कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, १२ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई बुधबार बिदाइ गर्नुभयो । बिदाइमा नगर प्रमुख प्रजापतिले प्रजिअ घिमिरेलाई पुष्पगुच्छा, मयुरको झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
प्रजिअ घिमिरेलाई बिदाइ गर्दै नगर प्रमुख प्रजापतिले देशभक्त कर्मचारीहरूले जस्तोसुकै परिस्थितिमा पनि देश र समाजप्रति इमानदार भएर काम गर्नुपर्ने बताउनुभयो ।
प्रजिअ घिमिरेले प्रजिअको जिम्मेवारी सम्हालेको एक साता नबित्दै नेपालमा भएको जेन–जी प्रदर्शन भएको बताउँदै आन्दोलनको क्रममा भक्तपुरमा तुलनात्मकरूपमा कममात्र क्षति भएको बताउनुभयो । उहाँले आन्दोलन, विपद् र चाडपर्वका कारण भक्तपुरमा निकै छोटो समय अवधि मात्र काम गर्न पाएको बताउनुभयो ।
गृहमन्त्रालयबाट प्रजिअ घिमिरे दुई महिनाअघि भक्तपुरको प्रजिअमा सरुवा भएर आउनुभएको थियो । प्रजिअ घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा हुनुभएको छ ।
Leave a Reply