राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२

जुम्ला, १७ कार्तिक । नेमकिपा जुम्लाका नेता तथा कार्यकर्ताहरूको जनतासितको भेटघाट कार्यक्रम चालु छ । सोही क्रममा आइतबार नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले कनकासुन्दरी लड्कु गाउँका स्थानीय जनतासँग भेटघाट गर्नुभयो ।
उक्त भेटमा केन्द्रीय सदस्य काफ्लेले नेमकिपाले स्थापनाकालदेखि बहुमत जनताको हितको निम्ति सङ्घर्ष गरिरहेको चर्चा गर्दै समाजवादी व्यवस्थाले मात्र कामदार जनताको हित गर्न सकिने भएकोले पार्टीले समाजवादी प्रचार अभियानमा जोड दिइरहेको बताउनुभयो ।
नेमकिपाले कम्युस्टि पार्टीमा देखिएको खोटो विचारको खण्डन गर्दै परिवर्तनको निम्ति सङ्घर्ष गर्न जनतालाई सचेत गरिरहेको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका विद्यार्थी दीपेन्द्र काफ्लेले कार्यकर्ताहरू लोभलालचमा फस्न नहुने र जनता पैसा र भोजमा बिकेकै कारण पुँजीपति र जालीफटाहाहरूले रजाइँ गरिरहेको बताउनुभयो ।
Leave a Reply