भर्खरै :

सार्वभौमिकता

सार्वभौमिकता

लघु कथा

देशकै एउटा नमुना प्रतिष्ठित कलेज थियो । त्यो कलेजमा नव आगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम हुँदै थियो । नव आगन्तुक विद्यार्थीले खचाखच भरिएको उक्त कार्यक्रममा देशको भविष्यका निर्माता विद्यार्थी भाइ बहिनी र शासकहरूलाई देशको कमजोर अवस्थालाई सङ्केत गरेर सचेत पार्दै प्रमुख अतिथिले भन्नुभयो, “सार्वभौमिकता भनेको त्यस्तो शक्ति हो, जसले भित्री या बाहिरी कुनै पनि शक्तिको अगाडि झुक्दैन । त्यस्तो देशमात्र सार्वभौम हुन्छ । हाम्रो देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, सेना, प्रहरी, कर्मचारी आदिमा यसको अभाव हुँदा देशले यो दुर्गति भोग्नुप¥यो । विदेशीको थिचोमिचो, हस्तक्षेप, धम्की बढेको बढेकै छ । हाम्रा सरकारहरू विदेशीसामु झुकेका छन् । उनीहरूले एससीसीसँग लड्ने हिम्मत गर्न सकेका छैनन् । उनीहरू आफ्नो खुट्टामा उभिन सकेका छैनन् । बस भन्यो बस्यो, उठ भन्यो उठ्यो । किन बस्ने ? किन उठ्ने ? भनेर प्रश्न गर्ने हिम्मत उनीहरूले गर्न सकेका छैनन् । त्यसैले डराउने होइन, बरु लड्ने हो । विदेशीसँग देशको हितमा आफ्नै खुट्टामा उभेर अडान राख्ने हो ।
प्रमुख अतिथिको निश्चल, निडर, देशभक्ति भनाइ सुनिरहेका शिक्षक, प्राध्यापक साथीहरू एक आपसमा हेराहेर भए । त्यसमध्ये विश्वको इतिहास र परिवर्तनमा चाख राख्ने एक शिक्षकले भनिहाले, “यस्तै सार्वभौम र देशभक्ति भावना, शक्ति भएर नै इरानले विश्वलाई हुकुम, साम्राज्य चलाइरहेको अमेरिकालाई तावामा परेको माछाजस्तै बेचैन पारिदिएको छ । संरा अमरिका न त अगाडि बढ्न सक्ने अवस्थामा छ न त पछाडि भाग्न सक्ने अवस्थामा छ । पहिरोमा ठुलो ढुङ्गाले च्यापेको मान्छेजस्तो भएको छ । इरानी सरकार, सेना र जनता एक ढिक्का भएर आक्रमणकारी अमेरिकासँग लडिरहेका छन् । जसरी हिजो भियतनामी जनता, कोरिया र चिनियाँ जनता लडेका थिए । हतियार मुख्य होइन, देशभक्त भावना, विचार मुख्य हो भन्ने कुरा यसले पनि पुष्टि गरेको छ । भूगोल पनि हतियार हुन सक्छ भन्ने कुरा देखाएको छ । यसरी अमेरिका इरानको अगाडि झुक्न बाध्य हुँदै छ । सेनामा यस्तै देशभक्त भावना नहुँदा, विदेशीको गोटी गुलाम भइदिँदा सद्दाम हुसेन, कर्णेल गद्दाफीले वीरगति प्राप्त गरे । मादुरो दम्पत्ति अपहरणमा परे ।”
अर्को प्राध्यापक साथीले पनि थपे, “नेपाली सेनामाथि पनि यस्तै प्रश्न उठेको छ । आफ्नै नाकमुनि देशको महत्वपूर्ण ऐतिहासिक सम्पदा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन आदि जलाउँदा पनि, तोडफोड गर्दा पनि बुँख्याचाजस्तो भए । जेलमा हुनुपर्ने देशका सम्पत्ति जलाउने, अपराधी, मतियारहरू नै आज सरकार र संसद्मा छन् । ती सम्पदा सैनिक मुख्यालत्न्दा पनि बढी महत्वपूर्ण प्रशासनिक केन्द्र हुन् । ती सम्पत्तिलगायत देशभरका प्रहरी कार्यालयहरूमा एकैचोटि आगो लगाउने देशभक्त नेपाली युवा, विद्यार्थी हुनै सक्दैनन् । उनीहरू नेपाली अनुहारका विदेशीद्वारा पालित–पोषित, परिचालित देशघातीहरू हुन् । यस्तो काम अमेरिका र भारतबाहेक कसैले गर्न सक्दैन, जुन घटनाक्रमले पुष्टि हुँदै आएको छ । त्यसैले हाम्रो देश पनि इरान, चीन, उत्तर कोरियाजस्तो हुनु आवश्यक छ । शान्ति भए शान्ति, युद्ध भए युद्ध, होइन सरहरू ?”
त्यो त सही हो भन्दै कार्यक्रम सकेकोले सबै शिक्षक, प्राध्यापक साथीहरू चियापानमा सघाउन त्यहाँबाट हिँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *