भर्खरै :

जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना

जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना

भक्तपुर, १९ कार्तिक । जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार आयोजित बृहत् प्रदर्शनी तथा खाद्य स्टलको मेला सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले गर्नुभयो ।
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर सांस्कृतिक सम्पदाको सहर मात्र नभई शिक्षा र स्वास्थ्य क्षेत्रको दृष्टिले पनि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रमको माध्यमबाट यहाँको जीवन्तता जोगाउन र जगेर्ना गर्न धेरै हदसम्म सहयोग गरेको उहाँले बताउनुभयो ।
उहाँले विद्यार्थीहरूको प्रदर्शन अवलोकन गर्दै विद्यार्थीहरूलाई हौसला दिनुभयो । उक्त मेलामा नेवारी खाद्य स्टल योमरी, बारा वः, समेबजी तथा यहाँको स्थानीय उत्पादनका स्टलहरू राखिएका थिए ।
सो मेलामा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।
मेलामा विद्यार्थीहरू आफैले तयार पारेका करिब एक सत्न्दा बढी स्टलहरूमा करिब २०० प्रकारका सामग्रीहरूको प्रदर्शन गरिएको थियो । ती स्टलहरूमा विज्ञान, गणित, ख्वपका ऐतिहासिक तथा मौलिक सामग्रीहरूका साथै दैनिक उपभोग्य खाद्यलगायत उपभोग्य वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
विद्यार्थीहरूले आफ्नो सीपको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *