भर्खरै :

साहित्य संवद्र्धन केन्द्रद्वारा श्रष्टा सम्मानित

काठमाडौँ, १ वैशाख (रासस) ः साहित्य संवद्र्धन केन्द्रद्वारा हरेक वर्ष दिँदै आइएको ‘साहित्य संवद्र्धन द्रष्टा सम्मान’ समालोचक प्रा डा दयाराम श्रेष्ठलाई प्रदान गरिएको छ । एक कार्यक्रमबीच आज उहाँलाई रु ११ हजार १११ राशिको उक्त सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी रु २६ हजार राशिको ‘हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार’ समालोचक तथा निबन्धकार प्रा डा तारानाथ शर्मा र रु १६ हजारको ‘विश्वज्योति सेवा सम्मान’ बालबालिकाको संरक्षणमा समर्पित जगद्गुरू आदर्श संस्कृत गुरूकुलमलाई प्रदान गरिएको हो ।
यस्तै, रु ११ हजार १११ को ‘शारदादेवी सिर्जना पुरस्कार’ कवि तथा कथाकार भुवन ढुङ्गाना, ‘राधिका–पदम–दुर्गा–काव्य÷कविता पुरस्कार’ कवि रमेश खकुरेल र ‘जम्बकुमारी–टीकावल्लभ साहित्य सम्मान’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरिएको छ ।
यसैगरी, रु १० हजारको ‘गुरू रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ साहित्य सेवी गुरू रोहिणीविलास लुइँटेल र ‘निर्मला–प्रेम बाल साहित्य सम्मान’ नेपाली बाल साहित्यको विकासमा समर्पित नेपाल बाल साहित्य समाजलाई समर्पण गरिएको संस्थाका महासचिव विनयकुमार शर्मा नेपालले जानकारी दिनुभयो ।
साहित्य संवद्र्धन केन्द्रद्वारा तयार गरिएको र शब्दार्थ प्रकाशनबाट प्रकाशित ज्ञानु अधिकारीद्वारा सम्पादित २०७३ सालभरिका पुस्तकको अभिलेखन ग्रन्थ वर्ष साहित्य पुस्तक–२०७३, नारायण ज्ञवालीको भर्तृहरि नीति शतक (अनुवाद), हरि थापाको मियो (गजल सङ्ग्रह) र त्रिभुवनचन्द्र वाग्लेको ‘दोभानमा उभिएर’ (कविता सङ्ग्रह) समेतको विमोचन गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष प्रा राजेन्द्र सुवेदी, महासचिव विनयकुमार शर्मा नेपाल, सल्लाहकार वसन्तकुमार शम्र्मा नेपाल, प्रा गोपीकृष्ण शर्मा, प्रदीप नेपाल, ठाकुर शर्मा तथा सम्मानित व्यक्तित्व प्रा डा तारानाथ शर्माले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *