सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भक्तपुर, ११ कार्तिक । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुर नगर, भक्तपुरको निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयु र हिमालयन ग्लोरी स्काउट ट्रुपको आयोजनामा कमलविनायक भक्तपुरमा भएको छठ पर्वमा दुईदिने सेवा क्याम्प सम्पन्न भएको छ ।
कार्तिक १० र ११ गते भक्तपुरको कमलपोखरीमा उपत्यकामा रहेकाहरूले छठ पर्व मनाउने गरेकोमा स्थानीय स्काउट कार्यालयले सेवा क्याम्प सञ्चालन गरेको स्थानीय प्रमुख आयुक्त बालकृष्ण बनमालाले बताउनुभयो । सेवा गर्न र युवाहरूलाई अभिप्रेरित गराउन क्याम्पको थालनी गरेको बनमाला बताउनुहुन्छ ।
स्थानीय सामुदायिक विकास आयुक्त पुष्पा प्रजापतिले सामुदायिक सेवा भावलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
क्याम्प निओ फ्युजन ओपन रोभर रेञ्जर क््रयुको अगुवाइमा हिमालयन ग्लोरी स्काउट ट्रुपको सहभागितामा सम्पन्न भएको हो । युवा लक्षित स्काउटको क्रियाकलापलाई अगाडि बढाउन, सामाजिक तथा देशभक्त कार्यमा आफ्नो सहभागिता गराउन क््रयु सञ्चालन गरिएको हो । छठ पूजामा सहभागी भक्तजनलाई व्यवस्थित गर्ने, लाइन व्यवस्थापन र प्रसाद वितरण कार्य गरेको सिनियर टिममेट बिमद बाहालाले भन्नुभयो ।
Leave a Reply