शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
पैसा बाँडेर, लोभलालच देखाएर निर्वाचन जित्न सकिन्छ; सरकारको नेतृत्व गर्न सकिन्छ । तर, निर्वाचनमा जित्दैमा बहुमत प्राप्त हुँदैमा समाजवाद आउँदैन; क्रान्ति हुँदैन । किनकि यो पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थामा जुनसुकै दलको बहुमत प्राप्त गरे पनि मौलिक परिवर्तन गर्न सक्दैन । त्यसो त यो व्यवस्थामा कम्युनिस्ट पार्टीले पटक पटक सरकारको नेतृत्व ग¥यो । कम्युनिस्ट पार्टी भनिने दलले सरकारको नेतृत्व गरे पनि यहाँ मौलिक परिवर्तन भएन । बहुमत जनताको हितमा कुनै ऐन कानुन बनेन । यसले थाहा हुन्छ, कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन भए पनि पुँजीवादी बन्दोबस्तलाई पल्टाउन सक्दैन । पुँजीवादी व्यवस्था निर्वाचनले पल्टाउन सक्दैन । आफूलाई ठुला र कम्युनिस्ट भनिने दलका नेताहरू यही व्यवस्थाभित्र रहेर आमूल परिवर्तन गर्ने कुरा फुक्दै छन् । उनीहरू परिवर्तनको निम्ति अर्को आन्दोलन गर्न नपर्ने बताउँछन् । के यो कम्युनिस्टविरोधी विचार होइन ? कम्युनिस्ट भन्ने पार्टीले कम्युनिस्टको सिद्धान्त र विचार नमान्ने पार्टी कसरी सच्चा कम्युनिस्ट पार्टी हुन्छ ? त्यसकारण एमालेलाई भाइकाङ्ग्रेस भनिएको हो ।
कम्युनिस्टको विरोध गरेर कम्युनिस्टको भजन गाउने काम बेइमानी हो; त्यो बेइमानी राजनीति हो । कम्युनिस्ट भनिने दलको सरकारले कम्युनिस्ट शासनको नाउँमा कम्युनिस्ट पार्टीहरूकै बदनाम गर्ने काम ग¥यो । कम्युनिस्ट आन्दोलन अघि बढाउनुपर्ने दलले कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको खुट्टा तान्ने काम ग¥यो । राजनीतिलाई कमाउने माध्यम बनाएर पद र पैसाको निम्ति राजनीति गर्ने काम ती दलका नेताहरूले गरेकै कारण सत्तारुढ दलप्रति जनताको विरोध भएको हो; जनता असन्तुष्ट भएका हुन् । तिनै शासक दलका नेता, मन्त्री र सांसदहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पछि दगुरे । राजनीतिको नाउँमा कमाउधन्धामा लाग्ने, गैरसरकारी संस्थाको पछि लाग्ने, ठेकेदार, जालीफटाहा, आपराधिक व्यक्तिहरूलाई काखी च्याप्ने दलका नेताहरूको पछि लागेर देश बन्दैन, देशको प्रगति हुँदैन । कारबाही गर्नुपर्ने आपराधिक व्यक्तिहरू च्याप्ने दल र दलका नेताहरूको शासन कसरी सुशासन हुन्छ ? यो सरकार त्यस्ता अपराधी, भ्रष्टाचारी, कमिसनखोर, जालीफटाहा र विदेशी शक्ति राष्ट्रबाट सञ्चालित सङ्घ संस्थाको घेरामा रहेर, उनीहरूसँग चन्दा उठाएर राजनीति गर्नेहरूदेखि सावधान हुनुपर्छ । अतः सरकारको नेतृत्व फेर्नु नै क्रान्ति होइन ।
कम्युनिस्ट भनिने दलका नेताहरूको कार्यशैली, अभिव्यक्ति र क्रियाकलापले उनीहरू सच्चा समाजवादी होइनन्; सच्चा कम्युनिस्ट पार्टी होइनन् भन्ने थाहा हुन्छ । आज उनीहरू सिद्धान्त एक थरी र व्यवहार अर्को थरीको कारण बदनाम भएका छन्; नालायक साबित भएका छन् । ठेकेदारहरू नै भ्रष्टाचारमा संलग्न भएको अर्थविद् र राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । देशमा देशी विदेशी प्रतिक्रियावादीहरूको चलखेल या षड्यन्त्र भइरहेको हुन्छ । गैरसरकारी सङ्घ संस्थामा संलग्न व्यक्तिहरू नेपालको आन्तरिक कुरा बाह्य मुलुकका गुप्तचरकहाँ पु¥याएर नेपाललाई कमजोर बनाउने या सरकारप्रति विश्वास गुमाउने काम गर्छन् । त्यसको सूचना सरकारलाई थाहा हुँदैन । देशको मन्त्रालयको आन्तरिक कुरा र कतिपय निर्णय तुरुन्तै भारतीय र अमेरिकी दूतावासमा पुगेको हुन्छ । देशको आन्तरिक कुरा, आन्तरिक मतभेदको कुरा विदेशी शक्ति राष्ट्रलाई थाहा हुन दिनु हुँदैनथ्यो । भारतीय र अमेरिकी सरकार नेपालको प्रगति हेर्न चाहँदैनन् । देशलाई असफल बनाउने, कमजोर बनाउने, बिगार्ने, आन्तरिक द्वन्द्व बढाउने काममा गैरसरकारी संस्था लागेको हुन्छ । यसबारे सरकार सचेत हुनुपर्नेमा सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू नै गैरसरकारी संस्थामा फसेपछि, त्यसमा दौडधूप भएपछि देश कसरी बन्छ ?
सरकारमा बसेर आन्दोलन दबाउने, बहुमतको अङह्कार जोडेर अरुको कुरा नसुन्ने, आफूले जे काम र निर्णय गरे पनि सही ठान्ने शासकहरूको कारण युवाहरू आन्दोलित भए । अमेरिकी र भारतीय सरकारको हात नभएको भए, आन्दोलनमा देशी विदेशी प्रतिक्रियावादीहरू, अपराधीहरू, जालीहरू नघुसेका भए के सिंहदरबार जल्थ्यो ? संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनको कार्यालय जल्थे ? बहुमतको सरकार भनेर मात्र हुँदैन । त्यो बहुमत जनताको प्रतिनिधित्वि गर्ने बहुमत जनताको सेवा गर्ने सरकार हुनुपर्छ ।
राजनीति ख्याल ठट्टा गर्न होइन; उखान सुनाएर मख्ख पार्ने होइन । सतही राजनीति सफल हुनेछैन । सतही राजनीतिमा गम्भीरता हुँदैन; दूरदर्शी सोच हुँदैन । अगाडिको मात्र फाइदा हेरेर पछिको नसोच्ने अवसरवादी प्रवृत्तिले पनि देशको राजनीति बिग्रिएको हो । राजनीतिलाई कमाउने माध्यम, पदमा पुग्ने माध्यम बनाइयो भने त्यहाँ कहिले पनि सच्चा राजनीति हुँदैन । राजनीतिमा नै खोट हुन्छ भने त्यो राजनीति कसरी सफल हुन्छ ? देशलाई सत्मार्गमा लैजान सही राजनीति हुनुपर्छ ।
Leave a Reply