पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
दर्शन र वास्तविकताबिचको रिक्तता फराकिलो हुन सक्दैन । बेलायत, फ्रान्स र अन्य केही देशले (तर, अमेरिका होइन) औपचारिकरूपमा प्यालेस्टिनी राज्यलाई मान्यता दिएका छन् । यथार्थमा स्वतन्त्र मान्यता पाउनेवाला भनिएको उक्त राज्य विश्व दृष्टिबाट बिस्तारै हट्दै गएको छ । इजरायली सेनाले गाजालाई कब्जा गरिएको एउटा उजाड भूमिमा परिणत गरेका छन् । इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले प्यालेस्टिनी प्रशासनलाई भोकमरीले ग्रस्त बनाएका छन् । सेप्टेम्बर ३ मा उनले गाजा विलयको आफ्नो दृष्टिकोणसहितको एउटा नक्सा प्रस्तुत गरे । नक्साले इजरायलले वेस्ट बैङ्कको १८ प्रतिशतबाहेक सबै भूभाग नियन्त्रण गरेको देखाएको छ, जुन क्षेत्र सन् १९६७ मा इजरायलले कब्जा गरेको थियो र यसका सहरलाई छवटा अवरुद्ध टापुमा परिणत गरिएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ग्रेटर इजरायलको सपना बाँड्ने गर्छन् । उनको अति–राष्ट्रवादी सरकारले पश्चिमा देशले प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिएमा पश्चिमी किनारालाई गाभ्ने धम्की दिएको छ । वास्तवमा भन्ने हो भने पश्चिम किनारालाई गाभ्ने काम पहिले नै सुरु भइसकेको छ । विडम्बना यो छ कि प्यालेस्टिनी राज्यको दृष्टिकोण बाहिरबाट जति बलियो देखिन्छ, भित्र त्यति नै फिक्का हुँदै जान्छ । प्यालेस्टिनी राज्यको अस्तित्व कस्तो अवस्थामा छ भनेर थाहा पाउन तीन दशकदेखि प्यालेस्टिनी प्राधिकरण (पिए) को प्रशासनिक केन्द्र रमल्लाह जानुहोस् । गाजाले दुई वर्षदेखि विनाशको सामना गरिरहेको बेला कब्जा गरिएको पश्चिम किनारमा जेरुसेलमभन्दा माथि रहेको रमल्लाह अझै पनि आकर्षणको केन्द्रबिन्दु हो । यहाँका विचित्र ढुङ्गा भएका सडकमा प्रत्येक महिना नयाँ बार, क्याफे र सरकारी भवन देखा पर्छन् । अझै पनि यो पोटेमकिन गाउँजस्तो लाग्छ ।
धेरैजसो रात इजरायली सेनाले रमल्लाहमा छापा मार्छन्, कहिलेकाहीँ राष्ट्रपति भवन मुकातावरपर इजरायली झन्डा फहराउँदै आफ्ना सैन्य गाडी परेड गराउँछन् र यसको शक्तिहीनताको खिल्ली उडाउँछन् । दिउँसोको समयमा पनि इजरायलीको गोलीबारीको आवाज सहरको केन्द्रसम्म प्रतिध्वनित हुन्छ । यसैबिच इजरायली अधिकारीले आर्थिक युद्ध गरिरहेका छन् । सन् १९९४ मा स्थापना भएदेखि प्यालेस्टिनी अथरिटी (पिए) इजरायलले आफ्नो बन्दरगाहमा आफ्नो तर्फबाट सङ्कलन गर्ने भन्सार राजस्वमा निर्भर छ । इजरायलको वर्तमान सरकारले ती कोषको स्थानान्तरण रोकेको छ । पिएले केही कर्मचारीको तलब कटौती वा आधा घटाएको छ र त्यो भुक्तानीमा विलम्ब गरेको छ । पैसा बचत गर्न पिएले एक हप्ताका लागि विद्यालय खोल्न ढिलाइ गरेको छ, कर्मचारी र सुरक्षा बललाई सातामा दुई दिन काम गर्न भनेको छ ।
त्यहाँ अझ नराम्रो सङ्केत देखिन्छ । प्यालेस्टिनी बैङ्किङ प्रणाली इजरायलसँग जोडिएको छ । तर, इजरायली अर्थमन्त्री स्मोट्रिचले इजरायली बैङ्कलाई प्यालेस्टिनी बैङ्कसँग पत्राचार गर्न रोकेका छन् । ताकि, कम्पनीहरूले इजरायलबाट आउने सामानका लागि भुक्तानी गर्न नसकून् । दोस्रो विद्रोहको गहिराइमा पनि इजरायलबाट कन्टेनरहरू वेस्ट बैङ्कमा प्रवेश गरे । तर, त्यो प्रवाह पनि सुस्त भएको छ । “केही साताभित्र हामीसँग आधारभूत सामग्री र इन्धनको रूपमा प्रयोग हुने पेट्रोल सकिनेछ,” मौद्रिक प्राधिकरणका प्रमुख याह्या सुन्नार भन्छन् । इजरायलमा शारीरिक श्रमिकको रूपमा प्यालेस्टिनीहरू कमाइका लागि पुनः फर्किन सक्षम थिए । तर, अक्टोबर ७, २०२३ को आक्रमणपछि इजरायलले तिनीहरूलाई प्रवेश गर्नबाट रोक लगाएको छ ।
झट्ट हेर्दा रमल्लाहमा छोडेपछि परिदृश्य प्यालेस्टिनीबाट इजरायलीमा परिवर्तन हुन्छ । सडक चिह्नहरूले प्यालेस्टिनी सहरहरू होइन, यहुदी बस्तीलाई औँल्याउँछन् । प्रायः हिब्रुको अरबी लिप्यान्तरणहरू कालो पारिएको हुन्छ । हिब्रु भाषामा रहेको बिलबोर्डले पहाडी युवालाई अभिवादन गर्दछ, यहुदी अतिवादीहरू अरबहरूको भूमिबाट मुक्ति पाउने अभियानमा छन् ।
यी यहुदी बसोबास गर्नेले जग्गा कब्जा गर्ने प्रक्रियालाई तीव्र पारेका छन् । यहुदी बसोबास गर्नेहरूले अत्याधुनिक हतियारसहितका दर्जनौँ नयाँ कृषिचौकी स्थापना गरेका छन्, जुन २०१८ देखि चार गुणाले वृद्धि भएको छ । इजरायली अनुगमनकर्ता केरेम नाभोटका अनुसार इजरायली सेनाले अब वेस्ट बैङ्कको १४ प्रतिशत भूभाग ओगटेको छ । केही गोठाला यति हिंस्रक छन् कि तिनीहरूलाई पहिले इजरायलको सशस्त्र सेनामा भर्ती हुन निकै खतरनाक मानिन्थ्यो । विगतको सरकारले उनीहरूको छापा माथ्र्यो । तर, वर्तमान सरकारले उनीहरूलाई बन्दुक र पोसाक दिन्छ ।
प्यालेस्टिनीहरूको स्वायत्त राज्यको दृष्टिकोणको लागि ठुलो खतरा यो हुनसक्छ कि कोही–कोहीले इजरायलसँग थप सम्झौता खोजिरहेका छन् । नेतन्याहुका सल्लाहकार प्यालेस्टिनसँग प्रत्यक्षरूपमा व्यवहार गर्ने स्वशासित नगरपालिका हेब्रोन इमिरेट स्थापना गर्ने कुरा गर्छन् । यसले पश्चिम बैङ्कको सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर, मुख्य आर्थिक केन्द्र र करको प्रमुख स्रोतलाई पिएबाट टाढा राख्छ । यसले इजरायली झन्डामुनि वेस्ट बैङ्कको समावेशका लागि मार्गप्रशस्त गर्न सक्छ ।
अहिलेका लागि कम्तीमा धेरैजसो हेब्रोनाइटहरू आफ्नो भूमिमा रहनेछन् र इजरायलसँगको प्रत्यक्ष सम्बन्धबाट लाभ उठाउन सक्नेछन् । उनीहरूलाई प्यालेस्टिनप्रति थोरै माया छ । हेब्रोनमा प्रभुत्व जमाउने जनजाति र व्यापारी परिवारले सधैँ प्यालेस्टिनलाई आफ्नो कर तिर्दै आएका छन् । लन्डनमा हेब्रोनभन्दा बढी प्यालेस्टिन झन्डा छन् । इजरायली बैङ्कहरूसँगको प्रत्यक्ष सम्बन्धले व्यवसायलाई आकर्षक बनाएको छ । केही व्यापारीले पहिले नै इजरायली बैङ्क खाता खोलिसकेका छन् । अरूले नागरिकताका लागि आवेदन दिने र इजरायलका प्यालेस्टिनी नागरिकजस्तै सापेक्षिक विशेषाधिकारको सुविधा लिने सपना पनि देख्छन् । बेथलेहेमका एक सुन व्यापारी भन्छन्, “हामी इजरायली राहदानी प्राप्त गर्ने ध्याउन्नमा छौँ । हामी यो जेलबाट मुक्त हुनेछौँ । पर्यटक फर्कनेछन् र हामी यात्रा गर्न सक्षम हुनेछौँ ।”
कतिपय प्यालेस्टिनीलाई इजरायलको अधीनमा रहनु एक सौम्य विकल्पजस्तो लाग्छ । यदि प्यालेस्टिनीलाई जनमतसङ्ग्रहमा इजरायलले उनीहरूलाई प्रत्यक्ष शासन गर्नुपर्छ कि पर्दैन भनेर सोधियो भने धेरैले सहमति जनाउन सक्छन् । तर, इजरायलको यहुदी जनसङ्ख्या पहिलेभन्दा कम एकीकरणको पक्षमा छ । आधाभन्दा बढी इजरायली नागरिकता भएका प्यालेस्टिनीलाई निर्वासित गर्न चाहन्थे । लगभग ८० प्रतिशतले गाजाबाट प्यालेस्टिनीलाई निष्कासन गर्न चाहेको मे महिनामा गरिएको एक सर्वेक्षणले देखाएको थियो । इजरायलले गाजामा गरेको काम पश्चिमी किनारामा पनि दोहो¥याउन सक्ने धेरै प्यालेस्टिनीमा त्रास छ । न्युयोर्कको उत्साह बेथलेहेमसम्म पुगेको छैन । त्यहाँका एक किराना पसलेले भनेझैँ हामीले सिकेका छौँ कि राम्रोको लागि परिवर्तनको वाचा सधैँ खराबमा समाप्त हुन्छ ।
– ‘द इकोनोमिस्ट’ बाट
Leave a Reply