भर्खरै :

संयुक्त राष्ट्रसङ्घीय आयोगद्वारा गाजामा युद्धविराम सुनिश्चित गर्न आग्रह

संयुक्त राष्ट्रसङ्घीय आयोगद्वारा गाजामा युद्धविराम सुनिश्चित गर्न आग्रह

न्यूयोर्क, १२ कार्तिक (क्यूएनए) । प्यालेस्टिनी क्षेत्रको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सदस्य राष्ट्रहरूलाई गाजापट्टीमा युद्धको अन्त्य गरी प्यालेस्टिनी आत्मनिर्णयको अधिकारका रक्षा गर्न प्यालेस्टिनी राज्यको मान्यताको लागि अन्तर्राष्ट्रिय समर्थन सुनिश्चित गर्न आग्रह गरेको छ ।
आयोगका अध्यक्ष नवी पिल्लेले विज्ञप्ति जारी गर्दै सदस्य राष्ट्रहरूले पीडितहरूका लागि न्याय र जवाफदेहिता सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । विश्वव्यापी क्षेत्राधिकार प्रयोग गरेर अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई यसको अनुसन्धानमा समर्थन गर्ने पनि उहाँले सुझाउनुभएको छ ।
“इजरायली अधिकारीहरूले गाजामा स्थायी सैन्य नियन्त्रण कायम गरी यसको जनसाङ्ख्यिकीय संरचना परिवर्तन गर्ने निरन्तर कारबाही जारी राखेको उहाँले बताउनुभएको छ । नागरिकको अस्तित्वका लागि आवश्यक नागरिक पूर्वाधार र प्राकृतिक स्रोतहरूको कोरिडोर नष्ट हुनुका साथै क्षेत्रहरू टुक्रिएको उहाँले बताउनुभएको छ ।
गाजामा प्यालेस्टिनीहरूलाई ‘नष्ट’ गर्ने उद्देश्यका साथ गाजाको नरसंहारका लागि इजरायली सेना जिम्मेवार रहेको आयोगले निष्कर्ष निकालेको छ ।
पिल्लेले आयोगले इजरायली राष्ट्रपति, प्रधानमन्त्री र पूर्वरक्षामन्त्रीले नरसंहारका लागि उक्साएको पनि आयोगले पत्ता लगाएको बताउनुभएको छ । यी निष्कर्षहरूको सारांश संयुक्त राष्ट्र महासभाको तेस्रो समितिसमक्ष प्रस्तुत गरिएकासमेत प्रतिवेदनमा समावेश गरिएको छ ।
“पूर्वी जेरुसेलमसहित कब्जा गरिएको वेस्ट ब्याङ्कमा, इजरायली नीति र कार्यहरूसन् २०२३ अक्टोबर देखि लागू गरिएको छ भने आपराधिक कार्यको लागि प्यालेस्टिनीहरूलाई जबरजस्ती स्थानान्तरण गर्ने, इजरायली नागरिकको उपस्थिति विस्तार गर्ने र वेस्ट ब्याङ्कको अस्थिस्वलाई विलय गर्ने कार्य निरन्तर भइरहेको जनाइएको छ ।
गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको ‘नयाँ अध्यायको’ घोषणा
यसैबिच इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा ३५ बालबालिकासहित कम्तीमा १०० जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेको केही समयपछि इजरायलले बुधबार गाजा युद्धविरामको ‘नयाँ अध्यायको’ घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्स मार्फत इजरायल सेना (आईडीएफ) ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र राजनीतिक नेतृत्वको निर्देशनमा ‘आतङ्ककारी साइटहरू’ र हमासका कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।
मङ्गलबार इजरायली प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नेतान्याहूले सेनालाई ‘गाजा पट्टीमा तुरुन्तै बलपूर्वक आक्रमण गर्न’ निर्देशन दिएको इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ । आईडीएफले इजरायली सुरक्षा एजेन्सी (आइएसए) सँगको समन्वयमा कमान्ड समालिरहेका ३० जना हमास कार्यकर्ताहरूलाई लक्षित गरी आक्रमण गरेकोसमेत बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *