भर्खरै :

वागीश्वरीमा बङ्गलादेशी युनिभर्सिटीको प्रमण्डलद्वारा अवलोकन भ्रमण

वागीश्वरीमा बङ्गलादेशी युनिभर्सिटीको प्रमण्डलद्वारा अवलोकन भ्रमण

भक्तपुर, १९ कार्तिक । वागीश्वरी कलेज, कमलविनायकमा बुधबार बङ्गलादेशको युनिभर्सिटी अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड साइन्स (UITS) को एक प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गर्यो । युआइटीएसका रजिस्टार मोहम्मड कमरुल हसनको नेतृत्वमा आएको उक्त तीन सदस्यीय टोलीलाई कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेज व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापति र वागीश्वरी मा.वि.का प्रअ कृष्णप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको थियो ।
भ्रमणको क्रममा दुई शैक्षिक संस्थाबिच आपसी मित्रता जोड्दै आगामी दिनमा आपसी अनुभव साटासाट गर्दै जाने विषयमा गहन छलफल भएको थियो ।
छलफलमा रजिस्टार हसनले नेपाल र बङ्गलादेशबिच आर्थिक, सामाजिक राजनीतिकलगायतका धेरै विषयमा समानता रहेको चर्चा गर्दै हाल बङ्गलादेशमा उच्च शिक्षाको लागि नेपाली विद्यार्थीहरू क्रमशः बढिरहेको स्पष्ट प्रकाश पार्नुभयो ।
छलफलमा प्राचार्य श्रेष्ठले वागीश्वरी कलेजको सङ्क्षिप्त जानकारी दिँदै हाल कलेजले विभिन्न वैदेशिक शैक्षिक संस्थाहरूसँग सम्बन्ध विस्तार गर्दै आइरहेको बताउनुभयो । सोही सन्दर्भमा गत भदौ २१ र २२ गते बङ्गलादेशको राजशाही युनिभर्सिटीको आयोजनामा भएको एउटा अन्तर्राष्ट्रिय सेमिनारमा यस कलेजका मानविकी सङ्काय इन्चार्ज राजन फेलुले आफ्नो कार्यपत्र प्रस्तुत गरेको बताउनुभयो ।
छलफलमा मानविकी इन्चार्ज फेलुले बङ्गलादेशको आफ्नो अनुभव साट्दै दुई शैक्षिक संस्थाबिच आपसी मित्रता आगामी दिनमा थप सुमधुर हुँदै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
छलफलपछि दुवै संस्थाका प्रकाशनहरू आदानप्रदान गरिएको थियो भने कलेज र स्कूलका विज्ञान र प्राविधिक प्रयोगशाला र कक्षाकोठाहरूको अवलोकन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *