचिङको काउन्टरका रूपमा हेरिन्छ ।
वाङले आज नै भएको फोनवार्तामा ‘इतिहास र ताइवान मुद्दा’ चीन–जापान सम्बन्धको आधार रहेको दोहो¥याउनुभएको थियो ।
जापानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “टोकियोको ट्वीन रिङ मोटेगीले दुर्लभ खनिजमा चीनको निर्यात नियन्त्रण उपायहरूको बारेमा कडा चिन्ता व्यक्त गरेको छ ।”
चीन सरकारले यस महिना उद्योगमा व्यापक प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राज्य अमेरिका र जापानले महत्वपूर्ण धातु र दुर्लभ खनिजको आपूर्तिलाई ‘सुरक्षित’ गर्न मङ्गलबार सम्झौतामा हस्ताक्षर गरेको थिए ।
चीन र जापान प्रमुख व्यापारिक साझेदार हुन् तर ऐतिहासिक अविश्वास र क्षेत्रीय प्रतिद्वन्द्विता र सैन्य खर्चको विवादले प्रायः ती सम्बन्धहरूको परीक्षण गर्दछ ।
जापानको नयाँ मन्त्रिपरिषद्ले चीनसँगको सहकार्यका लागि राम्रो ‘पहिलो कदम’ को आशा गरिएको छ,” चिनियाँ वक्तव्यमा भनिएको छ ।
Leave a Reply