नौ बाजा वादक मनसादेवी रञ्जित महर्जन
- मंसिर २७, २०८२

सिन्धुली, १७ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सिन्धुलीको कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाबिच सोमबार कमलामाई नपामा भेट भयो । भेटमा उहाँहरूबिच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत विविध विषयमा अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइलगायत जनताका आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखेर काम गर्दैै आएको प्रस्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले नगरपालिकाले नगरवासी विद्यार्थीहरूलाई शैक्षिक ऋण र छात्रवृत्तिजस्ता सुविधा प्रदान गरी गरिब परिवारका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर पर्यटकीय र सांस्कृतिक नगर पनि भएको उल्लेख गर्दै नपाले पर्यटनलक्षित विविध गतिविधि गर्नुका साथै युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन पनि सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले नगरपालिकाहरू पूर्ण स्वायत्त हुनुपर्ने र सक्षम नगरपालिकालाई विश्वविद्यालय सञ्चालन गर्न सरकारले सहयोग गर्नुपर्ने बताउँदै भक्तपुर नपाले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्यले ख्वप विश्वविद्यालय सञ्चालनको प्रयास गरिरहेको बताउनुभयो ।
कमलामाई नपाका उपप्रमुख मन्जु देवकोटाले सीमित स्रोतसाधन बिचमा पनि कमलामाईले नगर विकासका असीमित आवश्यकताहरूलाई पूरा गर्ने प्रयत्न गर्दै आएको बताउँदै कमलामाई नपाको जनसङ्ख्या, भौगोलिक विकटता आदिबारे जानकारी दिँदै सिन्धुलीको कमलामाई मन्दिर यहाँको प्रसिद्ध मन्दिरको रूपमा रहेको बताउनुभयो ।
स्थानीय सरकारलाई केन्द्रले नियन्त्रण गर्दा स्थानीय तहले स्वतन्त्र र स्वायत्त ढङ्गले काम गर्न नसकिरहेको बताउँदै उहाँले कमलामाईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
उहाँले कृषि र पशुलाई पनि जोड दिँदै किसानहरूलाई बिनाब्याज र धितो रु. ५ लाखसम्म ऋण प्रदान गर्दै आएको बताउँदै सुुत्केरीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि नपाले गरेको बताउनुभयो ।
सिन्धुलीमा ऐलानी र पर्ती जग्गा धेरै भएको उल्लेख गर्दै उहाँले नगरको पूर्वाधार विकासलाई व्यवस्थित बनाउँदै नयाँ नयाँ कार्यक्रमहरू अगाडि सार्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।
भेटमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य रोशनमैंया सुवाल, सिन्धुली नगरपालिका वडा नं ४ का वडाध्यक्ष महेन्द्रप्रसाद ढकाल, कानुन अधिकृतलगायत शाखा प्रमुखहरूको उपस्थिति थियो ।
भेटपश्चात् नगर प्रमुख प्रजापतिले उपप्रमुख देवकोटालाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।
Leave a Reply