जेन्युइनमा बृहत् प्रदर्शनी तथा खाद्य मेला आयोजना
- कार्तिक २०, २०८२

भक्तपुर, १९ कार्तिक । भनपा वडा नं. १० कार्यालयको नेतृत्वमा स्थानीय बासिन्दाहरूको एक टोलीले नगरकोट सडक खण्डअन्तर्गत बेखाल ज्याखु फल्चा (पाटी) देखि खरिपाटी ब्यारेकसम्मको सडक स्तरोन्नति गर्ने सन्दर्भमा मङ्गगलबार सडक डिभिजन कार्यालय भक्तपुरको ध्यानाकर्षण ग¥यो ।
विगत केही वर्षदेखि उक्त सडक वर्षामा हिलाम्य र सुख्खा मौसममा धुलाम्य हुने र ठाउँ–ठाउँमा खाल्डाखुल्डी भएका कारण सडक आवतजावत गर्न समस्या हुनुका साथै बरोबर दुर्घटना भएकोले सो सडक समयमै स्तरोन्नति गर्न टोलीले ध्यानाकर्षण गरेको हो ।
सडक खाल्डाखुल्डी भएका कारण सडक जाम हुने, समयमा निर्धारित स्थानमा नपुग्ने आदि समस्या रहेको स्थानीय जनताको गुनासो हो । धुलोको कारण दमखोकी र रुघाखोकी रोगीहरू बढेको पनि उनीहरूको भनाइ रहेको छ ।
प्रमण्डलको नेतृत्व गर्दै भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद हयाँैमिखाले समयमै सडक स्तरोन्नति गर्न जोड दिँदै अन्यथा सडक दुर्घटनाको दोषी सडक विभाग हुने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा सडक कार्यालयका वरिष्ठ डिभिजन इन्जिनियर सुमन योगेशले विगत दुई वर्षदेखि नगरकोट खण्ड स्तरोन्नति गर्न लाग्दा त्यसबेला विद्युत्को भूमिगत तार बिछ्याएको कारण रोकिएको उल्लेख गर्दै हाल सडकको जिम्मेवारी केन्द्रबाट प्रदेश सरकारलाई जिम्मा लगाएको प्रस्ट पार्नुभयो ।
Leave a Reply